झुक्किएर म्यासेज सेन्ड भयो? ल यसरी फिर्ता गर्नुहोस्

  

सूचना आदान–प्रदानका लागि कुनै जमानामा कटुवाल प्रथा, हाते चिठ्ठी, गाउँघरमा, परेवाको प्रयोग, आकाशवाणी, हुँदै अहिले इमेलको प्रयोग आधुनिक जीवनको हिस्सा नै बनेको छ । तर, यसको प्रयोग गर्दा कहिलेकाहीँ हैरानीमा पनि परिन्छ । झुक्किएर डकुमेन्ट गलत आइडीमा सेन्ड भइदिन्छ या आइडी सही हुँदाहुँदै पनि अर्कै फाइल परिदिन समेत सक्छ । 
यदि यस्तो समस्याबाट जिमेल प्रयोगकर्तालाई केही राहत मिल्ने भएको छ । गुगलले इमेल ‘अनडु सेन्ड’ अर्थात् पठाएको डकुमेन्ट फिर्ता गर्ने सिस्टम सार्वजनिक गरिदिएको छ । तर, इमेल सेन्ड गर्दा भएको गल्ती तुरुन्त सच्याउनुपर्ने हुन्छ । यसका लागि तल हेर्नुहोस के के गर्ने 
१. आफ्नो जिमेल लगइन गरिसकेपछि सबैभन्दा माथि दायाँपट्टि रहेको पांग्राजस्तो देखिने आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले पाउने केही विकल्पमध्ये सेटिङ मेनुमा जानुहोस् ।
२. सेटिङ मेनुमा रहेको जनरल ट्याबमा प्रवेश गरेर क्लिक गर्नुहोस् । विभिन्न विकल्पहरू आउँछन् । त्यहाँ भेटिने अनडु सेन्ड फिचरको अगाडि रहेको कोठामा क्लिक गरेर एक्टिभेट गर्नुहोस् ।
३. तपाईंले कुनै आइडीमा पठाएको इमेललाई अब कति समयमा अनसेन्ड गर्ने भन्ने विकल्पमा १० सेकेन्ड तोकिएको भेट्नुहुनेछ । तर, तपाईंलाई आफ्नो इच्छाअनुकूल ५, १०, २० या ३० सेकेन्डको अवधि छान्न सक्नुहुनेछ ।
४. यो फिचर सुरु गरिसकेपछि अब तपाईंले कसैलाई इमेल गर्नुभयो, तर तत्कालै सच्याउनुपर्ने भयो भने जिमेल विन्डोको माथिपट्टि आउने पहेँलो बाकसमा दिइएको अनडु अप्सनमा क्लिक गर्नुहोस् ।
५. क्लिक गरेपछि सुरुमा इमेल गर्नुअघिको अवस्था अर्थात् कम्पोज इमेल खुल्नेछ । त्यसपछि तपाईंले आफूले पहिले पठाएको इमेल सुधार गरेर पठाउन सक्नुहुन्छ या इमेल नै रद्द गर्न पनि सक्नुहुन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s