मोन्तेगोर्दोमा “दशैँ विशेष साँस्कृतिक तथा चिठ्ठा कार्यक्रम” सम्पन्न

यही २०१८ अक्टूबर १० तारिक का दिन मोन्ते गोर्दो नेपाली समाजद्वारा आयोजित “दशैँ विशेष साँस्कृतिक तथा चिठ्ठा कार्यक्रम सम्पन्न भएको छ। जस्मा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री खिम गुरुङ् ज्युले गर्नुभएको थियो भने अतिथि तथा पाहुनाहरुलाई स्वागत मन्तव्य समाजका उपाध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का पुर्व सदस्य श्री देवेन्द्र पुन मगर ज्युले दिनुभएको थियो। उक्त कार्यक्रममा भिला रियल सान्तो आन्तोनियो, मोन्तेगोर्दो, आल्तुरा, कसेला, तभिरा देखी फारो सम्मबाट समेत उल्लेखनिय उपस्थिति रही सभ्य तथा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। समाजको उद्देश्य तथा स्थापनाका विषयमा यस समाजका संस्थापक अध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का उपाध्यक्ष श्री मच्छिन्द्र अर्यालले प्रकाश पार्नुभएको थियो।

विभिन्न कलाकारहरुको भिन्न-भिन्न प्रस्तुति निकै रोचक रह्यो। जस्मा दोहोरी गायिका गिता रेउले र दोहोरी गायक सन्तोष पौडेललिल कुँवर विच, त्यस्तैगरी पुर्ण अर्यालगिता रेउले विच चर्को दोहोरी प्रतिष्पर्धा रह्यो। साथमा वाद्यवादन तर्फ मादलमा लिल कुँवर, ढोलकमा रञ्जित गजमेर, अक्टाप्याडमा ईमानसिंह बुढा तथा त्यस्तैगरी किवोर्ड/हारमोनियम तथा बाँसुरी तर्फ लोकपप/आधुनिक एवं वाद्यवादनमा समेत पोख्त बहुप्रतिभाशाली सुवाषचन्द्र पुनले साथ दिनुभएको थियो। उहाँहरुको एकल तथा संयुक्त प्रस्तुति समेत रहेको थियो। त्यसैगरी मोन्तेगोर्दो नै निवासी पृथ्वी राज शाह को अर्को प्रस्तुतिले कार्यक्रम अझै रोचक र रंगमय बनेको थियो। बेलाबेलामा पञ्चेबाजाको प्रस्तुतिले पनि कार्यक्रममा नेपाली लोकबाजाको निरन्तरता झल्किरहेको थियो।

कार्यक्रमलाई अगाडी बढाउँदै लैजाने क्रममा नृत्य तर्फ विनोद बुढाथोकी, शिर्षा कार्की, मल्लिका गुरुङ्, सोनिया अर्याल, साहारा पाण्डे, मारिया अर्याल ले एकल तथा संयुक्त प्रदर्शन् गरेर शोभा बढाउनु भएको थियो।

कार्यक्रमको अन्ततिर दशैं विशेष भाग्यशाली चिठ्ठा खोलिने कार्यक्रम अन्तर्गत् प्रमिला गुरुङ् ज्युले प्रथम पुरस्कार (माइक्रो वेभ ओभन) र आयुषा सेन् ले द्वितीय पुरस्कार (भित्ते घडी) हात पार्न सफल हुनुभएको थियो।

प्रमिला गुरुङ्को अनुपस्थितिमा उहाँको निकटतम व्यक्ति श्री ठाकुर प्रसाद गुरुङ् ज्युलाई समाजका तर्फबाट अध्यक्ष खिम गुरुङ् एवं उपाध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का पुर्व सदस्य श्री देवेन्द्र पुन मगर ज्युले पुरस्कार वितरण गर्नुभएको थियो।

त्यसैगरी सानि नानी आयुषाको अनुपस्थितिका कारण चिठ्ठा नियमानुसार केही दिनपछी अभिभावकको रुपमा बिन्दु सेन् लाई समाजका तर्फबाट यस समाजका निवर्तमान् सल्लाहकार, “एन्. आर्. एन्. ए. आल्गार्भ”का सदस्य तथा “लायन्स क्लब अफ तभिरा रोमाना”का सँस्थापक सदस्य श्री केशव न्यौपाने ज्युले वितरण गर्नुभएको छ।

यस कार्यक्रमलाई विभिन्न व्यक्ति तथा सँस्थाले अनेकन तह र तप्का बाट प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरी सभ्य तथा भव्य रुपमा सफल वनाउन सहयोग गर्ने सबै प्रति समाज अतुलनीय आभार व्यक्त गर्दछ।

कलाकार संयोजनको भुमिका निर्वाह गर्नुहुने सन्तोष पौडेल,

कलाकार खान-पान व्यवस्थापनमा सहयोग गर्नुहुने महाराजा पटियाला रेष्टुरेण्ट,

अतिथि तथा पाहुना खान-पान व्यवस्थापनमा सहयोग गर्ने Thai Orchid रेष्टुरेण्ट तथा त्यसमा सहयोग गर्ने केशव न्यौपाने, देवेन्द्र पुन मगर, रेशम सुवेदी, सुन्दर गुरुङ्, उपेन्द्र गुरुङ् तथा माया रेष्टुरेण्ट प्रति पनि समाज आभारी छ।

त्यसैगरी म्युजिक सामाग्री संयोजनमा देवेन्द्र पुन मगर,

म्युजिक टेक्निसियन को भुमिका निर्वाहका साथै खरिद तथा छपाई व्यवस्थापनमा सहयोग गर्ने केशव न्यौपाने,

भाग्यशाली चिठ्ठा कार्यक्रममा सविन तामाङ्, पाण्डव थापा तथा इन्द्र गुरुङ्,

अतिथि सम्मानमा शिर्षा कार्की, मल्लिका गुरुङ् र सोनिया अर्याल,

कलाकार आवास व्यवस्थापनमा सहयोग गर्ने कृष्ण अधिकारी,

त्यसैगरी उक्त कार्यक्रमलाई विधिपूर्वक सफल संचालन गर्नुहुने यस समाजका सचिव तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का सल्लाहकार श्री केशव सुवेदीज्यु,

हाम्रो अनुरोध अनुसार वहाँहरुको कार्य व्यस्तताका कारण पनि प्रयास गर्दा गर्दै उपस्थित हुन नसक्नु भई हामीलाई बडादशैं तथा कार्यक्रम सफलताको शुभकामना दिनुहुने एन्. आर्. एन्. ए. आल्गार्भका अध्यक्ष तथा महासचिव क्रमश: श्री अनिल शर्मा तथा निरञ्जन सेंढाई ज्यु प्रति र आफ्नो अमुल्य समयका बावजुत पनि यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुने; यहाँहरु सम्पुर्ण प्रति यस समाज हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

अन्तमा, कार्यक्रममा भएका केही कमी कमजोरी प्रति समाज पुर्ण जिम्मेवारीका साथ क्षमायाचना गर्दै आगामी दिनमा यस्ता किसिमका कमी कमजोरीलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ। र भावी दिनमा पनि यस समाजका हरेक कृयाकलापमा यहाँहरुको यस्तै सहयोग भईरहनेछ भन्ने आशा र विश्वास राख्दछ।

धन्यवाद्।

मोन्तेगोर्दो नेपाली समाज परिवार, मोन्तेगोर्दो।