युरोपमा बसोबास् गर्नेले जान्नु पर्ने यी केही कुराहरु:

20131214-102702 pm.jpg
युरोपियन युनियनमा २८ सदस्य राष्ट्र रहेका छन । तर आज संसारमा एउटा ठुलो शक्तीको रुपमा विकास भई यहासम्म आइ पुगेको युरोपियन युनियनको वारेमा तपाइलाई थाहा छ । युरोप भित्र वस्ने केही हद सम्म यसको इतिहास जान्न जरुरी छ । सन १९४८को हेग कग्रेसवाट इयुको अवधारणा शुरु भएको हो तापनि ६ वटा राष्ट वेल्जियम्, फ्रान्स्, इटाली, लग्जम्बर्ग््, नेदरल्याण्ड् र तत्कालिन पश्चिम जर्मनी ले कोइला र स्टिल खानीको वारेमा सहकार्य गर्न १८ अप्रिल १९५१ मा गरेको सन्धी नै युरोपियन युनियनको पहिलो संन्धीको रुपमा रहेको छ । यो २३ जुलाई १९५२ वाट लागु भएको थियो भने यो संधीको अन्त्य २३ जुलाई २००३ मा भएको थियो । यसवाट यी छ देश युरोपियन युनियनका संस्थापक राष्ट्र पनि हुन् ।

20131214-103331 pm.jpg

20131214-102818 pm.jpg

यसपछी युरोपियन युनियनका यी राष्ट्र बिच् सन् १९५७ मार्च्् २५ मा अर्को सन्धी भयो; जुन अर्थतन्त्र संग सम्वन्धित् थियो । यो संधी १ जनवरी १९५८ देखि लागु भएको थियो । व्रसल्समा ८ अप्रिल १९६५ मा भएको र जसलाई १९६७ मा लागु भएको सन्धीले तीन वटा विषय लाई एउटै कमिटी र एउटा काउन्सिलद्धारा हेरीने वनाइयो । यसै गरी १९८६ फेब्रुवरी १७ मा लग्जम्बर्ग्् र २८ फेब्रुवरी १९८६ मा हेगमा गरिएको सन्धीले युरोपियन कानुन वन्यो ।
१९९२ फेब्रुवरी ७ मा गरिएको सन्धीले नागरिकता विदेशी र आन्तररिक पोलेसीको वनाइयो । २ अक्टोवर १९९७ मा आम्टडममा गरिएको सन्धीले नया राष्ट्रको भविष्यमा सुधार गर्यो । २६ फेब्रुवरी २००१ मा गरिएको सन्धीले युरोपियन सदस्य राष्ट्रको निर्वाचन प्रकृयालाई सुधार गर्यो भने १३ डिसेम्वर २००७ मा लिस्वोनमा गरेको सन्धीले युरोपमा अझ प्रजातान्त्रीक पद्धतीको विकास गर्यो ।

युरोपमा एकल् मुद्रा प्रणाली युरोको शुरुवात् सन् २००२ देखि लागु भएको हो ।

20131214-103034 pm.jpg

युरोपियन युनियनमा अहिलेसम्म रहेका संस्थापक् राष्ट्र बाहेक अरु सदस्य राष्ट्रहरु कुन सालमा प्रवेश गरेका थिए त? विवरण तल हेर्नुहोस् —

#1973 (Denmark, Ireland, United Kingdom)
#1981 (Greece)
#1986 (Spain, Portugal)
#1995 (Austria, Finland, Sweden)
#2004 (Czech Republic, Cyprus, Estonia, Hungary, Latvia, Lithuania, Malta, Poland, Slovakia, Slovenia)
#2007 (Bulgaria, Romania)
#2013 (Croatia).

20131214-103151 pm.jpg

Leave a comment