सित्तैमा आँफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू (.pdf file मा) यहाँ तलका लिङ्कबाट डाउनलोड (Download) गरी राख्नुहोस्।

अब आँफुलाई चाहिने कक्षाको आफ्नो बिषयहरु फ्री मा डाउनलोड गरि हेर्न/राख्न तथा पढ्न सक्नुहुनेछ।

आँफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कहरुमा क्लिक् (click) गरी (.pdf file मा) हेर्न, पढ्न अथवा डाउनलोड (Download) गरी राख्न पनि सक्नुहुनेछ।👇

कक्षा १ः

1. कक्षा १ नेपाली

2. कक्षा १ अंग्रेजी

3. कक्षा १ गणित नेपाली version

4. कक्षा १ गणित English version

5. कक्षा १ सेरोफेरो

कक्षा २ः

1. कक्षा २ नेपाली

2. कक्षा २ English

3. कक्षा २ Maths नेपाली Version

4. कक्षा २ Maths English Version

5. कक्षा २ सेरोफेरो

कक्षा ३ः

1. कक्षा ३ नेपाली

2. कक्षा ३ English

3. कक्षा ३ Maths नेपाली Version

4. कक्षा ३ Maths English Version

5. कक्षा ३ सेरोफेरो

कक्षा ४ः

1. कक्षा ४ नेपाली

2. कक्षा ४ English

3. कक्षा ४ गणित Nepali version

4. कक्षा ४ गणित English Version

5. कक्षा ४ सामाजिक

6. कक्षा ४ विज्ञान Nepali version

7. कक्षा ४ विज्ञान English Version

8. कक्षा ४ स्वास्थ्य Nepali Version

9. कक्षा ४ स्वास्थ्य English Version

कक्षा ५ः

1. कक्षा ५ नेपाली

2. कक्षा ५ English

3. कक्षा ५ गणित Nepali Version

4. कक्षा ५ गणित English Version

5. कक्षा ५ विज्ञान Nepali Version

6. कक्षा ५ विज्ञान English Version

7. कक्षा ५ सामाजिक

8. कक्षा ५ स्वास्थ्य Nepali Version

कक्षा ६ः

1. कक्षा ६ नेपाली

2. कक्षा ६ English

3. कक्षा ६ गणित Nepali Version

4. कक्षा ६ गणित English Version

5. कक्षा ६ विज्ञान Nepali Version

6. कक्षा ६ विज्ञान English Version

7. कक्षा ६ सामाजिक

8. कक्षा ६ Health and Physical(Nepali Version)

9. कक्षा ६ Health and Physical(English Version)

कक्षा ७ः

1. कक्षा ७ नेपाली

2. कक्षा ७ English

3. कक्षा ७ Maths(Nepali Version)

4. कक्षा ७ Maths(English Version)

5. कक्षा ७ विज्ञान (Nepali version)

6. कक्षा ७ विज्ञान (English version)

7. कक्षा ७ सामाजिक

8. कक्षा ७ Health and Physical (Nepali Version)

9. कक्षा ७ Health and Physical (English Version)

कक्षा ८ः

1. कक्षा ८ नेपाली

2. कक्षा ८ English

3. कक्षा ८ Maths( Nepali Version)

4. कक्षा ८ Maths( English Version)

5. कक्षा ८ Science(Nepali Version)

6. कक्षा ८ Science(English Version)

7. कक्षा ८ सामाजिक

8. कक्षा ८ Health and Physical (Nepali Version)

9. कक्षा ८ Health and Physical (English Version)

कक्षा ९ः

1. कक्षा ९ नेपाली

2. कक्षा ९ English

3. कक्षा ९ Maths(Nepali Version)

4. कक्षा ९ Maths ( English Version)

5. कक्षा ९ Science(Nepali Version)

6. कक्षा ९ Science (English Version)

7. कक्षा ९ सामाजिक

कक्षा १०ः

1. कक्षा १० नेपाली

2. कक्षा १० English

3. कक्षा १० Maths (Nepali Version)

4. कक्षा १० Maths (English Version)

5. कक्षा १० Science(Nepali Version)

6. कक्षा १० Science(English Version)

7. कक्षा १० सामाजिक

धनी हुने रहर छ भने यसरी गर्नुस् बचत

यज्ञ बञ्जाडे, काठमाडौं —

धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । हुनत पैसा जोगाउने र बचत गर्ने चाहना अधिकांशमा हुन्छ । तर, चाहँदा चाहँदै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । साँच्चै पैसा बचत गरी सही ठाउँमा उपयोग गर्न चाहनुहुन्छ ? त्यसो हो भने यी उपायहरु पयोगी हुन सक्छन ।

आवश्यक ठाउँमा मात्र खर्च
जबसम्म खर्च घटाउनु हुन्न तबसम्म बचत हुन सक्दैन । त्यसैले आफ्ना खर्चका शीर्षकहरू केलाउनु होस् । ती मध्ये कुन बढी र कुन कम महत्वपूर्ण हुन् छुट्टयाउनुहोस् । त्यसको आधारमा पैसा खर्च गर्नुहोस् । अफिसका साथीहरूसँगै खाजा खान जाने गर्नुहुन्छ भने ‘गोइङ् टुगेदर, पेईङ् सेपरेट’(सँगै खाने तर अलग–अलग तिर्ने) बानी बसाल्नु होस् । सबै साथीहरूको बिल आज तपाईले तिर्ने र भोलि अर्काले तिर्नु नराम्रो त होईन । तर, सबै साथीहरूको स्वभाव एकै प्रकारका हुँदैनन् । आफ्नो पालोमा उनीहरूले पैसा नर्तिन विभिन्न बाहना गर्न सक्छन् । यस्तो स्थितीमा तपाईको मात्र खर्च बढी हुन सक्छ । आज साथीले खाएको खाजाको पैसा नतिर्दा भोलीलाई तपाईको खाजाको लागि पैसा बचत भईरहेको हुन्छ ।

धेरै उत्साहित नहुनुहोस
के तपाईको तलब बढेको छ ? पदोन्नती भएको छ ? कुनै खुशीको दिन हो ? यस्तो बेलामा सतर्क हुनुहोस । साथीहरूबाट शुभकामनाका साथै भोजभतेरको आग्रह पनि आउन सक्छ । साथीहरूले भनेकै भरमा अनावश्यक खर्च गर्दा तपाईको पैसा धेरै खर्च हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तविक धरातल नबिर्सनुहोस । आवश्यक ठानेमा मात्र उचित पैसा खर्च गर्नुहोस । यस्ता क्षेत्रमा प्रयोग हुने पैसालाई बचत गर्न सकेमा भविष्यमा ठूलो आर्थिक समस्या सुल्झाउन सकिन्छ ।

आवश्यक सामानमात्र खरिद
श्रीमान–श्रीमती र साना छोराछोरीसँगै किनमेल गर्न जाँदै हुनुहुन्छ ? त्यसो हो भने बिचार पुर्‍याउनु होस् । तपाईंका छोराछोरीले बजारमा देखिने आकर्षक सबै वस्तु किन्न जिद्धी गर्न सक्छन् । उनीहरूको माग अनुसार किनमेल गर्दा धेरै खर्च हुन सक्छ । तपाईका बाल–बच्चा र श्रीमान–श्रीमतीको बढी ढिपी गर्ने बानी छ ? हो भने, किनमेलमा जाँदा उनीहरूलाईसँगै नलैजानुहोस । उनीहरुका लागि पनि आवश्यकता अनुसार आफैले सामान खरिद गर्नुहोस । नियमित रुपमा होटल तथा रेष्टुरेण्टमा खाना खाने बानी छ ? अव त्यसलाई कम गर्नुहोस । तपाईंले घरमै पनि राम्रा परिकार बनाएर खान सक्नुहुन्छ । घर बाहिर खानाका लागि जति खर्च लाग्छ  । त्यसले तपाईको सम्पूर्ण परिवारलाई खान खुवाउन पुगेर पनि बचत हुन सक्छ । बाहिरको खानाको तुलनामा घरमै पकाएर खाँदा तपार्इंको स्वास्थ्य बिग्रने सम्भावना पनि कम हुन्छ । यसले स्वास्थ्य उपचार खर्च पनि कम हुन्छ ।

एकै ठाउँमा मात्र किनमेल
पैसा बचत गर्नका लागि तपार्इंले जहाँपायो त्यही किनमेल गर्न छोड्नु होस् । एकै ठाउँमा किनमेल गर्दा विक्रेतासँग राम्रो सम्बन्ध बन्ने भएकाले केही सस्तोमा सामान पाइन सक्छ । किनमेल गर्न जाँदा धेरै मोलतोल (बार्गेनिङ) गर्नुहोस् । वस्तुको परिमाण भन्दा गुणस्तरलाई ध्यान दिनुहोस । आज तपाईले किनेको गुणस्तरीय वस्तुले लामो समयसम्म त्यसको आवश्यकता टर्न सक्छ । यसो गर्दा तुरुन्तै उक्त वस्तु खरिद गर्ने आवश्कता हुदैन । परिणाम बचत वृद्धि हुन्छ ।

पैसाको महत्व 
लामो समयसम्म फेला नपरेको/डुबेको तपाईको पैसा उठ्ती भएको छ ? चिट्ठा, उपहार मार्फत ठूलो रकम हात परेको छ । यदि हो भने, त्यसलाई सही सदुपयोग गर्नुहोस । त्यत्तिकै आएको त हो भनेर अनावश्यक खर्च नगर्नु होस् । तपाईले कसैलाई ऋण दिनु भएको छ भने समयमै उठाउनुहोस् । लामो समय भएपछि ऋण उठाउन अप्ठ्यारो पर्नसक्छ ।

आजैदेखि बचत
नियमित बचत गर्ने बानी आजैदेखि शुरू गर्नुहोस । आजको सानो बचतले पूँजी निर्माणमा ठूलो सहयोग हुन्छ । आज  खर्च गर्दा भोलीको बारेमा पनि सोच्नुहोस । भोलीका लागि केही बचत गर्नुहोस । बचत बैंकिङ तथा वित्तीय संस्थामा गर्नुहोस् । त्यसो गर्दा बचत सुरक्षित हुनुका साथै ब्याज पनि पाइन्छ । यसरी संकलन भएको बचतबाटै बैंकले ऋण प्रवाह गर्ने भएकाले त्यसले आर्थिक गतिविधिमा पनि महत्वपूर्ण योगदान पुग्छ ।

देखासिखी नगर्नुहोस 
अरुको देखासिखी गर्ने बानी धेरैमा हुन्छ । सबै अवस्थामा त्यस्तो बानी राम्रो हुदैन । अरुको देखासीखी गरी अनावश्यक/अनुत्पादक क्षेत्रमा खर्च नगर्नूहोस । आफ्नो क्षमता र आवश्यकताका आधारमा मात्र खर्च गर्नुहोस । ‘अरु घोडा चढे भन्दैमा आफु धुरी चढ्ने’ गल्ति नगर्नुहोस । यही बानीले पनि धेरै रकम बचत गर्न सकिन्छ ।

नियमित बचत
नियमित बचत गर्ने बानीले पनि ठूलो रकम जम्मा गर्न सकिन्छ । कर्मचारी संचयकोष, नागरिक लगानीकोष, बिमा, बैंक तथा वित्तीय संस्थामा बचत गर्नु राम्रो हो । यस्ता बचतले व्यक्तिको हातमा नगद कम हुने भएकाले अनावश्यक खर्च नियन्त्रण हुन्छ ।
अन्त्यमा, पैसा जोगाउन सजिलो छ । त्यसकालागि तपाईंको दृढ इच्छाशक्ति चाहिन्छ । प्रत्येक पटक खर्च गर्नु अघि एक पटक सोच्नुहोस । तपाई कहाा र किन खर्च गर्दै हुनुहुन्छ ? त्यसको उपयोगीता के र कति छ ? यत्ति कुरामा मात्र ध्यान दिन सक्नुभयो भने छिट्टै तपाईंले सोचेको भन्दा बढी बचत गर्न सफल हुनुहुनेछ ।

स्रोत्: कान्तिपुर।

मोन्तेगोर्दोमा “दशैँ विशेष साँस्कृतिक तथा चिठ्ठा कार्यक्रम” सम्पन्न

यही २०१८ अक्टूबर १० तारिक का दिन मोन्ते गोर्दो नेपाली समाजद्वारा आयोजित “दशैँ विशेष साँस्कृतिक तथा चिठ्ठा कार्यक्रम सम्पन्न भएको छ। जस्मा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री खिम गुरुङ् ज्युले गर्नुभएको थियो भने अतिथि तथा पाहुनाहरुलाई स्वागत मन्तव्य समाजका उपाध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का पुर्व सदस्य श्री देवेन्द्र पुन मगर ज्युले दिनुभएको थियो। उक्त कार्यक्रममा भिला रियल सान्तो आन्तोनियो, मोन्तेगोर्दो, आल्तुरा, कसेला, तभिरा देखी फारो सम्मबाट समेत उल्लेखनिय उपस्थिति रही सभ्य तथा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। समाजको उद्देश्य तथा स्थापनाका विषयमा यस समाजका संस्थापक अध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का उपाध्यक्ष श्री मच्छिन्द्र अर्यालले प्रकाश पार्नुभएको थियो।

विभिन्न कलाकारहरुको भिन्न-भिन्न प्रस्तुति निकै रोचक रह्यो। जस्मा दोहोरी गायिका गिता रेउले र दोहोरी गायक सन्तोष पौडेललिल कुँवर विच, त्यस्तैगरी पुर्ण अर्यालगिता रेउले विच चर्को दोहोरी प्रतिष्पर्धा रह्यो। साथमा वाद्यवादन तर्फ मादलमा लिल कुँवर, ढोलकमा रञ्जित गजमेर, अक्टाप्याडमा ईमानसिंह बुढा तथा त्यस्तैगरी किवोर्ड/हारमोनियम तथा बाँसुरी तर्फ लोकपप/आधुनिक एवं वाद्यवादनमा समेत पोख्त बहुप्रतिभाशाली सुवाषचन्द्र पुनले साथ दिनुभएको थियो। उहाँहरुको एकल तथा संयुक्त प्रस्तुति समेत रहेको थियो। त्यसैगरी मोन्तेगोर्दो नै निवासी पृथ्वी राज शाह को अर्को प्रस्तुतिले कार्यक्रम अझै रोचक र रंगमय बनेको थियो। बेलाबेलामा पञ्चेबाजाको प्रस्तुतिले पनि कार्यक्रममा नेपाली लोकबाजाको निरन्तरता झल्किरहेको थियो।

कार्यक्रमलाई अगाडी बढाउँदै लैजाने क्रममा नृत्य तर्फ विनोद बुढाथोकी, शिर्षा कार्की, मल्लिका गुरुङ्, सोनिया अर्याल, साहारा पाण्डे, मारिया अर्याल ले एकल तथा संयुक्त प्रदर्शन् गरेर शोभा बढाउनु भएको थियो।

कार्यक्रमको अन्ततिर दशैं विशेष भाग्यशाली चिठ्ठा खोलिने कार्यक्रम अन्तर्गत् प्रमिला गुरुङ् ज्युले प्रथम पुरस्कार (माइक्रो वेभ ओभन) र आयुषा सेन् ले द्वितीय पुरस्कार (भित्ते घडी) हात पार्न सफल हुनुभएको थियो।

प्रमिला गुरुङ्को अनुपस्थितिमा उहाँको निकटतम व्यक्ति श्री ठाकुर प्रसाद गुरुङ् ज्युलाई समाजका तर्फबाट अध्यक्ष खिम गुरुङ् एवं उपाध्यक्ष तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का पुर्व सदस्य श्री देवेन्द्र पुन मगर ज्युले पुरस्कार वितरण गर्नुभएको थियो।

त्यसैगरी सानि नानी आयुषाको अनुपस्थितिका कारण चिठ्ठा नियमानुसार केही दिनपछी अभिभावकको रुपमा बिन्दु सेन् लाई समाजका तर्फबाट यस समाजका निवर्तमान् सल्लाहकार, “एन्. आर्. एन्. ए. आल्गार्भ”का सदस्य तथा “लायन्स क्लब अफ तभिरा रोमाना”का सँस्थापक सदस्य श्री केशव न्यौपाने ज्युले वितरण गर्नुभएको छ।

यस कार्यक्रमलाई विभिन्न व्यक्ति तथा सँस्थाले अनेकन तह र तप्का बाट प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरी सभ्य तथा भव्य रुपमा सफल वनाउन सहयोग गर्ने सबै प्रति समाज अतुलनीय आभार व्यक्त गर्दछ।

कलाकार संयोजनको भुमिका निर्वाह गर्नुहुने सन्तोष पौडेल,

कलाकार खान-पान व्यवस्थापनमा सहयोग गर्नुहुने महाराजा पटियाला रेष्टुरेण्ट,

अतिथि तथा पाहुना खान-पान व्यवस्थापनमा सहयोग गर्ने Thai Orchid रेष्टुरेण्ट तथा त्यसमा सहयोग गर्ने केशव न्यौपाने, देवेन्द्र पुन मगर, रेशम सुवेदी, सुन्दर गुरुङ्, उपेन्द्र गुरुङ् तथा माया रेष्टुरेण्ट प्रति पनि समाज आभारी छ।

त्यसैगरी म्युजिक सामाग्री संयोजनमा देवेन्द्र पुन मगर,

म्युजिक टेक्निसियन को भुमिका निर्वाहका साथै खरिद तथा छपाई व्यवस्थापनमा सहयोग गर्ने केशव न्यौपाने,

भाग्यशाली चिठ्ठा कार्यक्रममा सविन तामाङ्, पाण्डव थापा तथा इन्द्र गुरुङ्,

अतिथि सम्मानमा शिर्षा कार्की, मल्लिका गुरुङ् र सोनिया अर्याल,

कलाकार आवास व्यवस्थापनमा सहयोग गर्ने कृष्ण अधिकारी,

त्यसैगरी उक्त कार्यक्रमलाई विधिपूर्वक सफल संचालन गर्नुहुने यस समाजका सचिव तथा “एन्. आर्. एन्. ए. आल्गार्भ”का सल्लाहकार श्री केशव सुवेदीज्यु,

हाम्रो अनुरोध अनुसार वहाँहरुको कार्य व्यस्तताका कारण पनि प्रयास गर्दा गर्दै उपस्थित हुन नसक्नु भई हामीलाई बडादशैं तथा कार्यक्रम सफलताको शुभकामना दिनुहुने एन्. आर्. एन्. ए. आल्गार्भका अध्यक्ष तथा महासचिव क्रमश: श्री अनिल शर्मा तथा निरञ्जन सेंढाई ज्यु प्रति र आफ्नो अमुल्य समयका बावजुत पनि यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुने; यहाँहरु सम्पुर्ण प्रति यस समाज हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

अन्तमा, कार्यक्रममा भएका केही कमी कमजोरी प्रति समाज पुर्ण जिम्मेवारीका साथ क्षमायाचना गर्दै आगामी दिनमा यस्ता किसिमका कमी कमजोरीलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ। र भावी दिनमा पनि यस समाजका हरेक कृयाकलापमा यहाँहरुको यस्तै सहयोग भईरहनेछ भन्ने आशा र विश्वास राख्दछ।

धन्यवाद्।

मोन्तेगोर्दो नेपाली समाज परिवार, मोन्तेगोर्दो।

Foreign children Portuguese after two years

New legislation published over the weekend has greatly facilitated the process and requirements for foreign nationals to acquire Portuguese nationality. One of the key changes centres around foreign children, who can now apply for a Portuguese passport after only two years of residing in the country, while adults will need to be resident for five years.

The revised legislation, which is among the most favourable of Western countries in terms of acquiring citizenship, came into force last Friday.

These alterations have resulted in foreign children who have lived here for two years now being considered Portuguese – unless they declare they do not want Portuguese nationality.

However, these children would still have to follow the standard procedure of registering as Portuguese citizens before being handed their Citizen’s Card or Portuguese passport.

The legislation, which has now undergone its eighth legislative reform since being introduced in 1981, also says that foreigners who have lived in Portugal for five years can also apply for Portuguese nationality.

Foreign children who are born in Portugal will also qualify for citizenship. The only requirements are that one of the parents has been living in Portugal for at least five years, (even if they have done so illegally) and that the child has completed either primary or secondary schooling in the country.

Another alteration will see parents now allowed to acquire Portuguese nationality via their children. Once more, they will need to provide proof that they have resided in Portugal for at least five years, but are not required to have done so legally.

However, any applicant who has been sentenced to three years imprisonment will not be able to acquire citizenship, while residents from Portuguese-speaking countries will no longer be required to complete a language proficiency test.

This comes as the Organisation for Economic Cooperation and Development (OECD) announced that the number of foreign residents arriving in Portugal has climbed to its highest figure since 2010.

Latest available figures reveal that 47,000 foreigners arrived in Portugal in 2016, which is up by 24 percent in relation to the previous year.

According to the OECD, just under 400,000 foreigners resided in Portugal in 2016.

The organisation further explained that more than half the increase in foreign residents is due to the arrival of EU nationals, which has soared 40 percent in the space of just two years.

France was responsible for the most arrivals in 2016 from within in the EU, followed by Italy and the United Kingdom, which the OECD says is largely the result of Portugal’s favourable tax regime for non-habitual residents.

The OECD meanwhile also revealed that 29,000 foreigners were granted Portuguese citizenship in 2016, which is up by more than 30 percent on 2015.

(Source: the Portugal news)

BY BRENDAN DE BEER, 12-07-2018 14:07:00.

गहुँ को जमराको जुसः किन, कसरी र कहिले पिउने ?

सजिलै बनाउन सकिने, धेरै खर्च पनि नलाग्ने, बनाउन समय पनि नलाग्ने। यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्ने । त्यस्तो चिज हो “गहुँ को जमराको जुस” ।

हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ । किन ?

किनभने यो अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ ।

भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ ।

के छ त यसको फाइदा ?

छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूटि्रशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

केसलाई कालो र स्वस्थ्य बनाउँछ – समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।

होमोग्लोबिन बढाउँछ – गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

ब्लड शुगर नियन्त्रण गर्छ- मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।

क्यान्सरको उपचार- गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।

कब्जियतको उपचार- कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

अन्य लाभ

• पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।

• गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।

• उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।

• यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

कहिले पिउने ?

• यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछि खानपिन गर्नु हुँदैन ।

• बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।

• चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा गहुँ को जमराको जुसले फाइदा गर्छ

(स्रोत: Online Khabar)

Novo Sistema Automático de Pré-Agendamento em funcionamento para manifestações de interesse nos termos do nº 2 do artigo 88º ou do nº 2 do artigo 89º

11 SET 2017,

Em conformidade com a informação anteriormente avançada pelo Serviço de Estrangeiros e Fronteiras (SEF) relativamente à data da disponibilização das alterações ao SAPA eletrónico, informa-se que o novo SAPA – Sistema Automático de Pré-Agendamento, acessível a partir do Portal do SEF, já se encontra em funcionamento.

O novo SAPA foi atualizado de acordo com as disposições da Lei n.º 59/2017, de 31 de julho, e apresenta novas funcionalidades que permitem uma interação com o SEF por via eletrónica, tornando a articulação mais simples e eficaz.

As manifestações de interesse nos termos do nº 2 do artigo 88º ou do nº 2 do artigo 89º da Lei de Estrangeiros, na sua atual redação, passam a poder ser apresentadas online, com a documentação necessária, num procedimento que culmina com o agendamento para presença no atendimento do SEF.

O interessado deve começar por efetuar e confirmar um registo como utilizador do Portal e autenticar-se. Uma vez autenticado, poderá apresentar, na respetiva página, a manifestação de interesse, de acordo com a sua situação concreta, e carregar os documentos para o efeito. Poderá ainda consultar a manifestação de interesse e receber notificações do SEF relativamente ao estado da mesma, podendo revê-la se for caso disso, e assim evitar deslocações desnecessárias ao Serviço.

(Source: Portal SEF)

Dois irmãos esfaqueados no centro de Lisboa

13 Set 2017

Dois irmãos esfaqueados no centro de Lisboa

Agressor está em fuga. Um dos homens morreu e o outro ficou ferido.

Campo Grande, em Lisboa

Esfaqueamento na zona do Campo Pequeno

Um homem de 44 anos morreu na madrugada desta quarta-feira em Lisboa, depois de ter sido esfaqueado na rua, no centro de Lisboa. A vítima ia acompanhada do irmão, de 38 anos, que ficou ferido, sem gravidade, no mesmo ataque.

Ao que o CM apurou, as vítimas foram atacadas por um homem que ambos conheciam. O caso terá resultado de um desentendimento entre os três, que são imigrantes de origem nepalesa.

As autoridades foram alertadas por volta das 00h20 desta quarta-feira. A vítima mais grave foi levada de urgência para o Hospital Santa Maria, onde viria a morrer, não resistindo aos graves ferimentos que sofreu.

O agressor pôs-se em fuga e está a ser procurado pelas autoridades.

O caso aconteceu na zona do Campo Pequeno. Uma das vítimas trabalha num restaurante ali perto.

Source: (CM Jornal)

गैर आवासिय नेपाली संघ पोर्तुगल को छैठौँ अधिवेसन सम्पन्न

केशव न्यौपाने, पोर्तुगल,

गैर आबासिय नेपाली संघ पोर्तुगल को हिजो मिती १० सेप्टेम्बर २०१७ मा भएको छैठौँ अधिवेसनबाट निर्बिरोध निर्बाचित हुनुहुनेमा icc सदस्य पदमा नरेन्द्र बहादुर हमाल तथा पेम्बा शेर्पा, केन्द्रीय अध्यक्षमा कुबेर कार्की, महासचिबमा निराजन सुबेदी, सचिबमा अगिन्द्र गुरुङ तथा घनश्याम सुबेदी रहनुभएको छ।

त्यसैगरी महिला संयोजकमा सीता देवी बास्तोला बराल र सदस्यहरुमा क्रमश: अन्जन श्रेष्ठ, बमबहादुर घर्ति छेत्री, बिक्रम जंग कुँवर, दया ढकाल, दयासागर लामिछाने, दिपक बहादुर के.सी., दीपेन्द्र आचार्य, लाल बहादुर नेपाली, मिना माया खरेल, नबिन आचार्य, निर्मला ढकाल खनाल, प्रमोद बाबु पोखरेल, राज कुमार मल्ल, सरला तिमिल्सिन, वकिल के.सी निर्विरोध निर्वाचित हुनुभएको छ।

तथा मतदान प्रक्रिया बाट निर्बाचित उपाध्यक्षहरु कमल गुरुङ, गोविन्द प्रसाद सापकोटा, कान्छाराम बुढाथोकी, महिला उपाध्यक्षमा बिष्णु लुइँटेल, कोषाध्यक्षमा कुमार तामाङ् तथा युवा संयोजकमा रबिन अधिकारी विजयी हुनुभएको छ।

निर्वाचन प्रक्रिया को नतीजा तालिका विस्तृतमा :-

हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय

तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ ।
यद्यपि आफूले कतै छुटाएको वा हराएको फोन कुन ठाउँमा छ भनेर आफैंले पत्ता लगाउन सकिन्छ । आफ्नो हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न सकिनेछ । यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ ।
एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सक्नुहुनेछ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिच्नुभयो भने तपाईंको फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिन्छ । 
त्यसैगरी तपाईंसँग दोस्रो अप्सन उपलब्ध छ ‘लक’ को । आफ्नो फोन जुन मान्छेसँग छ, उसलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । यसका लागि एन्ड्रोइड डिभाइस म्यानेजरमा ‘लक’ क्लिक गरेर आफ्नो फोन लक गर्दै लक स्क्रिनमा केही सन्देश छोड्नुपर्ने हुन्छ । यहाँ आफ्नो अर्कै फोन नम्बर पनि हाल्न सकिन्छ । यसरी फोन लक भैसकेपछि फोन भेट्ने व्यक्तिले आफ्नो सन्देश र आफूले दिएको नयाँ फोन नम्बर प्राप्त गरेर फोन फिर्ता गर्न सक्छ । 
यसैगरी एन्ड्रोइड डिभाइस म्यानेजरमै आफ्नो फोन कहाँछ भनेर गुगल म्यापमै पनि फोनको लोकेसन फेला पार्न सकिन्छ, जसले गर्दा आफ्नो फोन कहाँ हराएको थियो भन्ने कुरा पत्ता लाग्छ अथवा कसैले उक्त फोन फेला पारेर कुन ठाउँमा पु¥याएको छ भनेर समेत जानकारी प्राप्त गर्न सकिन्छ ।
यदि कुनै पनि तरिकाले हराएको फोन भेटिदैन जस्तो लाग्छ तर तपाईंको फोनमा गोप्य अनि महत्वपुर्ण डाटाहरू छन् भने पनि चिन्तित हुनु आवश्यक छैन । यसका लागि ‘इरेज’ भन्ने अप्सन दिएको छ डिभाइस म्यानेजरले । इरेज गरिसकेपछि आफ्नो फोनका डाटाहरू स्थायी रूपमै मेटिनेछन् र इरेज गरेको समयमा उक्त फोन अफलाइन छ भने, अनलाइन भएको समयमा इरेज हुन थाल्नेछ ।
ध्यान राख्नुपर्ने कुरा के छ भने यदि हराएको फोन भेट्ने व्यक्तिले फेला पर्नेबित्तिकै ‘फ्याक्ट्री रिसेट’ गरिदियो भने माथि उल्लिखित कार्य गर्न सकिनेछैन । यसका साथै हराएको फोन अफ छ भने पनि समस्या हुनेछ तर अफ हुनुभन्दा अघिसम्मको फोनको लोकेसन चाहिं प्राप्त गर्न सकिनेछ ।

RECEITA DE ÁGUA DE GENGIBRE: PARA ACELERAR O METABOLISMO E FAZER VOCÊ PERDER PESO!

Você já ouviu falar da água de gengibre para emagrecer?
Tem muita receita de água de gengibre por aí.
Mas a melhor e que funciona mais rápido é esta.
Por quê?
É que ela tem alguns segredinhos.
Mas, antes da receita, que tal saber um pouco mais sobre o gengibre?
A raiz de gengibre, além de ser deliciosa, é bastante eficaz, composta de propriedades anti-inflamatórias, antiparasitárias, antivirais e antibacterianas.
Ela age de forma intensa no sistema imunológico, digestivo e no cardiovascular.
O gengibre contém vitaminas (como a C) e minerais (como magnésio).
É muito comum encontrá-lo na culinária, dando um gostinho especial nas comidas e bebidas.
Neste post, vamos ensinar você a fazer a melhor água de gengibre.
Por que é a melhor?
Porque ela vem reforçada com outros ingredientes “mágicos”.
Além de desinchar e emagrecer, ela trata gripe e outras viroses.
E também proporciona outros benefícios, como:
– Melhora a circulação
– Alivia as dores no corpo (inclusive enxaquecas e dores de cabeça)
agua_de_gengibre
– Reduz o risco de pedras nos rins
– Oferece nutrientes necessários para manter o funcionamento adequado do fígado
– Estimula o metabolismo
Aprenda como fazer a receita mais poderosa água de gengibre:
INGREDIENTES
1 pedaço de 5cm de gengibre cortado em fatias
1 limão cortado em rodelas (não precisa descascar)
1 colher (café) de açafrão em pó
1 colher (sobremesa) de óleo de coco
1 litro de água
MODO DE PREPARO
Ferva a água com o gengibre.
Quando levantar fervura, adicione o limão, o açafrão, mexa, desligue o fogo e tampe a panela.
Espere dez minutos e acrescente o óleo de coco.
Tome três xícaras por dia.
Consuma por no máximo duas semanas.
Se quiser continuar tomando, dê uma pausa de uma semana e retome por mais duas.
Se for hipertenso(a), converse antes com seu médico para saber se pode ou não consumir gengibre.
Este é um blog de notícias sobre tratamentos caseiros. Ele não substitui um especialista. Consulte sempre seu médico.
fonte:http://www.curapelanatureza.com.br/post/12/2016/receita-de-agua-de-gengibre-para-acelerar-o-metabolismo-e-fazer-voce-perder-peso