हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय

तपाईंले चलाएको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्ट मोबाइल फोन अकस्मात हरायो । मोबाइल फोन त हरायो नै, त्यसभित्र रहेका सम्पर्क नम्बरदेखि आफूले राखेका सुरक्षित डाटाहरूसमेत फोनसँगै हराउँदा जो–कसैलाई थप पीडा हुन्छ ।
यद्यपि आफूले कतै छुटाएको वा हराएको फोन कुन ठाउँमा छ भनेर आफैंले पत्ता लगाउन सकिन्छ । आफ्नो हराएको फोन आफ्नो कम्प्युटरको मद्दतले फेला पार्न सकिनेछ । यसका लागि आफ्नो गुगल एकाउन्टमा लग इन गरेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुपर्ने हुन्छ । गुगल सर्चमा ‘एन्ड्रोइड डिभाइस म्यानेजर’ टाइप गरियो भने यसको लिंक प्राप्त हुनेछ । प्राप्त लिंकमा क्लिक गरेर एन्ड्रोइड डिभाइस म्यानेजर भित्र प्रवेश गर्न सकिन्छ ।
एन्ड्रोइड डिभाइस म्यानेजरभित्र पस्नासाथ त्यहाँ हराएको फोनको साथमा गर्न मिल्ने तीनवटा कुरा देख्न सक्नुहुनेछ । ‘प्ले साउन्ड’ भन्ने अप्सन थिच्नुभयो भने तपाईंको फोन साइलेन्ट मोडमै भए पनि ५ मिनेटसम्म बज्नेछ र त्यो आवाजको सहायताले आफ्नो फोन फेला पार्न सकिन्छ । 
त्यसैगरी तपाईंसँग दोस्रो अप्सन उपलब्ध छ ‘लक’ को । आफ्नो फोन जुन मान्छेसँग छ, उसलाई फोन लक गरेर संदेश छोड्न सकिन्छ । यसका लागि एन्ड्रोइड डिभाइस म्यानेजरमा ‘लक’ क्लिक गरेर आफ्नो फोन लक गर्दै लक स्क्रिनमा केही सन्देश छोड्नुपर्ने हुन्छ । यहाँ आफ्नो अर्कै फोन नम्बर पनि हाल्न सकिन्छ । यसरी फोन लक भैसकेपछि फोन भेट्ने व्यक्तिले आफ्नो सन्देश र आफूले दिएको नयाँ फोन नम्बर प्राप्त गरेर फोन फिर्ता गर्न सक्छ । 
यसैगरी एन्ड्रोइड डिभाइस म्यानेजरमै आफ्नो फोन कहाँछ भनेर गुगल म्यापमै पनि फोनको लोकेसन फेला पार्न सकिन्छ, जसले गर्दा आफ्नो फोन कहाँ हराएको थियो भन्ने कुरा पत्ता लाग्छ अथवा कसैले उक्त फोन फेला पारेर कुन ठाउँमा पु¥याएको छ भनेर समेत जानकारी प्राप्त गर्न सकिन्छ ।
यदि कुनै पनि तरिकाले हराएको फोन भेटिदैन जस्तो लाग्छ तर तपाईंको फोनमा गोप्य अनि महत्वपुर्ण डाटाहरू छन् भने पनि चिन्तित हुनु आवश्यक छैन । यसका लागि ‘इरेज’ भन्ने अप्सन दिएको छ डिभाइस म्यानेजरले । इरेज गरिसकेपछि आफ्नो फोनका डाटाहरू स्थायी रूपमै मेटिनेछन् र इरेज गरेको समयमा उक्त फोन अफलाइन छ भने, अनलाइन भएको समयमा इरेज हुन थाल्नेछ ।
ध्यान राख्नुपर्ने कुरा के छ भने यदि हराएको फोन भेट्ने व्यक्तिले फेला पर्नेबित्तिकै ‘फ्याक्ट्री रिसेट’ गरिदियो भने माथि उल्लिखित कार्य गर्न सकिनेछैन । यसका साथै हराएको फोन अफ छ भने पनि समस्या हुनेछ तर अफ हुनुभन्दा अघिसम्मको फोनको लोकेसन चाहिं प्राप्त गर्न सकिनेछ ।

Advertisements

२ मिनट मै कम्प्युटरका महत्वपूर्ण ट्रिक् जान्नुहोस्


यदि कुनै कुरा जम्मा २ मिनेटमै सिक्न सकिने र त्यो सिकेको कुरा निकै काम लाग्ने रहेछ भने अरु के नै चाहियो र ?

इन्टरनेट स्पीड बढाउने ट्रिक:
यसको लागि Start मेनुमा गएर RUN जानुहोस् अनि Gpedit.msc टाइप गर्नुहोस् । त्यसपछि ok थिच्नुहोस् । यो सँगै कम्प्युटरको स्क्रिनमा एक ट्याब खुल्नेछ । उक्त ट्याबमा रहेको Comput Configuration मा क्लिक गर्नुहोस् । अब ca Administrative Templates मा क्लिक गर्नुहोस् । अनि Network cK;g अप्सन छानेसँगै त्यहाँ देखापर्ने Qos Packet Scheduler सेलेक्ट गर्नुहोस् ।

त्यसपछि Limits reservable bandwith मा क्लिक गर्नुहोस् । अब नयाँ ट्याब खुल्नेछ र त्यहाँ ३ वटा अप्सन दिइएको हुन्छ । ३ अप्सन मध्ये Disabled लाई छान्नुहोस् । त्यसपछि सोही ट्याबमा सबैभन्दा तल रहेको Apply भन्ने अप्सनमा क्लिक गरी ok मा क्लिक गर्नुहोस् ।
यसो गर्नुभयो भने तपाइँको इन्टरनेटको स्पीड बढ्नेछ ।
किन बढ्छ स्पीड ?
Limits reservable bandwith लाई Disable गरेसँगै तपाइँको कम्प्युटरले विन्डोजसँग सम्बन्धित यस्ता टास्कलाई अनुमति दिँदैन जसलाई ब्याण्डविथको आवश्यकता पर्दछ । साथै अटोम्याटिक अपडेट पनि बन्द हुन्छ । जसका कारण इन्टरनेटको स्पीड बढ्दछ ।
अदृश्य फोल्डर बनाउने ट्रिकः

चाहे तपाइँले पूरानो फोल्डरलाई छान्नुभएको होस् वा नयाँ फोल्डर बनाउनुभएको होस्, सबैभन्दा पहिले त्यसको आइकन लुकाउनु पर्दछ। 

यसका लागिः-

फोल्डरमा राइट क्लिक गरी Properties मा जानुहोस्
त्यहाँ रहेका सबै अप्सन मध्ये Customize मा क्लिक गर्नुहोस्

जुन विन्डोज ओपन हुन्छ उसैबाट Change Icon ट्याबमा क्लिक गर्नुहोस् ।
एक ब्राउजिंग विन्डो ओपन हुनेछ उक्त अप्सनमा ब्लांक स्पेसको अप्सन छान्नुपर्छ । त्यसपछि ok मा क्लिक गर्नुहोस् अनि फोल्डर आइकन हराउनेछ ।
फोल्डरको नाम हटाउने ट्रिकः

आइकन हटाएपछि पनि फोल्डरको नाम हटेको हुँदैन । त्यसलाई हटाउनका लागि समेत एक खास ट्रिक् अपनाउनुपर्ने हुन्छ । यसका लागि फोल्डरमा राइट क्लिक गर्नुहोस् अनि Rename अप्सन छान्नुहोस् । त्यसपछि ALT सँगै 0160 थिच्नुहोस् र इन्टर गर्नुहोस् । विन्डोज एक्सपी, विन्डोज सेभेन तथा विन्डोज ८ मा यो सिस्टमले काम गर्नेछ ।

भाइबर @ डेस्कटप

भाइबर @ डेस्कटप:

तपाईं भाइबर प्रयोग गर्नु हुन्छ ? मोवाइलमा नेटवर्क नभएर समस्या भोग्नु भएको होला । तपाईंलाई खुसीको खवर छ । मोवाइलमै विश्वभर निशुल्क फोन गर्न सकिने यो एप्लिकेसन (एप) को डेस्कटप भर्सन सार्बजनिक भएको छ । तपाईंले एउटै नम्बर प्रयोग गरेर विभिन्न डिभाइसमार्फत विश्वभर संचार सुविधा प्रयोग गर्न सक्नुहुन्छ । कार्यालय, घर, स्कुल, यात्रामा जहाँ भए पनि एउटै नम्बर प्रयोग गरेर कुराकानी गर्न सक्नुहुन्छ । स्काइपलाई चुनौति दिने गरी आएको यस एप्सले केही नयाँ सुविधासमेत थपेको छ । मोवाइलमा डेक्सटपबाट कल गर्ने सुविधा दिने भाइबर पहिलो एप हो ।

यसले निशुल्क कल गर्ने सुविधा दिन्छ । यसका लागि छुट्टै एकाउन्ट बनाउनु पर्दैन । मोवाइल नम्बरलाई नै यसले एकाउन्टको रुपमा लिन्छ । भाइबरले मोवाइलमा रहेका कन्ट्याक्ट लिस्ट, मेसेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ । मोवाइल र डेस्कटप डिभाइसको नम्बर, मेसेजलगायत सिंक्रोनाइज गर्ने भएकाले एउटामा भएका सामग्री डिलेट गर्दा अर्कोमा त्यसको असर देखिन्छ ।

कुरा गर्ने अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ । यसलाई प्रयोग गर्न कुनै मुलुकको सीमानाले छेक्दैन । युरोप होस् वा अमेरिका । जहासुकै बस्ने आफन्तसाग नेपालबाट जुनसुकै बेला भाइबरबाट निशुल्क कुरा गर्न सकिन्छ । डिभाइसमा इन्टरनेटको कनेक्सन चाहीं हुनुपर्छ, चाहे वाइफाइ होस् वा थि्रजी (थर्ड जेनरेशन) नेटवर्क ।

साइप्रसको कम्पनी भाइबर मेडियाले यस एपको विकास गरेको हो । अमेरिकी-इजरायली ब्यवसायी टालमन मार्कोले स्थापना गरेको भाइबर मेडियाका बेलारुस र इजरायलमा डेभलपमेन्ट सेन्टर छन् । भाइबर एपका झण्डै २० करोड प्रयोगकर्ता रहेको कम्पनीले यसबाट अहिलेसम्म कुनै आम्दानी भने गरेको छैन । यसले यसै बर्ष (सन २०१३) देखि भने ‘स्टिकर स्टोर’ बाट कमाउन थाल्ने बताएको छ । यसले अहिलेसम्म एडभर्टाइजिङलाई स्वीकारेको छैन ।

अघिल्लो सातामात्र सार्बजनिक भएको डेस्कटप सस्करणमा भिडियो कल गर्नेसमेत सुविधा छ । यसबाहेक भाइबरमार्फत टेक्स्ट (एसएमएस), फोटो पठाउन र भ्वाइस कल गर्न सकिन्छ । यसमार्फत ग्रुप कन्भर्सेसनको समेत सुविधा छ । अनगोइङ कललाई डिभाइसबीचमा ट्रान्सफर गर्न सकिन्छ । डेस्टटप भर्सनबाट भिडियो मेसेज (भिडियो भ्वाइस मेल) पठाउने सुविधा छ । यस्तै नयाँ स्टिकर, लास्ट अनलाइन स्ट्याटस हेर्ने सुविधासमेत यसमा छ । यसलाई रजिस्ट्रेसन गर्ने, पासवर्ड राख्ने र अरुलाई इन्भाइट गर्ने जरुरत पदैन । यसको भ्वाइस क्लालिटी पनि निकै राम्रो छ ।

यसको सबैभन्दा सुन्दर विशेषता भनेको निकै सजिलो एक्टिभेसन प्रोसेस हो । डेक्सटपमा चलाउन भाइबर डटकममा गएर यसलाई डाउनलोड गर्न सकिन्छ । यसका विन्डोज र म्याक दुवै डेस्कटपमा प्रयोग गर्न मिल्ने भर्सन छन् । डाउनलोड गर्न तपाई मोवाइलको भाइबर युजर हुनुपर्छ । डेक्स्टप एपले मोवाइलमा एप डाउनलोड गर्न भन्छ । डेक्सटपमा इन्स्टल गरेपछि तपाईंले चलाउदै आउनु भएको मोवाइल नम्बर माग्छ । मोवाइल नम्बर इन्ट्री गरेपछि भाइबरले मोवाइलमा कोड नम्बर पठाउछ । त्यस कोडलाई इन्ट्री गरेपछि डेक्सटपमा भाइबर प्रयोग गर्न सकिन्छ । ‘मानिस कार्यालय वा घरमा रहदा ल्यापटप वा डेक्स्टप प्रयोग गर्छन्’, भाइबरका प्रमुख कार्यकारी टालमोन मार्को भन्छन्,’उनीहरुलाई भारबरको नया भर्सनले सघाउनेछ ।’

भाइबर मिडियाले डेक्स्टप भर्सनमा ८ नया भाषालाई पनि प्रविष्ट गराएको छ । यसपछि भाइबरले सपोर्ट गर्ने भाषाको संख्या २७ पुगेको छ ।

भाइबरले प्रख्यात कम्पनी माइक्रोसफ्टको ब्याकिङमा रहेको भ्वाइस र भिडियो कलको लागि चर्चित स्काइपलाई एक स्टेप अगाडि बढेर गम्भिर चुनौती दिएको छ । स्काइपबाट मोवाइल वा ल्यान्डलाइनमा कल गर्न शुल्क तिर्नुपर्छ । निशुल्क भिडियो/भ्वाइस कल गर्न छुट्टै आइडी बनाउनुपर्छ । झण्डै ६० करोड प्रयोगकर्ता रहेको स्काइपलाई डेस्कटपबाटै फोन गर्ने सुविधा दिएपछि उपभोक्ता भाइबरतिर आकषिर्त हुने देखिएको छ । मोवाइलमा थि्रजी नेटवर्क त्यति राम्रो नभएको र जताततै वाइफाइ सुविधा नपाएका नेपालीलाई समेत भाइबरको डेस्कटप सस्करणले मोहनी लगाउने निश्चित छ ।

भाइबरको डेक्सटप भर्सन कर्पोरेट युजरहरुलाई निकै उपयोगी हुने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष नारायण न्यौपाने दावी गर्छन् । ‘नेपालमा इन्फ्रास्ट्रक्चरको अभावले थि्रजी र वाइफाइ सेवा त्यति भरपर्दो नभएको अवस्थामा भाइबरको डेक्सटप भर्सन कम्युनिकेसनमा निकै उपयोगी हुने देखिएको छ,’ उनले भने, ‘डेस्कटपबाटै फोन गर्न मिल्ने सुविधाले कर्पोरेट ग्राहकलाई संचारमा हुने खर्च निकै घटाउने छ ।’ उनले भौतिक पूर्वाधारको अभावमा नेपाली उपभोक्ताले धेरै एप्लिकेसनहरु प्रयोग गर्न नपाएको बताए । viber डाउनलोड गर्न यहाँ http://www.viber.com क्लीक् गर्नुहोस् ।