मुटु रोगमा के खाने के नखाने ? डा. हेमराज कोइराला

मुटुरोग तथा हृदयघातवाट बच्न भोजन व्यवस्थापनको ठूलो महत्व छ। भोजनको मात्रा भोज्य पदार्थको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिका आधारमा हुनु अति आवश्यक छ। विशेषतः सन्तुलित, पौष्टिक, मौसमीय र क्षेत्रीय आहार सेवन गर्नाले मुटुरोग रोकथाम र नियन्त्रणमा ठूलो सेवा पुर्‍याउँछ। मोटामोटी रूपमा मुटुरोगीले निम्न उल्लेखित आहार क्रमलाई अपनाउन सक्छन्।

मुटुरोग तथा हृदयघातवाट बच्न भोजन व्यवस्थापनको ठूलो महत्व छ।

मुटु रोगमा के खाने के नखाने ? (डा. हेमराज कोइराला) >>>>

१. घिउ, नौनी, छाली, बटर र बोसो जस्ता जंगम स्रोतबाट पाइने चिल्लो पदार्थको सेवन गर्नु हुँदैन। खाना पकाउन अत्यन्त कम वनस्पति तेलको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा सूर्यमुखीको तेल अन्यभन्दा उत्तम छन्। शून्य तेल भएको खाना पकाउने चलन अनुसरण गरेर खानु कोरनरी मुटुरोगमा उपयुक्त मानिन्छ।

२. मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ। माछामासुमा पाइने बोसोले कोलेस्टेरोल बढाउँछ। माछामासु छाड्न नसक्नेले खसी, राँगा, बंगुरजस्ता ठूला जनावरका मासु नखाई माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट थोरै मात्रामा खान सक्छन्।

३. नदेखिने चिल्लो पदार्थका स्रोतहरु, बदाम, काजु, नरिवलजस्ता तैलीय फलहरु खानु हुँदैन।

४. तौल ज्यादा भएकाले कम क्यालोरी भएका खाना खानुपर्छ। चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिक र अल्कोहलिक पेयजस्ता क्यालोरीमात्र दिने पदार्थ मुटुको लागी राम्रो होइन।

५. पेटभरी कोचीकोची खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नुपर्छ भने चौथाइ भाग वायु संचरणका लागि छोडिदिनु पर्छ। ठोस भोजन दिनको दुई पटकमात्र होस्। बेलुकाको भोजनमा अन्नको मात्रा जति सक्तो कम होस्। अन्नको सट्टा दाल, तरकारीको झोल, उसिनेको सागसब्जी र तरकारीजस्ता रेसा र चोकरदार खाना खाने गरौँ।

७. खानामा नुनको मात्रा दुईतीन ग्राममात्र होस्। अजिनोमोटो, सोडियमब्ााइकार्बोनेट र सोडियमबेन्जोएटजस्ता बेकिङ पाउडरको प्रयोग मुटुमैत्री होइन। अचार, आलुचिप्स, कुरकुरे, पाँउजस्ता अतिरिक्त लवण राखिएका खाद्यपदार्थले मुटु रोगको जोखिम बढाउँछन्।

८. खानामा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ। सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ। एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ।

/home/wpcom/public_html/wp-content/blogs.dir/6df/35305888/files/2014/12/img_7709.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s