आइफोनले गर्न सक्ने १५ अनौठा काम

हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ् अप्सनभित्र निहीत छन् त कतिपय होम स्क्रिन स्लाइड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी यस्तै फिचरबारे जानकारी दिंदै छौं ।


१. स्क्रिन नखोली म्यासेज रिप्लाई गर्नुहोस्:


आइफोनको स्क्रिन् लक् नखोलीकनै पनि तपाईले प्राप्त म्यासेजको रिप्लाई दिन सक्नुहुन्छ । यसका लागि तपाईले आइफोन स्क्रिनको सवैभन्दा माथिल्लो भागबाट स्क्रिन डाउन गरि नोटिफिकेसन खण्डमा जान सक्नुहुन्छ । यहाँ तपाईले म्यासेज रिप्लाई अप्सन् देख्नुहुनेछ । त्यसलाई केहीबेर थिचेपछि तपाईले रिप्लाई गर्न सक्नुहुन्छ । यसका लागि स्क्रिन् अनलक् गरिराख्नु पर्दैन ।

  


२. कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस्:


सधैं किन आइफोनको ब्याट्री चाँडो सकिइरहेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ ? यसका लागि तपाईले सेटिङमा गएर ‘जनरल’ भित्र ‘युजेज’ अप्सन खोल्नुहोस् । त्यहाँ भित्र तपाइँले ब्याट्री युजेज् अप्सन् हेर्नुभयो भने कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ भन्ने प्रस्ट जानकारी दिने छ ।

  


३. पठाएका अडियो र भिडियो म्यासेज दुई मिनेटमै हराउने बनाउनुहोस्:


तपाईंले आफ्नो साथीलाई पठाएका अडियो वा भिडियो सन्देश दुई मिनेटभित्रै नष्ट हुने बनाउन चाहनुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । यसका लागि तपाईंले सेटिङभित्र म्यासेज अप्सनमा जानुभयो भने त्यहाँ अडियो र भिडियोका लागि अप्सन पाउनुहुनेछ । त्यहाँ तपाईले दुई मिनेटभित्र म्यासेज नष्ट हुने सेवा क्रियाशिल गर्ने अप्सन देख्नुहुनेछ ।

  


४. आफ्नो लोकेसन साथीलाई सेयर गर्नुहोस्:


यदि तपाईं साथीसँग म्यासेजमा कुरा गर्दै हुनुहुन्छ र आफ्नो लोकेसनबारे नक्सासहित जानकारी दिन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । त्यसका लागि म्यासेजको सवैभन्दा माथि दाहिनेपट्टी रहेको ‘डिटेल’ अप्सन छान्नुहोस् । त्यहाँ तपाईले ‘सेण्ड माइ लोकेसन’ अप्सन छान्न सक्नुहुन्छ ।

  

५. आफु बसेको लोकेसनबारे साथी र परिवारलाई थाहा दिनुहोस्:

यदि तपाई आफु कहाँ-कहाँ यात्रा गरिरहेको छु भन्ने सूचना आफ्ना साथी वा परिवारलाई दिन चाहानुहुन्छ भने तपाईले अघिल्लो अप्सनमा भनिएजस्तै प्रकृया फलो गर्नुहोस् । मात्र ‘सेण्ड माई लोकेसन’ को सट्टा ‘सेयर माई लोकेसन’ अप्सन छनौट गर्नुहोस् । लोकेसनको सूचना एक घण्टा, दिनभरी वा सधैभरीका लागि दिनेगरी बिकल्प सेट् गर्न सकिन्छ ।

  


६. निश्चित ब्यक्तिको म्यासेज नआउने बनाउनुहोस्:


तपाईंले कुनै खास साथीबाट निश्चित समयका लागि म्यासेज नोटिफिकेसन् नआउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तपाई म्यासेज थ्रेड्मा गएर ‘डु नट डिस्टर्व’ मोड अन गर्न सक्नुहुन्छ । अब सो ब्यक्तिले पठाएको म्यासेज नोटिफिकेसन् तपाईको मोबाइल आउने छैन।

  


७. सामूहिक म्यासेजबाट बाहिरिनुहोस्:

ग्रुप एसएमएस एकैपटक धेरै साथीमाझ पुग्नका लागि सजिलो उपाय हो तर कहिलेकाहीं यो दिक्क लाग्दो पनि हुनसक्छ । यदि तपाई यस्तो सामूहिक एसएमएस संजालबाट बाहिरिन चाहनुहुन्छ भने म्यासेज डिटेलमा गएर ‘लिभ कन्भरसेसन्’ अप्सन् छान्नुहोस् ।

  


८. ग्रुप एसएमएसको नामाकरण गर्नुहोस्:


यदि तपाई कुनै खास मानिसहरुसँग साझा बिषयमा सामूहिक छलफल गर्न म्यासेज प्रयोग गरिरहनुभएको छ भने हरेकलाई म्यासेज फरवार्ड र कम्पोज गरिरहनुभन्दा ग्रुपमा पठाउन सजिलो हुन्छ । यस्तो ग्रुपलाई तपाईंले नामाकरण गर्न सक्नुहुन्छ । जस्तो कि कलेजका साथीहरुसँग एउटा ग्रुप, कार्यालय सहकर्मीसँग छलफल गर्न अर्को ग्रुप आदि । ग्रुप नामाकरणका लागि ग्रुपको डिटेलभित्र गएर सवैभन्दा माथि रहेको खाली ठाउँमा ग्रुप नेम राख्न सकिन्छ ।

  

iphone tips 8


९. म्यासेज फरवार्ड गर्नुहोस्:

पहिलोपटक आइफोन प्रयोग गर्नेहरुका लागि सवैभन्दा दिक्क लाग्ने बिषय हो यो। आइफोनमा सजिलैसित म्यासेज फरवार्ड अप्सन नभेटिनु । त्यसका लागि तपाईले इनबक्समा प्राप्त एसएमएस माथि एकछिन प्रेस गर्नुभयो भने ‘मोर’ भन्ने अप्सन देख्नुहुने छ । मोरमा थिचेपछि तपाईको म्यासेजमा ठिक चिन्ह लागेको देखिने छ र त्यसको तलतिर फरवार्ड चिन्ह देख्नुहुनेछ । फरवार्ड चिन्ह थिचेपछि नम्बर टाइप गर्ने अप्सनमा पुग्नुहुनेछ ।

  


१०. तपाईं कहाँकहाँ पुग्नुभयो ? नालीबेली हेर्नुहोस्:


तपाई बिगत एक महिनायता कहाँ कहाँ जानुभयो ? यदि त्यसको जानकारी लिन मन छ भने आइफोनले सवै बताइदिने छ । तर, तपाईंको फोनको लोकेसन सर्भिस भने अन् भएको हुनुपर्छ । यसका लागि सेटिङ अन्तर्गत् प्राइभेसीभित्र लोकसेन सर्भिसमा गई फ्रिक्वेन्ट लोकेसन छनौट गर्नुहोस् र हिस्ट्री सेक्सन् हेर्नुहोस् । अब तपाईले कुन कुन ठाउँमा कतिपटक पुग्नुभयो सबै देख्न सक्नुहुन्छ ।

  


११. फोनको वास्तविक सिग्नल थाहा पाउनुहोस्:


सामान्यतयाः तपाईको फोन स्क्रीनको टपमा देखिने टावरको चिन्ह हेरेर तपाईको फोनमा कति बलियो सिंग्नल छ भन्ने थाहा पाउनुहुन्छ । तर, यस्तो सिग्नल सधै सही नहुन सक्छ । यदि तपाईले सही सिग्नल स्ट्रेन्थ थाहा पाउन मन छ भने फोन डायलरमा गएर एउटा फर्मूला डायल गर्नुपर्छ ।

*3001#12345#* यो नम्बर डायल गरेर कल गर्नुभयो भने एउटा विन्डो खुल्ने छ जहाँ बायाँपट्टी सवैभन्दा माथि तपाईले एउटा अंक देख्नुहुनेछ । अक्सर माइनसबाट सुरु हुने यो अंक माइनस ४० देखि माइनस १३० सम्मको रेन्जमा देखिन्छ । यदि माइनस ४० देख्नुभयो भने त्यो सवैभन्दा बलियो सिंग्नल हो, यदि धेरै अंक वा अधिकमा १३० सम्म देख्नुभयो भने त्यो सवैभन्दा कमजोर सिंग्नल हो ।

  


१२. फोन हल्लाउनुहोस्, म्यासेज सच्याउनुहोस्:


यदि तपाईले कुनै म्यासेज लेखिरहनुभएको छ र त्यो गल्ती भयो भने सच्याउनका लागि सजिलो तरिका छ । फोन हल्लाउनुभयो भने यसले सोध्नेछ तपाईले अन डु अर्थात मेट्न चाहनुहुन्छ भनेर ।

  

१३. ब्याट्रीलाई छिटो चार्ज गर्नुहोस्:

आइफोनमा सामसुङमा जस्तो बुष्ट चार्जर सुबिधा छैन जसले गर्दा सामान्यतयाः अन्य फोनभन्दा आइफोन चार्जका लागि बढि समय लाग्न सक्छ । तर, तपाईले आइफोनलाई एरोप्लेन मोडमा लगेर अर्थात् फोनको सिग्नल अफ गरेर चार्ज गर्नुभयो भने तुलनात्मकरुपमा छिटो फोन चार्ज हुने छ ।

  

१४. भोल्युम् बटनले फोटो खिच्नुहोस्:


आइफोनमा रहेको यो सवैभन्दा आर्कषक फिचर हो जुन तपाईले थाहा नपाउनुभएको हुनसक्छ । ठूलो साइजको आइफोनबाट सेल्फी लिंदा अलिक असजिलो हुनसक्छ फोटो खिच्ने बटन थिच्न । यस्तो अबस्थामा साइडमा रहेको भोल्युम बटन थिचेर पनि सजिलोसित सेल्फी खिच्न सकिन्छ ।

  

१५. एकैपटकमा १० वटा सम्म फोटो खिच्नुहोस्:

सामान्यतया गुडिरहेको बस्तु खिच्दा वा हुलमुलमा खिचेको फोटो बिग्रने डर हुँदा एकैपटक मल्टिपल सट खिच्नुपर्ने हुन्छ । सामान्यतयाः महंगा डीएसएलआर क्यामेरामा मात्र यस्ता सुबिधा उपलब्ध हुन्थे । तर, अब तपाईले आइफोनबाटै एक सेकेण्डमा १० भन्दा बढि तस्वीर खिच्न सक्नुहुन्छ । यसका लागि तपाईले फोटो खिच्ने बटन थिचिराख्नुपर्छ । ब्रस्ट फोटोका रुपमा यी तस्वीरहरु तपाईको मोबाइलमा सेभ हुनेछन् ।

 

-एजेन्सीको सहयोगमा।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s