१२ जुन, २०१७ बाट पोर्तुगलमा Visa Information System (VIS) लागु

VIS भनेको Schengen Member States का बिच भिजा डाटा र फिंगर प्रिन्ट (Biometrics ) को आदानप्रदान गरिने एक पद्धती हो। पोर्तुगलले पनि १२ जुन, २०१७ बाट यहाँ आउने सम्पूर्ण आप्रवासीहरुको भिजा डाटा र फिंगर प्रिन्ट Schengen Member States हरुका बीच साटासाट गर्ने भएकोले यूरोपका अन्य मुलकमा गलत र अपराध क्रियाकलाप गरेर पोर्तुगल आउने वा पोर्तुगलमा गलत र अपराध क्रियाकलापमा संलग्न भएर अन्य यूरोपेली मुलुक जानेहरुका लागि सहज हुने छैन। ” One Europe, One Nation” अवधारणामा Schengen Member States मा खुल्ला सिमाना भएकोले एक देशमा गरेको अपराधको बिवरण यूरोपको जुनसकै देशमा पनि सजिलै चेकजाँच गर्न सकिने भएकोले अपराधिक क्रियाकलापमा संलग्न भएर आफ्नो जीवन बर्बाद नगर्नु नै हामी आप्रबासीहरुको बुद्धिमानी हुनेछ। VIS मा राखिएको डाटा ५ बर्षसम्म सिस्टममा रहनेछ। यदि, तपाइको डाटा गलत भएको महशुस भएमा dcid.ucipd@sef.pt मा इमेल गरी खबर गर्न सक्नुहुनेछ।  
श्रोत : पोर्तुगल आध्यागमन (SEF ) .

एक रातमै संसार हल्लाएको रान्समवेयर

१२ मे २०१७ को राति नेपालीहरू निदाइरहेका बेला पश्चिमा मुलुकहरूमा एक प्रकारको आक्रमण भयो । भौतिक क्षति केही नभए पनि त्यसले उत्तर अमेरिका तथा युरोपमा केही घण्टामै उथलपुथल ल्यायो । त्यो आक्रमण थियो वानाक्रिप्ट नामक रान्समवेयरको साइबर आक्रमण ।

के हो वानाक्रिप्ट रान्समवेयर ?:

वानाक्रिप्ट एक प्रकारको रान्समवेयर हो जसले माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टममा क्षति पुर्‍याउँछ । रान्समवेयर यस्तो मालवेयर (भाइरसजस्तै सफ्टवेयर जसले कम्प्युटरलाई हानि पुर्‍याउँछ) हो, जसले कम्प्युटरमा रहेको महत्वपुर्ण सफ्टवेयर तथा फाइललाई निकै कठिन पासवर्डले लक गरिदिन्छ, जसलाई प्राविधिकहरू इन्क्रिप्सन भन्छन् । रान्समवेयर बनाउनुको मुख्य उद्देश्य कम्प्युटर प्रयोगकर्तालाई दुख दिनु मात्र नभएर उनीहरूसँग पैसा असुल्नु पनि हो । पैसा असुलेपछि सामान्यतया ह्याकरहरूले प्रयोगकर्ताको फाइल डिक्रिप्ट अर्थात अनलक गरिदिन्छन् ।

कसरी फैलियो ?:

जब ‘द स्याडो ब्रोकर्स’ नामक ह्याकर समूहले १२ मे को दिन वानाक्रिप्ट रान्समवेयर फैलाउन थाले, प्रयोगकर्ताको लापरवाही, नेटवर्क सञ्जालमा भएका केही गम्भीर त्रुटि तथा कमजोर सुरक्षा प्रणालीका कारण त्यसले प्रश्रय पायो । इमेल तथा सामाजिक सञ्जालमा लिंकको माध्यमबाट फैलिएको रान्समवेयरले कम्प्युटर प्रयोगकर्ताहरूको लापरवाहीका कारण उनीहरूको कम्प्युटरलाई निसाना बनायो भने त्यही कम्प्युटरको सहयोग लिँदै अरू नेटवर्कमा फैलँदै गयो । युरोप र अमेरिकाको दूरसञ्चार तथा सफ्टवेयर कम्पनीहरू मात्र नभै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, रेनल्ट तथा निसान मोटर कम्पनी यसको पहिलो सिकार भए । विस्तारै यो साइबर आक्रमण विकराल रूप लिँदै कम्तीमा १ सय ५० देशमा फैलियो, जसका कारण संसारभरका साना–ठूला कम्पनी तथा घरेलु प्रयोगकर्ता पीडित हुन पुगे ।


माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताले इमेल, इन्टरनेट वा अन्य कुनै स्रोतमार्फत प्राप्त रान्समवेयरको लिंकमा क्लिक गर्दा उक्त रान्समवेयर आफ्नो कम्प्युटरमा इन्स्टल हुन्छ र त्यो कम्प्युटरलाई प्रयोगकर्ताले खोल्नै नसक्ने गरी लक गरिदिन्छ भने उक्त कम्प्युटरको नेटवर्कमार्फत अरू कम्प्युटरमा समेत फैलन्छ, जसले अरू कम्प्युटरलाई पनि सिकार बनाउँछ । त्यसपछि उक्त कम्प्युटरको डाटा चाहिएको खण्डमा प्रयोगकर्ताले बिटक्वाइन (एक किसिमको भर्चुअल मुद्रा) को माध्यमबाट ३ दिनभित्र ३ सय अमेरिकी डलर अथवा ७ दिनभित्र ६ सय अमेरिकी डलर ह्याकरलाई तिर्नुपर्ने हुन्छ । अहिलेसम्मको तथ्यांक अनुसार २ सय १४ भन्दा बढी पीडितले ५६ हजार अमेरिकी डलरभन्दा बढी रकम ह्याकरलाई तिरेको पाइएको छ । रान्समवेयरको आक्रमण अहिलेसम्म पूर्ण नियन्त्रणमा नआएका कारणले यो तथ्यांक अझ बढ्ने पक्का छ ।


चमत्कारिक नियन्त्रण:

@malwaretechblog ट्विट ह्यान्डल प्रयोग गर्ने एक प्रविधि शोधकर्ता अकस्मात तब हिरो बन्न पुगे जब उनले अनजानमा त्यो रान्समवेयरलाई फैलनबाट रोक्न सफलता प्राप्त गरे । विशेषज्ञहरूका अनुसार रान्समवेयरले फैलन एउटा विशेष वेब ठेगाना खोज्थ्यो, जुन ठेगाना इन्टरनेटमा नभएको खण्डमा उक्त रान्समवेयरले काम गथ्र्यो । @malwaretechblog का शोधकर्ताले अन्जानवश उक्त वेब ठेगाना किनेर रान्समवेयरलाई नियन्त्रणमा ल्याएका थिए । यद्यपि अहिले त्यो वेब ठेगाना भए पनि काम गर्ने रान्समवेयर फैलन थालेको केही विशेषज्ञ बताउँछन् ।

जोगिने उपाय:

रान्समवेयर, माइक्रोसफ्टको विन्डोज १० भन्दा पुरानो अपरेटिङ सिस्टममा हुने कमजोर सुरक्षा प्रणालीका कारण फैलने हुनाले विन्डोज एक्सपी, भिस्टा, ७, ८ तथा ८.१ का प्रयोगकर्ताहरू सचेत हुनुपर्छ । रान्समवेयर फैलिएकै दिन माइक्रोसफ्टले एउटा सुरक्षा अपडेट वितरण गरेको छ, जसलाई इन्स्टल गरे रान्समवेयरबाट जोगिन सकिन्छ । त्यस्तै आफ्नो साथी वा अपरिचित व्यक्तिले म्यासेजमा पठाएको शंकास्पद लिंकमा क्लिक नगर्दा तथा असुरक्षित सफ्टवेयर डाउनलोड नगर्दा पनि रान्समवेयरबाट जोगिन सकिन्छ ।


ह्याकरलाई पैसा तिर्दैमा पाइँदैन डाटा फिर्ता:

विशेषज्ञहरूका अनुसार, डाटा फिर्ता प्राप्त गर्न केही पीडितले पैसा तिरे पनि उनीहरूको डाटा फिर्ता भएको छैन । विशेष किसिमको इन्सक्रिप्सन प्रयोग गर्दा पनि रान्समवेयर अपुरो रहेको विशेषज्ञहरू बताउँछन् । पीडितले फिरौतीबापत ह्याकरहरूले दिएको चारमध्ये कुनै एक बिट वालेट (बिटक्वाइन खाता) मा रकम पठाउनुपर्ने हुन्छ । रान्समवेयर अपुरो रहेका कारण लक भएका ती कम्प्युटर खोल्न ह्याकर आफैं उपस्थित हुनुपर्ने हुन्छ, जुन सम्भव छैन । त्यसकारण डाटा फिर्ता प्राप्त हुने कुरा असम्भव जस्तै देखिन्छ ।


सन् २०१६ मा पहिलो पटक चर्चामा आएको ह्याकर समूह ‘द स्याडो ब्रोकर्स’ नै रान्समवेयरको निर्माता हो तर यो समूहका सदस्यहरू को हुन् र कहाँ बस्छन् भन्ने कुराको जानकारी कसैलाई छैन यद्यपि १२ मेको यो साइबर आक्रमणपछि उनीहरू निकै चर्चित भएका छन् ।
(Source: साप्ताहिक)

नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान एवम् रात्रिभोजको कार्यक्रम सम्पन्न

१६ अप्रिल २०१७,

मोन्तेगोर्दो। 

एन्. आर्. एन्. ए. पोर्चुगल क्षेत्रीय समन्वय परिषद्, अल्गार्भ तथा मोंतेगोर्दो नेपाली समाजको संयुक्त आयोजना तथा व्यवस्थापनमा नेपाली नयाँवर्षको अवसरमा शुभकामना आदानप्रदान एवम् रात्रिभोजको कार्यक्रम हिजो सम्पन्न भयो। उक्त कार्यक्रममा अध्यक्षको मन्तव्य राख्दै नवनिर्वाचित एन्. आर्. एन्. ए. क्षेत्रीय समन्वय परिषद, आल्गार्भका अध्यक्ष श्री अनिल शर्माज्युले एन्. आर्. एन्. ए. के हो, किन आवश्यक छ र एन्. आर्. एन्. ए. का भावी कार्यक्रमका विषयमा प्रष्ट पार्नुभएको थियो। साथै, नव निर्वाचित कार्यसमिति पदाधिकारी उपाध्यक्षद्वय श्री मछिन्द्र अर्याल र शिव कुमार निरौला, सदस्यहरु माया गुरुङ्, केशव प्रसाद न्यौपाने र ओम प्रकाश खड्काज्युलाई ओहोदाको प्रमाण-पत्र साथै नयाँ सदस्यता परिचय-पत्र वितरण गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन एन्. आर्. एन्. ए. क्षेत्रिय समन्वय समितिका पुर्व सचिव श्री ठाकुर प्रसाद गुरुङ्ज्युले गर्नुभएको थियो।
कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमको शोभा बढाईदिनुहुने सम्पुर्ण साथीहरु प्रति हामी कृतज्ञ छौं साथै खानपान व्यवस्थापन् नियन्त्रणमा विशेष सहयोग गर्नुहुने श्री सोम गुरुङ, विष्णु वहादुर रोका, एन्. आर्. एन्.  ए. क्षेत्रिय समन्वय समितिका पुर्व सदस्य श्री देवेन्द्र पुन, केशव प्र. न्यौपाने, मछिन्द्र अर्याल, सविन तामाङ्ज्यु, थाई ओर्चिड् रेस्टोरेंटका श्री रेमन्ड जुलियस् फ्रान्सिस् द सिल्भाज्यु तथा कार्यक्रम सफल पार्न विशेष सल्लाह/सुझाव दिई सहयोग गर्नुहुने एन्. आर्. एन्. ए. क्षेत्रिय समन्वय परिषद, आल्गार्भका वर्तमान् सल्लाहकार श्री केशवराज सुवेदीज्यु लाई पनि हृदयदेखीनै आभार व्यक्त गर्न चाहन्छौं।

आगामी दिनमा हुने कार्यक्रमलाई पनि अझै भव्य तथा सभ्य रुपमा सम्पन्न गर्नको लागी सहयोग गरिदिनुहुनेछ भन्ने आशा राख्दछौं।
कार्यक्रमका प्रतिनिधीमुलक केही तस्वीरहरु :-

– एन्. आर्. एन्. ए. आल्गार्भ

तथा,

मोंतेगोर्दो नेपाली समाज, मोन्तेगोर्दो। 

एन्.आर्.एन्. अल्गार्भको अध्यक्षमा शर्मा बिजयी

सुनिल संगम, लिस्बन, ९ चैत। 

गैह्र-आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको पाचौं अधिबेशन सम्पन्न भएको छ। अल्बुफेरा स्थित लिटिल ब्रिटेन बार एण्ड रेष्टुरेन्टमा सम्पन्न उक्त अधिबेशन उदघाटन्-सत्र र बन्द सत्र गरि दुइ चरणमा सम्पन्न भएको थियो। 

गैह्र-आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद् अल्गार्भ पोर्चुगलका अध्यक्ष बिष्णु बरालको अध्यक्षतामा सम्पन्न पहिलो चरणको उद्घाटन प्रमुख अतिथि लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमालले गरेका थिए। 
अन्य अतिथिहरुमा एन्.आर्.एन्. आइसीसी सदस्य रमेश कुमार गुरुङ र एन्.आर्.एन्. पोर्चुगलका अध्यक्ष भीम केसी कमल, जन सम्पर्क समितिका उपाध्यक्ष तिलक गैरे, प्रवाषी मंचका अध्यक्ष गोबिन्द पौडेल, जन प्रगतिशील मंचका युरोप सह-संयोजक राममणि रिजाल, नारी समाज पोर्चुगलका अध्यक्ष सीता बराल, एन्.आर्.एन्. पोर्चुगलका उपाध्यक्ष तथा निर्बाचन समिति संयोजक सुनिल संगम, एन्.आर्.एन्. पोर्चुगलका उपाध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका पोर्चुगल प्रतिनिधि शम्भु गौतम, एन्.आर्.एन्. पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठ, निर्बाचन समिति सह संयोजक कृष्ण गिरी, एनआरएन पोर्चुगलका सदस्य तथा निर्बाचन समिति सदस्य सचिब रोबर्ट लिम्बु, एन्.आर्.एन्. पोर्चुगलका युवा संयोजक प्रितम गुरुङका साथै अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायीहरुको उपस्थिति थियो। 
दोस्रो चरणको बन्द सत्रमा सचिब अनिल शर्माद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन सर्वसहमतिले पारित गरेको थियो भने घोषणा सभामा निर्बाचन समितिका संयोजक सुनिल संगमले मतदान प्रक्रियाद्वारा निर्बाचित नयाँ कार्य समितिको घोषणा गरेका थिए साथै एन्.आर्.एन्. आइसीसी सदस्य रमेश कुमार गुरुङले निर्बाचित सम्पूर्णलाई पद तथा गोपनियताको सपथ गराएका थिए। 
एन्. आर्. एन्. पोर्चुगलका अध्यक्ष भीम केसी कमल लगायत अन्य अतिथिहरुले निर्बाचित सम्पूर्णलाई अबिर र खादा लगाई बधाई तथा शुभकामना दिएका थिए | अल्गार्भमा यसरी पहिलो पटक निर्बाचन हुँदा सबैको अनुहारमा उत्साह र जोस-जाँगर प्रष्टसंग देखिन्थ्यो। 
निर्बाचित कार्य समिति:

अध्यक्ष: अनिल शर्मा

उपाध्यक्ष: मछिन्द्र अर्याल

उपाध्यक्ष: शिब कुमार निरौला
महिला उपाध्यक्ष: शुष्मा गौतम कार्की (निर्बिरोध)
महासचिब: निरन्जन सेंढाई
सचिब:दिनेश गुरुङ
सचिब: राम चन्द्र श्रेष्ठ

कोषाध्यक्ष: नील बहादुर थापा (निर्बिरोध)

सदस्य: गौरब बस्नेत (निर्बिरोध)
सदस्य: नरेश खनाल (निर्बिरोध)
सदस्य: सुनिता पौडेल (निर्बिरोध)
सदस्य: कोपिला गौतम कोइराला (निर्बिरोध)
सदस्य: माया गुरुङ (निर्बिरोध)
सदस्य: केशव प्रसाद न्यौपाने (निर्बिरोध)
सदस्य: ओम प्रकाश खड्का (निर्बिरोध)

(न्युज् सोर्स: न्युजअभियान्.कम्.एन्.पि)

(तस्वीर : फोटो दृष्टि)

पोर्चुगलमा निधन भएका २ नेपालीको शब स्वदेश पठाउनका लागी सहयोग गरिएको सम्बन्धमा

यही अक्टोबर २७ तारिख बिहान १:३० बजे पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसबाट साओ तेओतोनियो तर्फ जाँदै गर्दा ओदिमिरा राष्ट्रीय मार्गको सडकखण्डमा दुर्घटनामा परि निधन भएका नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका-१६, अमरापुरी निवासी अनिल थापा र बागलुङ जिल्ला, रिघा गाबिस-३, ठुलोरिघा निवासी सन्तोष सापकोटा प्रति म NRNA Algarve सदस्य देवेन्द्र पुनमगर तथा मोन्तेगोर्दोबासी नेपाली तथा पाकिस्तानी को तर्फबाट हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिबारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं। 

स्वर्गीय थापा र सापकोटाको शव नेपाल पुर्याउने कार्यमा सहयोग पुगोस् भन्ने हेतुले शव ब्यबस्थापनको निम्ति केही आर्थिक संकलन गरी NRNA Portugal को बैंक खाता नाम (Associacao Nepaleses Residentes Portugal) को खाता नम्बर PT50 0079 0000 3067 6290 1018 0 मा जम्मा-जम्मी संकलित रकम €629,00 पठाइएको जानकारी गराउँदछु।


सहयोगदाताहरूको नामावली यसप्रकार छ:-

1. Mitramani Kandel                          €10. 

2. Hitan Magar                                     €10. 

3. Youdh Gurung.                                €10. 

4. Rajesh Kumar Sen.                        €20. 

5. Siddhartha Dhungana                   €5. 

6. Devendra Pun Magar.                   €20. 

7. Shrawan Acharya.                          €5. 

8. Deepak Gautam                              €5. 

9. Subash Adhikari                             €5. 

10. Keshab Raj Subedi                       €5. 

11. Lil Bahadur Kunwar                    €10. 

12. Krishna Prasad Adhikari           €10. 

13. Santosh Paudel.                           €10. 

14. Indra Gurung.                              €10. 

15. Keshav Neupane.                        €20. 

16. Sudan Adhikari.                          €5. 

17. Binod Budhathoki.                    €10. 

18. Sunil Pokharel.                           €5. 

19. Bibek Panta.                                €5. 

20. Lok Bahadur Khatri                 €10. 

21. Dilip Pandey.                              €21. 

22. Bhim Gautam.                           €5. 

23. Shiva Ghimire.                          €10. 

24. Tariq Saeed (Pak).                    €10. 

25. Imran Gill (Pak).                       €10. 

26. Sheetal Bohora.                        €10. 

27. Binod Gauchan.                        €10. 

28. Jayaram Adhikari.                   €10. 

29. Bhavin Kaucha.                        €10. 

30. Phanindra Acharya.                €10.

31. Man Bahadur Gurung.           €10. 

32. Min Kumari Roka.                  €10. 

33. Thakur Prasad Gurung.        €10.

34. Hari Prasad Pandey.             €10. 

35. Dev Lama.                                €10. 

36. Swornima Rai.                        €10.

37. Bishnu Tamang                      €10. 

38. Machhindra Aryal.                 €31. 

39. El Papagayo, Monte Gordo. €35. 

40. Khim Gurung                              €10. 

41. Santosh Gurung.                        €10. 

42. Kumar Gurung (Dilip).              €10. 

43. Rajendra Pandey.                        €11. 

44. Rajesh Yadav.                               €11. 

45. Suresh Jijing K.C.                         €10. 

46. Buddha/ Anita Gurung.               €10. 

47. Saroj Pun Magar.                          €15. 

48. Laxman Gharti Gurung.              €10. 

49. Chakra Thagunna                         €10.

50. Yubraj Pathak.                               €10. 

51. Subash Dhakal.                             €20. 

52. Ramesh Thapa/Laxmi Pun.         €15. 

53. Muhammad Rashid (PAK).          €10. 

54. Zahid Imran (PAK).                       €10. 

55. Sajid Ali (PAK).                               €10. 

56. Gohar Mehmood (PAK).               €10. 

57. Muhammad Ajmal (PAK).             €5.

===============================••

                                                                =€629,00. 
साथै,
नाम तथा हस्ताक्षर सहितको संकलन फारम पनि हुलाक मार्फत् NRNA पोर्चुगलको कार्यालयमा पठाईएको अवगत गराउँदछु।




सहयोग गर्नुहुने तपाईंहरु सम्पुर्णलाई हार्दिक धन्यवाद्।

देवेन्द्र पुन मगर

सदस्य

(एन् आर् एन् ए, आल्गार्भ)

5 Days In Tihar Festival | Everything You Wanted To Know

Tihar is a five-day-long Hindu festival celebrated in Nepal which comes soon after Dashain. It is same as Deepawali celebrated by the hindus in India, Sri Lanka and Bangladesh but with a regional variation. In Nepal, all Hindu ethnic groups celebrate this festival with their own variation. For the majority Hindus, it is the festival of lights. 95% of the people in Nepal are Hindus and they celebrate Tihar by worshiping the Hindu goddess Laxmi for all five days. The festival is celebrated from Trayodashi of Kartik Krishna to Kartik Shukla Dwitiya every year. Tihar in general signifies the festival of lights, where diyas are lit both inside and outside the houses to make it illuminate at night. The five-day festival is considered to be of great importance as it shows reverence to not just the humans and the Gods, but also to the animals like crows, cows and dogs who maintain an intense relationship with humans. 

1. Kaag Tihar – Worshiping Crows


The first day of the festival is called Kaag Tihar. Crows and ravens are worshiped by offerings of sweets and dishes placed on the roofs of houses. The cawing of crows and ravens symbolizes sadness and grief in Hinduism, so devotees offer crows and ravens food to avert grief and death in their homes. Tihar among Gorkhas represents the divine attachment between humans and other animals .
2. Kukur Tihar – Worshiping Dogs


The second day is called Kukur Tihar (worship of the dogs). It is also called the Khicha Puja by the Newars. Dogs, which are believed to be messengers of Lord Yamaraj, the God of Death, are worshiped once each year on this day. People offer garlands, tika and delicious food to dogs and acknowledge the cherished relationship between humans and dogs. This day is also observed as Narka Chaturdashi.

3. Laxmi Puja – Worshiping Cows / Goddess Laxmi


The third day is the most important of all and is called Laxmi Puja where people worship cows. In Hinduism, cow signifies prosperity and wealth. In ancient times people benefitted a lot from the cow. Thus on this day people show their gratefulness to the cow by garlanding and feeding the cow with the best grass. Houses are cleaned and the doorways and windows are decorated with garlands made of Sayapatri (marigolds) and Makhamali flowers (chrysanthemums).
In the evening Laxmi, the goddess of wealth is thanked for all the benefits that were bestowed on the families by lighting oil lamps (Diyo) or candles on doorways and windows to welcome prosperity and well being. At night the girls enjoy dancing and visiting all the houses of the neighborhood with musical instruments singing and dancing known as Bhaili all night long collecting money as tip from houses and share the bounty amongst themselves.

4. Govardhan Puja – Worshipping Oxen


On the fourth day of Tihar, there are three different known pujas, depending on the people’s specific cultural background. It is observed as Goru Tihar or Goru Puja (worship of the oxen). People who follow Vaishnavism perform Govardhan Puja, which is worship towards goverdhan mountain. Cowdung is taken as representative of the mountain and is worshiped. Additionally, majority of the Newar community on the night also perform “Ma Puja” (worship of self).
From this day onwards Tihar is celebrated with Deusi. Deusi is mostly sung by the boys while the Bhailo is sung by the girls. Deusi is balladic in nature and tells the story of the festival, with one person in the group narrating and the rest as the chorus. In return the home owners give them money, fruit and Selroti. Nowadays social workers and politician along with young people visit local homes and sing these songs, and collect funds for welfare and social activities.

5. Bhai Tika – Worshipping Brothers & Sisters


The fifth and last day of Tihar is called Bhai Tika and is observed by sisters applying tika to the foreheads of their brothers to ensure long life and thank them for the protection they provide.
It is believed that Yamraj, the God of Death, visited his sister, Goddess Yamuna, on this day during which she applied the auspicious tika on his forehead, garlanded him and fed him special dishes. Together, they ate sweets, talked and enjoyed themselves to their hearts’ content. Upon parting, Yamraj gave Yamuna a special gift as a token of his affection and, in return, Yamuna gave him a lovely gift which she had made with her own hands. That day Yamraj announced that anyone who receives tilak from his sister will never die on that day.

Sisters make a special garland for their brothers from a flower that wilts only after a couple of months, symbolizing the sister’s prayer for her brother’s long life. Brothers sit on the floor while their sisters perform their puja. The puja follows a traditional ritual in which sisters circle brothers, dripping oil on the floor from a copper pitcher and applying oil to their brother’s hair, following which a seven-colour tika is applied on the brother’s forehead. Along with the seven-coloured tika, sisters provide brothers with Sagun, sweets, Makhamali (Gomphrena globosa) garland, and a sacred cotton thread of Tantric importance, similar to Janai thread meant to protect their bodies. Next, brothers give tikas to their sisters in the same fashion along with an exchange of gifts. This ritual is practised regardless of whether the brother is younger or older than the sister.

Those without a sister or brother join relatives or friends for tika. This festival strengthens the close relationship between brothers and sisters. 

फलामखानी र पेट्रोलियम अन्वेषणको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने क्रमश: कावासोतिभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर र दैलेखमा हेर्न पठाइदिनुस् । – प्र.म.ओली। 


देशमा विभिन्न खालका भ्रम फैलाएर आनन्द लिने तत्वहरु छन् । सत्य कुरा नबुझ्ने, बुझ्न नचाहने वा भ्रममै रामाउने तत्वहरु पनि छन् । तर, नेपाली जनता स्पष्ट हुनुपर्छ । सरकारको दिशालाई जनताले बुझ्नुपर्छ ।
विगतका सरकारहरुले केही नगर्दा अहिलेको सरकारप्रति पनि जनताको विश्वास डग्मगाएको हो । अघिल्ला सरकारहरु केवल समय गुजार्ने, जब मिति पुग्छ अनि छाडेर हिँड्ने, यसैमा सीमित भए । यो अभ्यास र तरीकालाई अब निरन्तरता दिन सकिदैन र दिनु हुन्न । नेपाल अत्यन्तै राम्रा सम्भावना भएको देश हो । आकारमा धेरै ठूलो छैन । जनसंख्या धेरै छैन । साधन-स्रोतको प्रचुरता छ । तर, न तीनको अध्ययन हुन्छ न अन्वेषण हुन्छ, न खोज-अनुसन्धान हुन्छ । त्यस्तो स्थितिमा नेपाल छ ।
हामीले अब यस अवस्थालाई तोडेर विकास निर्माणको अभियानमा जानैपर्छ । मैले यही अभियानलाई अगाडि सार्न खोजेको हुँ ।

यो अभियान अगाडि सार्न खोजेपछि अब विकास हुन्छ कि क्या हो, नहुनुपर्ने काम हुन आँट्यो कि क्याहो भन्दै एउटा तप्कामा आतंक फैलियो । जनता आशावादी बनेका छन्, तर विद्वान भनिनेहरु, बुद्धिजीवी कहलाउनेहरु आत्तिएका छन् । पढेलेखेका हौं भन्नेहरु केही छट्पटाएका छन् ।
आजमात्रै पनि एकजना बुद्धिजीवीले चटपटे-सटपटे के भनेर लेखेको देखेँ । उहाँलाई त साह्रै ठूलो घोडाले छातीमा जोर लात हानेजस्तो भएको रहेछ । उहाँलाई केमा परेको हो भने रेल पनि आउँछ भन्या छ, पानीजहाज पनि चलाउने भन्या छ । केके गर्ने भयो अब । जुन देशको समुद्र छैन, तीनले पानीजहाज चलाएका छन् कि छैनन् भन्ने कुरा हामीले थाहा पाउनुपरो कि परेन ? समुद्र ती देशको मात्रै होइन, जसको किनारा जोडिएको छ । अरुले पनि प्रयोग गर्न पाउँछन् । त्यसैले भारतसँग र चीनसँग हामीले पारवहन सन्धि गरेका छौं । मैले भनेको थिएँ, यो अहिले तत्काल भइहाल्दैन । केही समय लाग्छ तर हामी चलाउने छौं । त्यति के भनेको थिएँ, अहो एकैछिनपछि त तमासा देखियो । कसैले कागजका जहाज बनाएर गुडाउन थाले । कसैले पहाडमा जहाज बनाएर कुदाउन थाले । यस्तो बुद्धिलाई सलाम गर्नुपर्छ ।
तर एउटा कुरा म के स्मरण गराउन चाहन्छु भने २७ सालमै पानीजहाज किन्न आँटिएको रहेछ । बैनासमेत दिइसकेको रहेछ । कानून बनाइसकेको रहेछ । झण्डा कसरी, कहाँ राख्ने भनेर बजेटमा प्रकाशित भइसकेको रहेछ । मैले पहिलोपटक निकालेको यो कुरा भन्ठानेको थिएँ, तर पहिले यति अगाडि बढेको रहेछ । यो कुरा हिजो मात्र मलाई थाहा भो । अलिकति पैसा दिन नसकेर पछि हटेको रहेछ नेपाल । त्यसपछि त्यो कुरा हराएछ ।
मैले के भनेको थिएँ भने हामीले आफ्ना ट्रक लगेर कलकत्ताबाट सामान ल्याउनु हुन्छ भने रेल चैं किन लैजानु हुन्न ः रक्सौलसम्म अरुको रेल आउनुहुन्छ भने हाम्रो रेल रक्सौलसम्म किन जानुहुन्न ? नेपालमा केही गर्छु भन्यो भने बुद्धिजीवीलाई चट्पटे लाग्छ ।
नवलपरासीको पहाडमा हामीले १० किलोमिटरको फलाम खानी पत्ता लगाइसक्यौं । अब त्यसको उत्खनन र प्रशोधन सुरु हुन्छ । बुद्धिजिवी छट्पटाउछन् यो कुरा सुनेर । मैले ‘इन्भरटेड कमा’का बुद्धिजिविलाई भनेको हो । कमसेकम १० खर्ब, जुन नेपालको सिंगै बजेटजति हुन्छ, त्यो खानीबाट आउँछ ।
अर्को कुरा दैलेखमा पेट्रोलियम खानीको सर्भे गरिसक्यौं । उत्खनन् गर्दैछौं । अलिकति निस्कर्षमा पुर्‍याउन बाँकी छ । अब त्यो पेट्रोलियम नेपालबाट निकाल्ने कि ननिकाल्ने बुद्धिजिविहरुले भनिदिनुपरो । अघि बद्री पंगेनीले सोध्नुभो, दक्षिणको तेल हाल्दाहाल्दा हैरान भइयो, उत्तरको कहिले हाल्न पाइन्छ । अब उत्तरको र दक्षिणको होइन, आफ्नै तेल बनाउने कोशीश गरौं । दुई वर्षभित्र नेपालमा आफ्नै पेट्रोल उत्पादन हुन्छ । म हाम्रो योजना र नीति-कार्यक्रमका आधारमा बोल्दैछु ।
०००

दुनियाँका देशभन्दा असाधारण देश छ हाम्रो । प्रकृतिले सबथोक दिएको छ । नेपालीजति राम्रो श्रमजिवी विश्वमा अरु मानिदैनन् । अरुले नेपाली छान्छन् जे कामका लागि पनि । अनि यस्तो जनशक्तिले हाम्रै देश किन नबननाउने ? यस्तो उर्बर देशमा कृषिलाई औद्योगिकरण किन नगर्ने ? स्वदेशी तथा विदेशी उद्योगहरु किन स्थापना नगर्ने ? हामी एग्रो फरेस्ट्रीमा काम गर्नेछौं । फलफुलको जंगल बनाउन सकिन्छ । अनि न्यूरोडमा घडेरी किनेर धुपिसल्ला बनाएको छ । त्यसको आफ्नो ठाउँ हुन्छ । के लगाउनुपर्ने ठाउँमा के लगाएको छ ।
केटाकेटीलाई पढाइन्छ, पछि विद्वान हुन्छ भनेर । त्यो पनि कसैलाई पत्यार भएन भने के जवाफ दिने ? स्कुल हालेकै दिन खोइ त विद्वान भएको भनेर सोध्नेलाई के जवाफ दिने ? बुद्धिजिविका प्रश्न सुनेर छक्क पर्छु म । वास्तवमा जनताबाट होइन केही बुद्धिजिविबाट म हैरान भइसकेँ । केमा आफ्नो बहादुरी देखाउने भने एउटा स्टाटस लेख्यो, ट्वीट गर्‍यो । सारा दुनियालाई भ्रममा पार्‍यो । कसैले ए अँ भनिदियो भने छाति फुलायो । कुनै कुनै सञ्चारमाध्यम देख्छु, आन्दोलनमा व्यापक जनसमर्थन देखियो रे । नाचगान भएको ठाउँमा मान्छे जम्मा हुँदैनन् ? उनीहरु त नाच हेर्न आएका हुन् । मैले त (आन्दोलनकारीलाईं) बोलाएको हो नी, सिंहदरबारमा । बाहिर घाम तापेर, नाचगान गरेर बसेका छन् । जायज माग पूरा गरिदिने भनेको छु । तर घाम तापेर बसेका छन् ।
हामी भुकम्पबाट ध्वस्त भएका छौं । नाकाबन्दीले अर्थतन्त्रमा यति ठूलो क्षति भएको छ एक प्रतिशतभन्दा कम वृद्धिदरको आकलन गरिएको छ । आर्थिक वृद्धि एउटा ठहरावमा छ । अर्थतन्त्र फसेको छ । मैले भनेको छु, आउँदो वर्ष ६५ प्रतिशत वृद्धिदर हासिल हुनेगरी तीव्रताका साथ काम अघि बढाइन्छ । पुननिर्माणका साथ अनेक काम गरिन्छ । तर, बुद्धिजिवीहरुलाई छटपटी छ । नीति तथा कार्यक्रमले गर्दा अलिकति छट्पटाए । अनि बजेट आउनै नदिने षडयन्त्रमा लागे । तर त्यो पार लागेन । नीति-कार्यक्रम त आयो । अब देश विकास गर्ने बजेट आउछ कि भनेर पीर गरिरहेका छन् । हो त्यस्तै बजेट आउछ, पिर मानेर के गर्ने ? देशलाई अगाडि बढाउने, जनतालाई हेर्ने बजेट आउँछ आउँछ । बुद्धिजिवीहरु रोएर के गर्ने ?
०००

देश निर्माण गर्न सकिन्छ । यहाँबाट निजगढसम्मको बाटो बनाउन सक्दैन नेपालले ? नेपालीहरु कहाँकहाँ पुगेका छन् । कतार हेर्नुुस त, कसले बनाएको हो ? सारा नेपालीहरुले बनाएको हो । मलेशीयामा कत्राकत्रा काम नेपालीहरुले गरेका छन् । अनि नेपालीहरुले नेपाल बनाउन सक्दैनन् ? हाम्रा इन्जिनीयर इन्जिनीयरै होइनन् ? यत्रा इन्जिनीयर छन् हामीसँग । हाम्रा इन्जिनीयरले हाम्रो देश जति राम्ररी जान्दछन्, त्यति अरुले जान्दैनन् । त्यसकारण म के आग्रह गर्न चाहन्छु भने राष्ट्र निर्माणको अभियानमा अत्यन्त सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ ।
एमालेको नेतृत्वमा सरकार बन्दा तराई बलिरहेको थियो । नाकाबन्दी थियो । नेपाल-भारत सम्वन्ध कटुताको स्थितिमा थियो । यो अवस्थाबाट हामीले सच्याएका छाैं । मैले भारतको र चीनको भ्रमण गरेर देशका निम्ति आवश्यक पर्ने दुरगामी सम्झौता गरेँ । नेपालको अन्तर्राष्टिय सम्वन्धलाई खास उचाई प्राप्त भएको छ । यसले आकार लिएको छ । यसले नेपालको प्रतिष्ठा बढेको छ ।
मैले देशभरका तुइनलाई झोलुंगे पुलले विस्थापित गर्नुपर्छ भनेँ । नहुने कुरा गर्‍यो पो भन्छन् । तुइन विस्थापति गर्नु हुँदैन ? कस्तो लाग्छ तपाइंलाई ? तुइन हटाउनछु भन्दा पनि आलोचना हुनु ठीक छ ? कुन असम्भव कुरा गरेको हो मैले ? सानो कुरा हो । पहिले गरेको भए हुन्थ्यो, गरेनन् । देश विकास एकै छिनको काम होइन । एकै छिनमा कुनै देश बन्दैन ।
म एउटा कुरा तपाईंहरुलाई सिकाउँछु । निदाउने बेलामा डरलाग्दो सर्प सम्झेर सुत्यो भने सपनामा त्यही सर्पले दुख दिन्छ । नराम्रा कुराहरु सुनाइदिएर जनतालाई विनासित्ति त्रशित किन पार्ने ? जनताको आशा र विश्वास जगाउनु पो पर्छ । उल्टो हुँडल्दिने, भड्काउने हो ? यो पनि भएन, त्यो पनि भएन, यो पनि हुँदैन, त्यो पनि हुँदैन भनेर नकारात्मक चिन्तन फैलाउनु ठीक हो ? मैले सुनेको छु, जहिले पनि सरकारले यसो गर्छु भन्छ गर्दैन । अहिलेको सरकारले जसरी विगतमा कसैले भनेकै थिएन । भनेके थियो ? थिएन । अहिलेकोले भन्छ मात्र होइन गर्छ । अनि किन भनेको भनिन्छ ? जनतासँग कुरा लुकाउनुपर्ने होइन नी । हामी के गर्दैछौं भन्ने जनताले थाहा पाउनुपर्छ । फलामखानीको कुरा नपत्याउने कोही पत्रकार भेट्नुभयो भने कावासोतिभन्दा अलिकति उत्तर चढेर माथि पहाडतिर पठाइदिनुस । पेट्रोलियम अन्वेषणको कुरा पत्याउदैन भने दैलेखमा हेर्न पठाइदिनस ।
बसिराखेर बिकास हुदैन । अगाडि बढेर हुन्छ । राष्ट्र निर्माणको महाअभियानमा अगामी आर्थिक वर्षलाई विकासतर्फको प्रस्थान वर्ष तोकेको छु । आउँदो वर्ष विकासतर्फको प्रस्थान वर्ष हुन्छ र नेपालले नगरेको वृद्धिदर हासिल गरेर अगाढि बढ्छौं ।
०००

तीव्रताका साथ कुदेनौं भने अगाडि पुगेकालाई भेट्न गाह्रो हुन्छ । धेरै ठाउँमा बोल्दा म साधारणतया कोटेसन भनिहाल्दिन । तर यतिबेला यूएईका प्रधानमन्त्रीको कोटेसन सुनाउन चाहन्छु । माइ भिजन भन्ने किताबमा उनले लेखेका छन् । अफ्रिकाको एउटा जंगलमा बिहान एउटा सिंह उठ्छ । जिउ तन्काउछ । सोच्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकिनँ भने भोकले मर्छु । सिंहै भए पनि उसलाई कसैले आएर मुखैमा पकिस्दैन । छिटो कुद्ने हरिणभन्दा छिटो कुदयो भने मात्र उसको भोजन जुर्छ । त्यहि जंगलको अर्को कुनामा हरिण त्यसैगरी उठ्छ, आङ तान्छ र तर्कना गर्छ, आज मैले छिटोभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्नुपर्छ । होइन भने म मारिन्छु । सर्भाइभल अफ द फिटेस्ट जस्तो अलिकति थ्यौरी लागू हुन्छ । जो कुद्न सक्दैन त्यो या भोकले मर्छ या अरुले खान्छ । सिंह हो, बलवान हो, बलिस्ठ छ तर कुद्न सकेन भने भोकै मर्छ । हरिण हो तर छिटो कुद्न सकेन भने सिंहले भक्षण गर्छ । हामी मर्नबाट जोगिने उपाय छिटो कुद्ने हो । हाम्रो निम्ति छिटो कुद्नु वाध्यता छ ।
(बिहीबार प्रेस चौतारी नेपालको ८ औं सम्मेलन उद्घाटनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यको सम्पादित अंश)

स्रोत्: (onlinekhabar २०७३ जेठ ६ गते २०:४० मा प्रकाशित) 

यी चीज फ्रिजमा नराखौं

गर्मी मौसममा फ्रिजमा राखिएको खानेकुरा खाँदा शीतल अनुभव हुन्छ । खानेकुरा बिग्रनबाट जोगाउन पनि बढी भएको खाना फ्रिजमा राखिन्छ । हामीले थाहा नपाई कतिपय कुरा फ्रिजमा राखिरहेका हुन्छौं । निम्न चीजलाई फ्रिजमा राख्नुहुँदैन :

गोलभेंडा : पाकेको गोलभेंडामा भिटामिन ए, सी, के, फोलेट तथा पोटासियम हुन्छ । फ्रिजमा गोलभेंडा राख्दा त्यसको स्वादमा मात्र परिवर्तन आउने होइन त्यसमा समावेश भएको लाइकोपिन भन्ने तत्व पनि घट्छ । यसले गर्दा गोलभेंडाको फाइदा कम हुन्छ । फ्रिजमा गोलभेंडा राख्नुपरे कागजमा बेरेर मात्र राख्नुपर्छ ।

ब्रेड
: सामान्यतया ब्रेडले शरीरलाई पोषण तत्व प्रदान गर्दैन । यसले फाइबर पनि प्रदान गर्दैन । ब्राउन ब्रेडमा भने केही मात्रामा पोषक तत्व हुन्छ । ब्रेड फ्रिजमा राख्दा त्यसमा अलिअलि भएको पोषक तत्व पनि नाश हुन्छ । ब्रेड फ्रिजमा राख्दा सुक्छ । चार दिन पुरानो ब्रेडलाई मात्र फ्रिजमा राख्नुपर्छ ।

प्याज
: प्याजमा प्रोटिन, खनिज, लवण, कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, भिटामिन, क्यालोरी आदि सबै पाइन्छ । आयुर्वेदका अनुसार प्याजको सेवनले छालामा चमक ल्याउँछ । यसले पाचन शक्ति बढाउँछ । छालाको सबै रोग नष्ट हुन्छ । उच्च रक्तचापका बिरामीका लागि यो वरदान नै हो । फ्रिजमा प्याज राख्दा फ्रिजमा भएका अन्य खानेकुराबाट पनि प्याजजस्तै वासना आउँछ । प्याजलाई सधैं अन्य तरकारीबाट अलग राख्नुपर्छ ।

आलु
: आलुको उत्पादन सबैभन्दा पहिले पेरुमा भएको थियो । आलुको उत्पादन चीन, रुसपछि भारतमा सबैभन्दा बढी हुन्छ । जुनसुकै तरकारीसँग मिल्ने आलुबाट प्रशस्त मात्रामा पोषक तत्व प्राप्त हुन्छ । उमालेको तथा हल्का फ्राई गरिएको आलु खाँदा शरीरमा शक्ति प्राप्त हुन्छ । आलुलाई फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च सुगरमा परिवर्तन हुन्छ । यस्तो आलु खाँदा फाइदा होइन बेफाइदा मात्र गर्छ । आलुलाई फ्रिजमा नराखी नहुने भए कागजको झोलामा हालेर मात्र राख्नुपर्छ ।

मह
: महको उपयोग आँखाका लागि फाइदाजनक हुन्छ । यसले रगत सफा राख्छ र मुटुलाई बलियो बनाउँछ । जाडो मौसममा कफ (खोकी) तथा घाँटी खराब हुँदा पनि महको सेवन फाइदाजनक सिद्ध हुन्छ । यसको सेवनले निद्रा पनि लाग्छ । महलाई फ्रिजमा राख्दा त्यसको पोषक तत्व नाश हुन्छ । टाइट डिब्बामा लामो समयसम्म बाहिर राख्दा पनि मह खराब हुँदैन ।

स्याउ
: स्याउमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । स्याउ खाँदा पाचन प्रक्रिया पनि ठीक रहन्छ । यसमा भएको एन्टिअक्सिडेन्टले मधुमेह, क्यान्सर तथा दिमागसँग सम्बन्धित बिरामीबाट जोगाउँछ । स्याउले शरीरमा ग्लुकोजको मात्रा सामान्य बनाउँछ । यसले मधुमेहका बिरामीलाई फाइदा पुर्‍याउँछ । स्याउलाई फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा राख्दा त्यसमा भएको एन्टिअक्सिडेन्ट नष्ट भएर जान्छ ।

तरबुजा
: तरबुजामा लाइकोपिन पाइन्छ । लाइकोपिनले छाला मुलायम बनाउँछ । यसको नियमित सेवन गर्दा क्यान्सर हुँदैन । तरबुजाले मुटुको बिरामीबाट जोगाउँछ । यसले शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ भने मोटोपन पनि कम गर्छ । मानसिक बिरामी तथा कामका कारण तनावमा रहने मानिसले तरबुजा खाँदा फाइदा पुग्छ । दिमाग शान्त तथा खुसी रहन्छ । धेरै रिस उठ्ने मानिसले तरबुजा खाँदा रिस कम हुन्छ । गर्मी मौसममा तरबुजा खाँदा धेरै बिरामीबाट जोगिन सकिन्छ । तरबुजालाई काटेको छैन भने फ्रिजमा नराख्नु नै वेश हुन्छ । काटिएको तरबुजालाई तीन दिनसम्म फ्रिजमा राख्न सकिन्छ ।

थाहा छ ? यी ८ रोगको उपचार गर्न पैसा नहुनेहरुलाई सरकारले सहायता गर्छ नि !

घरपरिवारको कोही सदस्य गम्भीर बिरामी पर्यो भने उपचार खर्चको जोहो कसरी गर्ने भनेर धेरैलाई सताइरहेको हुन्छ । कतिपय रोगको उपचार खर्च त आफ्नो हैसियतभन्दा बाहिर पनि हुन्छ।

विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता विपन्न हुनुहुन्छ र गम्भीर प्रकारको रोग लाग्यो भने एकपल्ट डाक्टरलाई सोधि हेर्नुहोस्, कतै सरकारले आर्थिक सहायता दिने रोगमध्येकै त होइन ? आर्थिक अभावले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भनेरै सरकारले विपन्न नागरिकका लागि ८ वटा रोगमा औषधि उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको छ । तर, यसबारे निकै कमलाई मात्रै जानकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

विपन्नले उपचार सहायता प्राप्त गर्नेमा मिर्गौला डायलसिस, मिर्गौला प्रत्यारोपण, प्रत्यारोपणपश्चात उपचार, मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर/पार्किन्सस र सिकलसेल एनिमिया रोग उपचारका लागि तोकिएको अस्पतालबाट उपचार सहायता पाउन सकिन्छ । रुपैयाँ मिर्गौला डायलसिसका लागि एक पटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म ५ लाख २० हजार सहयोग पाउन सकिन्छ । यसैगरी मिर्गौला प्रत्यारोपणका लागि २ लाख र प्रत्यारोपणपश्चात औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर÷पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सकिन्छ । यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ । यदि तपाईं विपन्न नागरिक हुनुहुन्छ र उपचार गर्ने पैसा छैन भने सहायता पाउनु तपाईंको अधिकार हो ।

कसरी पाइन्छ सहयोग ?

उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाबिस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस पत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ । उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ ।
क्यान्सरका लागि सरकारले तोकेका अस्पताल
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
प्रसूति गृह, थापाथली, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर
मिर्गौला रोग उपचारका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल, महाराजगन्ज
विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज
कोशी अञ्चल अस्पताल, विराटनगर
जनकपुर अञ्चल अस्पताल, धनुषा
मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
राष्ट्रिय मिर्गौला उपचार केन्द्र, बनस्थली काठमाडौं
नेपालगन्ज मेडिकल कलेज, कोहलपुर
नेपाल मेडिकल कलेज, जोरपाटी, काठमाडौं
युनिभर्सल मेडिकल कलेज, भैरहवा
चितवन मेडिकल कलेज, चितवन
कलेज अफ मेडिकल साइन्सेस, चितवन
मणिपाल मेडिकल कलेज, पोखरा
बि एण्ड बि अस्पताल, ललितपुर
नेशनल डायलसिस सेन्टर, एकान्तकुना, ललितपुर
गोल्डेन अस्पताल, विराटनगर
धुलिखेल अस्पताल, काभ्रे
गण्डकी मेडिकल कलेज, पोखरा
आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
विराट अस्पताल, विराटनगर

मुटु रोगका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
गंगालाल अस्पताल, बाँसबारी, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर
कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौं
निजामति अस्पताल, नयाँ बानेश्वर, काठमाडौं

पार्किन्सस तथा अल्जाइमर्सका लागि
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर

टाउको तथा स्पाइनल चोटपटक
वीर अस्पताल, काठमाडौं
शिक्षण अस्पताल/मनमोहन कार्डियो भास्कुलर सेन्टर, महाराजगन्ज, काठमाडौं
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पाटन अस्पताल, ललितपुर

सिकलसेल एनिमिया
निजामति अस्पताल, नयाँ वानेश्वर, काठमाडौं
उपक्षेत्रिय अस्पताल, घोराही, दाङ
महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर
सेती अञ्चल अस्पताल, धनगढी
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज
लुम्बिनी अञ्चल अस्पताल, बुटवल
जिल्ला अस्पताल कपिलबस्तु
जिल्ला अस्पताल, बर्दिया
जिल्ला अस्पताल, नवलपरासी।