विन्डोज १० अब निशुल्‍क प्रयोग गर्न पाइने

  

अपरेटिङ सिस्टममा एकछत्र राज गर्दै आएको माइक्रोसफ्टले विन्डोजको नयाँ भर्सन बजारमा ल्याएको छ। माइक्रोसफ्टले सोमबार नयाँ भर्सन ल्याइएको जानकारी गराउँदै आगामी जुलाई २९ मा सार्वजनिक गर्ने भएको छ। 

 

विश्वमा एक अर्ब ५० करोड प्रयोगकर्ता रहेको विन्डोजको यो नयाँ भर्सन विन्डोज सेभेन र विन्डोज एट अपरेटिङ सिस्टम भएका कम्प्युटरमा सित्तैमा अपग्रेड गर्न मिल्छ। ओएस अपरेटिङ सिस्टमका लागि भने विन्डोज १० यो वर्षको अन्त्यतिर आउनेछ। 

  
विन्डोजको नयाँ भर्सनमा विन्डोज ८.१ मा जस्तै स्टार्ट बटनको सुविधा राखिएको छ। स्टार्ट बटनबिना ल्याएको विन्डोज एट प्रयोगकर्ताले मन नपराएपछि माइक्रोसफ्टले त्यसलाई सुधार्दै तत्कालै स्टार्ट बटनसहितको विन्डोज ८.१ लन्च गरेको थियो।

 

यस्तो छ विन्डोज १०

विन्डोज १० मा माइक्रोसफ्टको कोर्टना पर्सनल डिजिटल एसिसमेन्ट सुविधा छ। कोर्टनाको सहयोगमा विन्डोज १० को ब्राउजरलाई तलबाट माथितर्फ एकीकृत रूपमा बनाइएको छ। 

 

आइओसमा समेत उपलब्ध हुने विन्डोज १० को अर्को विशेषता यसमा समावेश बायोमेट्रिक प्रणाली हो। यसका प्रयोगकर्ताले पासवर्ड नहानी आफ्नो नामबाटै हेल्लो भनेको भरमा खोल्न सकिन्छ। यो सिस्टम आँखा, औंठाछाप र अनुहारबाट पनि खुल्छ।

  
एक सय ११ भाषामा उपलब्ध हुने विन्डोज १० लाई संसारका एक सय ९० देशमा एकसाथ उपलब्ध गराइने भएको छ। माइक्रोसफ्टले यसलाई विन्डोजको अन्तिम संस्करण भनेको छ।

 

यो पछाडि विन्डोजका नयाँ संस्करण नआउने माइक्रोसफ्टका विकास निर्देशक जेरी निक्सले जनाएका छन्। विन्डोजको यो भर्सनमा माइक्रोसफ्ट अफिस २०१६ स्विट, प्लस न्यु र युनिभर्सल विन्डोज एप्लिकेसन चल्ने चल्ने सुविधा छ। 

Video: Introducing Windows 10
विन्डोज एप्लिकेसनमा अफिसका वर्ड, एक्सल, पावरप्वाइन्ट र आउटलुट चलाउँदा टच गरेको अनुभव लिन सकिने छ। ओएस भर्सनमा विन्डोजको क्वान्टिनम फिचर छ। यसले डेस्कटप एप्लिकेसनलाई मोबाइल डिभाइसमा पनि चलाउन मिल्ने सुविधा दिएको छ। 

 

यो सुविधाले मोबाइल फोनलाई डेस्कटपका रूपमा चलाउन सकिन्छ। यसका साथै विन्डोज १० बाट कम्प्युटर र ट्याब्लेटमा एक्स बक्स लाइभ गेमिङ नेट्वर्कमा गेम खेल्ने नयाँ सुविधा थपिएको छ।

 

विन्डोजको म्याद गुज्रन्छ

कम्प्युटरमा अभ्यस्त भएकाले बुझ्नुपर्ने कुरा अन्य सामानको म्याद गुज्रेजस्तै विन्डोजको पनि म्याद गुज्रन्छ।

 

विन्डोज ७ र ८ का प्रयोगकर्ताले यसको एक वर्षको अवधि गुज्रनेबित्तिकै अपग्रेड गर्नुपर्छ। 

  
तपाईंले ओरिजिनल विन्डोज ७ र विन्डोज ८ प्रयोग गर्नुभएको छ भने त्यसलाई विन्डोज १० मा नि:शुल्क अपग्रेड गर्ने व्यवस्था माइक्रोसफ्टले गरेको छ। तर, अपग्रेड भर्सन हामीले खोजेजस्तो नपाउने पनि सम्भावना पनि उत्तिकै छ।

 

अप्ठ्यारो हुन सक्छ

विन्डोज भिस्टा र एक्सपीका प्रयोगकर्तालाई यो भर्सन चलाउन अफ्ठेरो लाग्न सक्छ। एक्सपी र भिस्टाकै भरमा चलेकालाई विन्डोज १० अपग्रेड गर्न कठिनाइ पनि हुन्छ। 

  
यसको अपग्रेड भर्सन सीमित रहेकाले यो समस्या आएको हो। ल्यापटप र ट्याब्लेटसँगै ओएस मोबाइलमा पनि विन्डोज १० चलाउन सकिने माइक्रोसफ्टका आईटी विश्लेषक वेस मिलरले जनाएका छन्। 

 

एन्ड्रोइड र ओएसले कब्जा जमाएको मोबाइल र ट्याबलेटको अपरेटिङ सिस्टम प्रवेश गरेर विन्डोजले उनीहरूलाई चुनौती दिने अनुमान गरिएको छ।

(एजेन्सीको सहयोगमा)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s