एक रातमै संसार हल्लाएको रान्समवेयर

१२ मे २०१७ को राति नेपालीहरू निदाइरहेका बेला पश्चिमा मुलुकहरूमा एक प्रकारको आक्रमण भयो । भौतिक क्षति केही नभए पनि त्यसले उत्तर अमेरिका तथा युरोपमा केही घण्टामै उथलपुथल ल्यायो । त्यो आक्रमण थियो वानाक्रिप्ट नामक रान्समवेयरको साइबर आक्रमण ।

के हो वानाक्रिप्ट रान्समवेयर ?:

वानाक्रिप्ट एक प्रकारको रान्समवेयर हो जसले माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टममा क्षति पुर्‍याउँछ । रान्समवेयर यस्तो मालवेयर (भाइरसजस्तै सफ्टवेयर जसले कम्प्युटरलाई हानि पुर्‍याउँछ) हो, जसले कम्प्युटरमा रहेको महत्वपुर्ण सफ्टवेयर तथा फाइललाई निकै कठिन पासवर्डले लक गरिदिन्छ, जसलाई प्राविधिकहरू इन्क्रिप्सन भन्छन् । रान्समवेयर बनाउनुको मुख्य उद्देश्य कम्प्युटर प्रयोगकर्तालाई दुख दिनु मात्र नभएर उनीहरूसँग पैसा असुल्नु पनि हो । पैसा असुलेपछि सामान्यतया ह्याकरहरूले प्रयोगकर्ताको फाइल डिक्रिप्ट अर्थात अनलक गरिदिन्छन् ।

कसरी फैलियो ?:

जब ‘द स्याडो ब्रोकर्स’ नामक ह्याकर समूहले १२ मे को दिन वानाक्रिप्ट रान्समवेयर फैलाउन थाले, प्रयोगकर्ताको लापरवाही, नेटवर्क सञ्जालमा भएका केही गम्भीर त्रुटि तथा कमजोर सुरक्षा प्रणालीका कारण त्यसले प्रश्रय पायो । इमेल तथा सामाजिक सञ्जालमा लिंकको माध्यमबाट फैलिएको रान्समवेयरले कम्प्युटर प्रयोगकर्ताहरूको लापरवाहीका कारण उनीहरूको कम्प्युटरलाई निसाना बनायो भने त्यही कम्प्युटरको सहयोग लिँदै अरू नेटवर्कमा फैलँदै गयो । युरोप र अमेरिकाको दूरसञ्चार तथा सफ्टवेयर कम्पनीहरू मात्र नभै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, रेनल्ट तथा निसान मोटर कम्पनी यसको पहिलो सिकार भए । विस्तारै यो साइबर आक्रमण विकराल रूप लिँदै कम्तीमा १ सय ५० देशमा फैलियो, जसका कारण संसारभरका साना–ठूला कम्पनी तथा घरेलु प्रयोगकर्ता पीडित हुन पुगे ।


माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताले इमेल, इन्टरनेट वा अन्य कुनै स्रोतमार्फत प्राप्त रान्समवेयरको लिंकमा क्लिक गर्दा उक्त रान्समवेयर आफ्नो कम्प्युटरमा इन्स्टल हुन्छ र त्यो कम्प्युटरलाई प्रयोगकर्ताले खोल्नै नसक्ने गरी लक गरिदिन्छ भने उक्त कम्प्युटरको नेटवर्कमार्फत अरू कम्प्युटरमा समेत फैलन्छ, जसले अरू कम्प्युटरलाई पनि सिकार बनाउँछ । त्यसपछि उक्त कम्प्युटरको डाटा चाहिएको खण्डमा प्रयोगकर्ताले बिटक्वाइन (एक किसिमको भर्चुअल मुद्रा) को माध्यमबाट ३ दिनभित्र ३ सय अमेरिकी डलर अथवा ७ दिनभित्र ६ सय अमेरिकी डलर ह्याकरलाई तिर्नुपर्ने हुन्छ । अहिलेसम्मको तथ्यांक अनुसार २ सय १४ भन्दा बढी पीडितले ५६ हजार अमेरिकी डलरभन्दा बढी रकम ह्याकरलाई तिरेको पाइएको छ । रान्समवेयरको आक्रमण अहिलेसम्म पूर्ण नियन्त्रणमा नआएका कारणले यो तथ्यांक अझ बढ्ने पक्का छ ।


चमत्कारिक नियन्त्रण:

@malwaretechblog ट्विट ह्यान्डल प्रयोग गर्ने एक प्रविधि शोधकर्ता अकस्मात तब हिरो बन्न पुगे जब उनले अनजानमा त्यो रान्समवेयरलाई फैलनबाट रोक्न सफलता प्राप्त गरे । विशेषज्ञहरूका अनुसार रान्समवेयरले फैलन एउटा विशेष वेब ठेगाना खोज्थ्यो, जुन ठेगाना इन्टरनेटमा नभएको खण्डमा उक्त रान्समवेयरले काम गथ्र्यो । @malwaretechblog का शोधकर्ताले अन्जानवश उक्त वेब ठेगाना किनेर रान्समवेयरलाई नियन्त्रणमा ल्याएका थिए । यद्यपि अहिले त्यो वेब ठेगाना भए पनि काम गर्ने रान्समवेयर फैलन थालेको केही विशेषज्ञ बताउँछन् ।

जोगिने उपाय:

रान्समवेयर, माइक्रोसफ्टको विन्डोज १० भन्दा पुरानो अपरेटिङ सिस्टममा हुने कमजोर सुरक्षा प्रणालीका कारण फैलने हुनाले विन्डोज एक्सपी, भिस्टा, ७, ८ तथा ८.१ का प्रयोगकर्ताहरू सचेत हुनुपर्छ । रान्समवेयर फैलिएकै दिन माइक्रोसफ्टले एउटा सुरक्षा अपडेट वितरण गरेको छ, जसलाई इन्स्टल गरे रान्समवेयरबाट जोगिन सकिन्छ । त्यस्तै आफ्नो साथी वा अपरिचित व्यक्तिले म्यासेजमा पठाएको शंकास्पद लिंकमा क्लिक नगर्दा तथा असुरक्षित सफ्टवेयर डाउनलोड नगर्दा पनि रान्समवेयरबाट जोगिन सकिन्छ ।


ह्याकरलाई पैसा तिर्दैमा पाइँदैन डाटा फिर्ता:

विशेषज्ञहरूका अनुसार, डाटा फिर्ता प्राप्त गर्न केही पीडितले पैसा तिरे पनि उनीहरूको डाटा फिर्ता भएको छैन । विशेष किसिमको इन्सक्रिप्सन प्रयोग गर्दा पनि रान्समवेयर अपुरो रहेको विशेषज्ञहरू बताउँछन् । पीडितले फिरौतीबापत ह्याकरहरूले दिएको चारमध्ये कुनै एक बिट वालेट (बिटक्वाइन खाता) मा रकम पठाउनुपर्ने हुन्छ । रान्समवेयर अपुरो रहेका कारण लक भएका ती कम्प्युटर खोल्न ह्याकर आफैं उपस्थित हुनुपर्ने हुन्छ, जुन सम्भव छैन । त्यसकारण डाटा फिर्ता प्राप्त हुने कुरा असम्भव जस्तै देखिन्छ ।


सन् २०१६ मा पहिलो पटक चर्चामा आएको ह्याकर समूह ‘द स्याडो ब्रोकर्स’ नै रान्समवेयरको निर्माता हो तर यो समूहका सदस्यहरू को हुन् र कहाँ बस्छन् भन्ने कुराको जानकारी कसैलाई छैन यद्यपि १२ मेको यो साइबर आक्रमणपछि उनीहरू निकै चर्चित भएका छन् ।
(Source: साप्ताहिक)

वाइफाईंमा चोरको मस्ती ?यसरी छुटाउनुहोस्

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ । पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ । यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् ।

वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ । त्यसैले पत्ता लगाउनुहोस्, कसैले चोरेकै कारण स्लो भयो या अन्य समस्याले ?
१. सुरुमा आफ्नो वाइफाइ राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाइफाई चोरी भए/ नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् ।
२. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिएपनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ ।
३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ ।

अब आफ्नो घरमा वाइफाई चलाउने मोबाइल, ल्यापटपको संख्या भन्दा बढी संख्यामा आइपी चलेको देखिए कसैले ह्याक गरेको बुझ्न सकिन्छ ।
४. वाइफाई ह्याक भएको थाहा पाएपछि तुरुन्त युजर नेम र पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । यो वाइफाईलाई चोरबाट छुटाउने उपाय हो ।
५. अब वाइफाईको नयाँ पासवर्ड राख्नुहोस् । अक्षर र अंक मिलाएर केही असजिलो पासवर्ड राख्नुहोस् । असजिलो पासवर्ड राख्दा आफूले भुलिन्छ भन्ने डर लाग्छ भने डायरीमा टिपेर राख्न पनि सकिन्छ ।
६. राउटरको पासवर्ड राख्ने बेला खास विचार पुर्‍याउनुपर्छ । अधिकांशले WPAPSK अप्सन रोजेको पाइन्छ ।
यो कुनै बलियो अप्सन होइन । ह्याक गर्ने एप्सले यसलाई सजिलै क्रयक गराइदिन्छ । त्यसैले WPAPSK बाहेक त्यहाँ दिएका अन्य बलिया अप्सन रोज्नुपर्छ ।
जस्तैः WPA2PSL रोज्न सकिन्छ । सेक्युरिटी अप्सन रोज्दा TKIP भन्दा AES अप्सन उत्तम हुन्छ ।
७. अझ अर्को बलियो उपाय अपनाउन सक्नुहुन्छ ।राउटरमा लग इन पासवर्ड राख्दा MAC फिल्टरेसन गर्न सकिन्छ । इन्टरनेट चल्ने डिभाइसमा म्याक आइडी हुन्छ । कुन कुन म्याक आइडीमा वाइफाई चलाउनुपर्ने हो, त्यसलाई मात्र राउटरभित्र लिस्टिङ गरिदिन सकिन्छ । यति गरेपछि तोकिएको डिभाइसबाहेक अरुलाई आइपी दिदँन । आइपीको स्पेस नै नभएपछि कसैले ह्याक गर्न सक्दैन ।
८. समय समयमा आफ्नो युजर नेम र पासवर्ड परिवर्तन गरिराख्ने गर्नुपर्छ । यसो गर्दा पनि वाइफाईलाई चोरबाट सुरक्षित राख्न सकिन्छ ।
(स्रोत: नयाँ पत्रिका)

फेसबुकमा लुकाएको फ्रेण्ड लिस्ट कसरी हेर्ने ?

Facebook-Friendसोसल मिडियामा फेसबुक एउटा यस्तो प्लेटर्फम बनेको छ जहाँ हरेक जो कोही एक अर्कोसँग जोडिएको हुन्छ ।

कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । ता की उसका को को र कति साथी छन् भन्ने कुरा अरुले नदेखुन् ।

यसरी हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैनथे । तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ ।

किनकी यसरी तपाइँले हाइड गरेको फ्रेण्डलिष्ट तपाइँको फेसबुके साथीले सजिलैसँग हेर्न सक्दछ, यदि जुक्ति लगाउनेहो भने ।

तपाइँको कुनै फेसबुके साथीले यदि फ्रेण्ड लिष्ट हाइड गरेको छ र उसका फेसबुकमा को को साथी छन् भनी सबैको सूचि हेर्न चाहनुहुन्छ भने यसो गर्नुस्ः

. सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।

· सोही ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । तपाइँले जुन साथीको फ्रेण्ड लिष्ट हेर्न चाहनुहुन्छ उसैको फेसबुक आइडी सर्च गरी वालमा जानुहोस् ।

· फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गनुहोस् ।

· त्यसपछि त्यहाँ एउटा reveal friends नामक अप्सन आउनेछ । तपाइँको क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।

· उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।

· स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ। 

२ मिनट मै कम्प्युटरका महत्वपूर्ण ट्रिक् जान्नुहोस्


यदि कुनै कुरा जम्मा २ मिनेटमै सिक्न सकिने र त्यो सिकेको कुरा निकै काम लाग्ने रहेछ भने अरु के नै चाहियो र ?

इन्टरनेट स्पीड बढाउने ट्रिक:
यसको लागि Start मेनुमा गएर RUN जानुहोस् अनि Gpedit.msc टाइप गर्नुहोस् । त्यसपछि ok थिच्नुहोस् । यो सँगै कम्प्युटरको स्क्रिनमा एक ट्याब खुल्नेछ । उक्त ट्याबमा रहेको Comput Configuration मा क्लिक गर्नुहोस् । अब ca Administrative Templates मा क्लिक गर्नुहोस् । अनि Network cK;g अप्सन छानेसँगै त्यहाँ देखापर्ने Qos Packet Scheduler सेलेक्ट गर्नुहोस् ।

त्यसपछि Limits reservable bandwith मा क्लिक गर्नुहोस् । अब नयाँ ट्याब खुल्नेछ र त्यहाँ ३ वटा अप्सन दिइएको हुन्छ । ३ अप्सन मध्ये Disabled लाई छान्नुहोस् । त्यसपछि सोही ट्याबमा सबैभन्दा तल रहेको Apply भन्ने अप्सनमा क्लिक गरी ok मा क्लिक गर्नुहोस् ।
यसो गर्नुभयो भने तपाइँको इन्टरनेटको स्पीड बढ्नेछ ।
किन बढ्छ स्पीड ?
Limits reservable bandwith लाई Disable गरेसँगै तपाइँको कम्प्युटरले विन्डोजसँग सम्बन्धित यस्ता टास्कलाई अनुमति दिँदैन जसलाई ब्याण्डविथको आवश्यकता पर्दछ । साथै अटोम्याटिक अपडेट पनि बन्द हुन्छ । जसका कारण इन्टरनेटको स्पीड बढ्दछ ।
अदृश्य फोल्डर बनाउने ट्रिकः

चाहे तपाइँले पूरानो फोल्डरलाई छान्नुभएको होस् वा नयाँ फोल्डर बनाउनुभएको होस्, सबैभन्दा पहिले त्यसको आइकन लुकाउनु पर्दछ। 

यसका लागिः-

फोल्डरमा राइट क्लिक गरी Properties मा जानुहोस्
त्यहाँ रहेका सबै अप्सन मध्ये Customize मा क्लिक गर्नुहोस्

जुन विन्डोज ओपन हुन्छ उसैबाट Change Icon ट्याबमा क्लिक गर्नुहोस् ।
एक ब्राउजिंग विन्डो ओपन हुनेछ उक्त अप्सनमा ब्लांक स्पेसको अप्सन छान्नुपर्छ । त्यसपछि ok मा क्लिक गर्नुहोस् अनि फोल्डर आइकन हराउनेछ ।
फोल्डरको नाम हटाउने ट्रिकः

आइकन हटाएपछि पनि फोल्डरको नाम हटेको हुँदैन । त्यसलाई हटाउनका लागि समेत एक खास ट्रिक् अपनाउनुपर्ने हुन्छ । यसका लागि फोल्डरमा राइट क्लिक गर्नुहोस् अनि Rename अप्सन छान्नुहोस् । त्यसपछि ALT सँगै 0160 थिच्नुहोस् र इन्टर गर्नुहोस् । विन्डोज एक्सपी, विन्डोज सेभेन तथा विन्डोज ८ मा यो सिस्टमले काम गर्नेछ ।

Know in 1 minute who is observing your Facebook

Facebook is the easy medium for getting other’s information and photo. People take information of each other even though they are not friends.
But, you may have not been able to know who is observing your Facebook.You can take a help from Google Chrome extension to facilitate a rapid information about your Facebook profile observation.
The new look will appear on your Facebook after adding the Chrome extension. This will inform you about the people who are observing your Facebook.


What to Do?


The first step:-

Firstly, keep this Google Chrome extension. Type Facebook Flat on Chrome. Click “Add to chrome” to add Facebook Flat on Google’s Chrome Webstore. A few minutes later, message will come saying “Added to Chrome”.


The second step:-

Go to Facebook profile and refresh after adding this extension. All icon appears on the left bar. There is also a green button for feed.


The third step:-

If you see a binocular shaped icon on left panel, then click it. Now, this icon will show who are observing your face book.

DC Motor Speed Control using Chopper

1) DC Motor Speed Control using Chopper:
Description:

many different applications it is required to control speed of DC motor. Some of the examples are
· In treadmill machine it is required to vary the speed of motor that used to roll the belt
· The speed of DC motor used in railway engines (traction) has to be varied
· E-bikes, e-bicycles, e-scooters also runs on DC motor and to vary their speed it is required to control speed of DC motor
· DC motors are also used in portable sewing machine, drill machine etc, in which speed control of motor is provided for different operation
One of the popular methods of speed control of DC motor is using chopper. Chopper is a device that gives variable DC output from applied fixed DC input. It simply chops fixed DC and generates variable DC. Let us first understand how it generates variable DC. 

 
shown in figure the chopper supplies fixed DC voltage to motor. When chopper is ON motor gets supply but when chopper is off motor does not get the supply. So as shown in figure let us say chopper is on for Ton time and it is off for Toff time. So depending upon the Ton and Toff time the DC voltage applied to motor is
Vdc = [Ton / (Ton + Toff)] × Vfixed
But Ton + Toff = Ttotal
So Vdc = [Ton / Ttotal] × Vfixed
Here Ton / Ttotal is called duty cycle. So as duty cycle is more the average DC voltage supplied to motor is more and so speed of motor is increased. So as duty cycle is varied by varying on and off time of chopper, the speed of motor can be varied.
The given circuit demonstrates one of such chopper circuit using Zero Cross Detector (ZCD), timer IC NE555 and darlington amplifier TIP122 used as chopper device. The circuit chops rectified DC output and varies the speed of DC motor.
Circuit Diagram:

  
Source Code:
This Code is only visible to Registered users. Please Login/Register.
2) Circuit Description
· 230V @ 50 Hz AC is applied at the primary of transformer T1 (0-12 VAC, 500 mA). It’s secondary is connected with AC input terminals of bridge rectifier BR1.
· Rectified output is given to base of transistor Q1 through voltage divider formed by resistors R1 (1K) & R2 (1K).
· Collector output of Q1 is fed to base of transistor Q2 through R4 (470Ω). Q1 and Q2 both are connected in switch configuration as shown.
· The output of Q2 is applied at the trigger input of NE555 chip U1. It is configured in monostable mode. Timing components RV1 (10K pot) and C1 (1 µF) decides width of output pulse
· Output of U1 is applied to base of darlington transistor TIP122 through current limiting resistor R6
· The DC motor is connected between rectified output and collector of TIP122. The emitter of TIP122 is connected to ground
(Check the circuit diagram tab for complete circuit for DC motor speed control using chopper)
2) Circuit Description
· 230V @ 50 Hz AC is applied at the primary of transformer T1 (0-12 VAC, 500 mA). It’s secondary is connected with AC input terminals of bridge rectifier BR1.
· Rectified output is given to base of transistor Q1 through voltage divider formed by resistors R1 (1K) & R2 (1K).
· Collector output of Q1 is fed to base of transistor Q2 through R4 (470Ω). Q1 and Q2 both are connected in switch configuration as shown.
· The output of Q2 is applied at the trigger input of NE555 chip U1. It is configured in monostable mode. Timing components RV1 (10K pot) and C1 (1 µF) decides width of output pulse
· Output of U1 is applied to base of darlington transistor TIP122 through current limiting resistor R6
· The DC motor is connected between rectified output and collector of TIP122. The emitter of TIP122 is connected to ground
(Check the circuit diagram tab for complete circuit for DC motor speed control using chopper)
3)  Circuit Operation:

us understand the circuit operation with the help of waveforms at different points A, B, C, D, E and F.  

 
Step down transformer T1 steps down 230 VAC into 12 VAC as shown as waveform 1 above figure at point A
· This AC input is given to bridge rectifier. Bridge rectifier will produce rectified DC output as shown in second waveform if above figure at point B
· This rectified output is given to base of transistor Q1. Because transistor Q1 is connected in switch configuration, when the input at the base becomes lower than 0.7 V it comes into cutoff and produces very short duration positive pulse at point ‘C’. That is shown as 3rd waveform in figure
· As this positive pulses are given to Q2 which is again connected in switch configuration, it will produce negative pulse at point ‘D’ of same width of positive pulse. This is shown as 4th waveform
· These negative pulses are applied to trigger input of NE555 chip connected in monostable mode. So it will generate high output every time when it gets this negative pulse. Its time period can be varied from 0 milisecond to max 10 milisecond using 10 K pot
· As per the waveforms given in below figure let us understand 2 different cases with pulse width of NE555 3 ms and 8 ms
· As shown a second waveform in above figure, the NE555 will generate high output when gets negative pulse at its trigger input. For first case the width of pulse is 3 ms
· Because this pulse is given to base input of TIP122, it is turned ON till pulse is high. When TIP122 is ON the motor gets chopped rectified output as shown in 3rd waveform in figure. Out of total 10 ms time, the motor gets DC waveform for 3 ms only
· So average voltage applied to DC motor is less (as shown in waveform) and its speed is also less. 

  
· As shown in 4th and 5th waveforms, now the time period (pulse width) of NE555 is increased to 8 ms. So the rectified output applied to DC motor is also more – means average voltage applied to motor is more and its speed is more
· Thus as time period (width of output pulse) of NE555 is varied from 0 ms to 10 ms, it gives chopped rectified DC wave to motor that will vary its speed from min to max.
Source : (engineersgarage)

आफ्नो गुगल अकाउण्टका सबै गतिविधि यसरी थाहा पाउनुस्

  

तपाइँको जिमेल अकाउण्टमा धेरै गोप्य कुराहरु राख्नु भएको हुनसक्छ । आफ्नो बैंक अकाउण्टका विवरण, विभिन्न खाले गोप्य तथा संवेदनशील कागजातका विवरण, साथी तथा परिवारको इमेल आदि आदि । त्यसैले यस्तो संवेदनशील जिमेल अकाउण्टलाई सुरक्षित राख्न र ह्याकरबाट बचाउनका लागि तपाइँ सधै चनाखो बन्नुपर्छ ।

गुगल ड्यासबोर्डको प्रयोग गरी तपाइँले आफ्नो जिमेल अकाउण्टमा हरेक समय नजर राख्न सक्नुहुन्छ ।

तपाइँलाई यसमार्फत हरेक महिना यस्तो रिपोर्ट प्राप्त हुन्छ जसले तपाइँको लगइनका बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ ।

गुगल ड्यासबोर्ड कसरी सेटअप गर्ने ?

सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको माइ अकाउण्ट अप्सन छान्नुहोस् ।

त्यसपछि तपाइँले आफ्नो गुगल अकाउण्ट पेज देख्नुहुनेछ । तपाइँले त्यहाँ रहेको पर्सनल इन्फो एण्ड प्राइभेसी अप्सनमा गएर अकाउण्ट ओभरभ्यू छान्नुपर्नेछ ।

त्यहाँ तपाइँले भ्यू ड्यासबोर्ड नामक अप्सन देख्नुहुन्छ । त्यहाँ तपाइँले आफ्नो जिमेल अकाउण्टको पासवर्ड हाल्नुपर्ने हुनसक्छ ।

ड्यासबोर्डमा तपाइँले आफ्नो गुगल अकाउण्ट तथा गुगल सर्भिस जस्तै यु ट्युब, गुगल न्युज, गुगल ड्राइभ, गुगल प्लस, गुगल प्ले तथा म्याप्स जस्ता आफुले प्रयोग गरेका सर्भिसहरुको जानकारी प्राप्त हुनेछ ।

ड्यासबोर्डमा तपाइँले सेण्ड मी मन्थ्ली रिमाइन्डर टू चेक माइ अकाउण्ट एक्टिभिटी नामक अप्सनको अगाडि रहेको बक्समा क्लिक गर्नुहोस् ।

त्यसपछि गुगलले तपाइँको गुगल अकाउण्टसँग सम्बन्धित विभिन्न जानकारीहरु हरेक महिना तपाइँको जिमेल इनबक्समा पठाइदिनेछ ।

तपाइँको गुगल अकाउण्टमा भएका सबै गतिविधिको जानकारी तपाइँले प्राप्त गरेसँगै तपाइँले कतै आफ्नो कुनै गुगल अकाउण्ट कुनै व्यक्तिले ह्याक गरेर गलत रुपमा प्रयोग गरिरहेको त छैन ? भन्ने जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ । यसले गुगल अकाउण्टको सुरक्षामा तपाइँलाई चनाखो बनाइदिनेछ ।

आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो ? यसरी थाहा पाउनुस्

  

अहिले आफुले जान्न चाहेको व्यक्तिका बारेमा बुझ्न निकै सजिलो भएको छ । फेसबुक लग्इन् गर्यो अनि सम्बन्धित व्यक्तिको प्रोफाइल खोजेर हेर्यो । तपाइँले सायद धेरैपटक यसो गर्नुभएको छ होला । अनि तपाइँको बारेमा जान्नका लागि तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसहरु पनि त होलान् नी । आफ्नो फेसबुक प्रोफाइल कस कसले हेर्यो होला त ?

यो जान्ने चाहना सबैमा नहुने कुरै भएन । आफ्नो बारेमा जान्न अरु कसैले चाहँदा रहेछन् भन्ने कुरा थाहा पाउँदा मख्ख होइन्छ सायद । कोही मानिस तपाइँको बारेमा जान्नका लागि पटक पटक तपाइँको फेसबुकको टाइमलाइनमा आइरहन्छ । तर तपाइँलाई भने पत्तो नै छैन । चिन्ता नगर्नुस्, आज हामी यस्तो तरीका प्रस्तुत गर्दैछौँ, जसबाट तपाइँले तपाइँको फेसबुक प्रोफाइल कसले हेर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि निम्नानुसारको विधि अपनाउनुहोस् :

१) सबैभन्दा पहिलो आफ्नो फेसबुक प्रोफाइल खोल्नुहोस् । आफ्नो प्रोफाइल पेजको सोर्स कोड पत्ता लगाउनका लागि कि बोर्डमा Ctrl+U दबाउनुहोस् । यसो गर्दा तपाइँको फेसबुक प्रोफाइल पेजको सोर्स कोडवाला पेज खुल्नेछ ।

२) त्यसपछि आफ्नो किबोर्डमा Ctrl+F दबाउनुहोस् । यसो गर्दा एक सर्च बक्स खुल्नेछ । उक्त सर्च बक्समा {“list”: लेखेर Enter दबाउनुहोस् ।

  
यसो गरेसँगै स्क्रिनमा ती मानिसहरुको फेसबुक प्रोफाइल आइडी देखिने जसले हालै तपाइँको फेसबुक प्रोफाइल हेरेका छन् । तपाइँको फेसबुक प्रोफाइल सबैभन्दा धेरै पटक हेर्ने मानिसको फेसबुक आइडी सबैभन्दा माथि देखिनेछ ।

३) त्यसपछि एक नयाँ ट्याब खोल्नुहोस् । उक्त ट्याबको एड्रेसबारमाा facebook.com/प्रोफाइल आडी हालेर इन्टर बटन थिच्नुभयो भने तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसको फेसबुक प्रोफाइल हेरेर उसको बारेमा थप कुरा बुझ्न सक्नुहुन्छ ।

बियरको खाली क्यानले बढाउँछ तपाईंको इन्टरनेट स्पिड, हेर्नुहोस् भिडियो

घर होस् कि अफिस, धेरैजसो ब्रोडब्यान्ड इन्टरनेटमा स्लो स्पिडको समस्या हुने नै गर्दछ । यस्तो अवस्थामा काम गर्न मुश्किल हुन्छ तर अब बियरको खाली क्यानको प्रयोगले ब्रोडब्यान्डको स्पिडमा प्वाँख लगाउन सकिन्छ । यो तरिकालाई अहिलेसम्म धेरै मानिसहरुले प्रयोग गरिसकेका छन् । प्रयोग गर्ने व्यक्तिहरुले पनि यसलाई उपलब्धिमुलक भएको बताएका छन् ।यसरी प्रयोग गर्नुहोस्, खाली बियरको क्यानको प्रयोगः

एउटा खाली बियरको क्यान लिनुहोस् ।

क्यानमा माथि लागेको बिर्कोको सिललाई हटाउनुहोस् ।

क्यानको मुनीपट्टीको भागलाई पनि काटिदिनुहोस् ।

त्यसपछि क्यानको माथिल्लो भागलाई लगभग ९० प्रतिशत काटिदिनुहोस् ।

त्यसपछि क्यानको माथिल्लो भागदेखि तल्लो भागतर्फ एउटा चिरा बनाएर त्यसलाई फैलाउनुहोस् ।

यो क्यानको माथिल्लो भागमा दुबैतर्फ टाँसिने टेप लगाइदिनुहोस् र तपाईंको ब्रोडब्यान्ड राउटरको एन्टिनामा टाँसिदिनुहोस् ।

यदि तपाईं यस्तै तरिका आफ्नो राउटरको दुबै एन्टिनामा गर्नुहुन्छ भने तपाईंको इन्टरनेटको स्पिड बढ्ने गर्दछ ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोस्।