“तिम्रै लागी बाँचीरहेछु …” (एउटा लेख)

एक खिल्ली चुरोटको सर्को संगै सुरु हुने मेरा हरेक दिनहरु आज पनि घाम उदाउनु भन्दा पहिलेनै मेरा आँखाका ढकनीहरु खुलिसकेको छ । वास्तविकता आफ्नो ठाउमा छ र बिगत पनि तर दिउसै अन्धकार देख्ने यी मेरा लाचार आखा हरु अनि तिम्रो याद बाट सुरु हुने मेरा हरेक पाईला हरु भुलेर पनि भुल्न नसकिने तिम्रा ति अजम्बरी माया हरु अनि तिमीले मलाई देखाएका हरेक पाइला हरु हात समाएर चल्न सिकाएका ति बाट हरु अनि त्यो माया त्यो प्रेम त्यो स्नेह भुलेर म कहाँ तिमि संग टाढा बस्न सक्छु र । अझै भनुँ त तिमीले मलाई सिकाएका आदर्शहरु यो जिन्दगि बाँच्नु र बाँचिनु मा फरक छ जस्तो लाग्न थालेको छ मलाई। किनकी बाँच्नु भनेको आफ्नो लागि मात्रै हो भने बाँचिनु भन्नाले – अरु कसैको साहाराको लागि जिउनु भन्ने बुझ्ने गर्दछु ।

“मनमा उज्यालो उज्यालो छैन ताराहरु नउदाउँदा !

जिन्दगि जिन्दगि जस्तो लाग्दैन आखामा निदहरु नआउँदा !!

मेरा मनका याद हरु नफर्कनु यी आखा र मेरो मुटु भित्र!

खुसि खुसि जस्तो लाग्दैन तिम्रो तस्बिर सपनी मा नआउदा !!”

म तिमीलाई कसरी धन्य गरु मसंग कुनै सब्दै नै छैन तेस्को बयान गर्न को लागि अझैभन्नु त तेही सब्द को खोजि मा मा भौतारिरहेको छु| सायद भेट्छु या भेट्दिन त्यो त समय ले नै बताउने छ । माया गर्छु भन्नु र गरेर देखाउनु वा महसुस गरिदिनु मा धेरै फरक हुँदो रहेछ, मलाई माया के हो भनेर सिकाउने र प्रस्ट्याउने तिमि नै मेरो पहिले र अन्तिम ब्यक्ति होउ। लाग्छ कहिले काही यो धर्ति मा म जस्तो अभागी त कोहि छैन तर बास्तबिकता अलि फरक रहेछ मैले मात्रै बुझ्न नसकेको हो कि मलाई नबुझाउने हरु नै त्यस्तै हुन्, मलाई थाहा छैन। तर अझ कता कता अलि भिन्न महसुस् गरि रहको छु आफै भित्र किन कि फलाम ले फलाम नै काट्छ भने झैँ मेरा दुख काट्ने त म जस्ता हजारौको भिड नै रहेछ।  यो दुनिया कति स्वार्थी रहेछ भन्ने बुझ्न सिकिरहेको छु आजभोली र म मात्रै दुखि भन्ने मेरो भ्रम लाई टुक्रा टुक्रा पारिदिएको छ कहिले नजोडिने गरि यो स्वार्थी समाजले ……………………………

हिजो मेरा साना साना खुसीलाई बटुलेर आफुलाई यो स्वार्थी दुनियाको सबै भन्दा भाग्यमानि सम्झने तिमि आज आफ्नै दु:ख सुनाउने कोहि छैन तिम्रो सामु ! मेरा लागि संघर्ष गर्दा गर्दै तिमीले आफ्ना चोटहरु भुलाउने तिमि घाँस दाउरा अनि बन पाखामा चिनाउन काँधमा राखेर डुलाउने तिमि कहाँ छौ, के गर्दै छौ, कि अझै पनि तेही पाखामा रुँदै छौ कि मेरै यादमा !!!!!!!!!!!!!!! कि छोरा कति बेला साँझमा घर आउँछ र अनि संगै खाना खाने आसमा मलाई नै पर्खदै छौ …….. हो मलाई थाहा छ पक्कै तिमि त्यो दिनहरुको प्रतिक्षा मा बसिरहेकी छौ तर अब कुनै अर्थ नै रहेन।  हिजो मेरा साना सफलता लाई तिमि आँफैले सगरमाथा चुमेको मान्ने तिमी मेरो लागि लड्दा लड्दै तिम्रो उमेरले नेटो काटी सक्यो । तिमीले मलाई दिएका हर खुसि को ऋण् कसरी तिर्नु म तिमीलाई मेरी आमा………………………। 

हिजो म सानो छँदा मलाई चोट् लाग्छ कि भनेर पिठ्यूमा घाँसको भारी संगै औंलाको साहारामा हिड्न सिकाएकी तिमीले हिड्दा हिड्दै मत तिमीलाई नै बिच बाटो छोडी कता हराए कता पत्तै भएन मलाई, साएद फेरी त्यो हात को औँला समाउनको लागि अब मैले अर्को जुनी लिनै पर्छ । जहीले पनि मा तिमीसंगै छु जस्तो लाग्छ तर जे होस् तिम्रो हात समाएर बन मा जादा सिकाएका ति कुरा हरु जिबन को अन्तिम घडीसम्म पनि भुल्ने छैन। तिम्रो एउटा बाबु प्यारो आवाज मेरो जिबन को कोसे ढुंगा साबित हुनेछ र तिमीले चाहेको पनि त तेही हो नि हैनर ? साएद तिम्रो बारेमा म जाबाले के नै लेख्न सक्छु र, दुनियाका ठुला साहित्यकार ले पनि आमा को बारेमा लेखेर सकाउन सक्दैनन् ।  यसको मतलब यो होइन कि मैले बालकृष्ण सम् र लक्ष्मी प्रसाद देवकोटा अनि रविन्द्रनाथ टैगोर सँग मैले आँफुलाई दाँज्न खोजेको हु । बिगतमा तिमि ले मलाई खुसिका सारा पलहरु मलाई दिने प्रयास गरेउ । तर आज तिम्रो उमेरले नेटो काट्यो आज तिमीलाई मेरो साहाराको जरुरत छः मलाई थाहा छ तर म लाचार छु किनकी म तिमि संगै हुन पाउँदिन र तिम्रो तिनै आशा हरु पुरा गर्ने सपना बोकेर आज यो मरुभूमि मा बाँचिरहेको छु।  मुस्किलले केवल तिम्रै लागि तिम्रो निस्वार्थी मायाको गुन तिर्ने आशमा दुनियाले जेसुकै भनुस् मैले तिमी संग गरेका ब्यवहारहरु मा तर मलाई एउटा कुरा मात्रै थाहा छ केवल बचिरहेको छु तिम्रै लागि अनि संघर्स गर्दै छु तिम्रो लागि नै केवल मेरी आमा तिम्रो लागि नै । साँच्चिकै भनौं त मैले पनि तिम्रो खुसि को लागि नसोंचेको भन्न मिल्दैन हिजो म घरबाट हिड्दा को दिन अझै ताजा नै छ मेरो मनमा तिम्रा ति आँसुहरु पनि नचाहँदा नचाहँदै पनि आफ्नो जन्म भुमि छोडेर अरु जस्तै मा पनि पर्देशी भएको छु । आमा म सबै कुरा सहन सक्छु तर तिम्रो आखामा आँसु र तिम्रो दुख म कसरि हेरेर बस्न सक्छु। हिजो म सानो छँदा मलाई ताते ताते गर्दै हिड्न सिकाएउ, बोल्न सिकाएउ, आँफु सधैं अन्धकारमा बसी मलाई उज्यालोमा राख्ने तिमी आमा देवी हौ।  समय र परिस्थिति ले मानिसलाई कहाँ बाट कहाँ पुराउँदो रहेछ।  सात समुन्द्र परि यो मरुभूमि मा तड्पीरहेको छु, केवल तिम्रो लागि यसैगरि आशीर्वाद् दिँदै जानु म जिबन का हरेक दुख र कठिनाई संग लड्दै जाने छु | तिम्रो माया स्नेह एक तिर छ जिबनको बाटो बिपरित तिर गईसकेको जिन्दगीको वहाव् ले मलाई आज फेरी म को हो भन्ने मेरो औकात चिनाउने प्रयास मा जुटिरहेको छ । समाज ले मलाई हेर्ने नजर अलि भिन्न छ त्यो म आँफैलाई थाहा छ अनि मेरो सबै नातेदारहरुले पनि आमा मलाई अरु कोहि चाँहिदैन केवल तिम्रो माया भए पुग्छ सधै भरि येसरी नै मलाई माया गरि रहनु अनि सबैले जे सुकै भनुन तर तिमि मलाई बुज्ने छौ भन्छन कमाई नभएपछी त स्वास्नी ले लोग्ने भन्न लाज मान्छन् रे, आजभोली बुवा लाई छोरा, दिदिलाई भाई, बहिनि लाई मेरो दाई भन्न दहकस लाग्छरे। आजभोली: नारी का अनेकौ रुप हुन्छन रे शिव जी ले नि बुझ्नु भएन रे पार्वती लाई तर मैले मेरी आमा तिमि लाई बुझ्न सक्छु किन तिमि मेरी आमा हौ। तिम्रै लागि तिम्रो ओँठमा एउटा सानो मुस्कान दिने प्रण गरेर हिँडेको म अहिले सम्ममा जस्ताको त्यस्तै नै छु। सुख न रहेछ आमा पसिना र रगत संग तिम्रो त्यो ओंठमा हाँसो छर्ने सपना पुरा गर्न को लागि, एउटा तिम्रो मुस्कान देख्ने चाहाना देखेको म जस्ता हजारौँ हरु, म जस्तै रुँदैछन् आमा यो खाडी परदेशमा तिम्रो हाँसो संग मैले धेरै कुरा हरु साटिसकेको छु । अनि हरेक दिन हरु जस्तै बिहान सुर्य उदाउने आशमा राति परेझैँ ओझेल पर्दछु अनि सदाझैँ तिमि संग कुरा गर्ने तमन्ना जाग्छ अनि फोन गर्छु अनि तिमि पनि सधै झैँ बाबु कस्तो तिमीलाई खाना खाएउ भनेर सोध्छौ अनि मैले पनि सधै झैँ भन्छु – भो भनेर, तर वास्तविकता फरक छ मेरी आमा यता म बिहानै उठेर काममा जानु पर्छ आँखा मिच्दै अनि दिउसो को खाडी त्यो घाम अनि संगै चल्ने त्यो बालुवाको छारो संगै त्यो बतास मा कसरि भनु म तिमीलाई म कसरि तिम्रो खुसि साट्दै छु मेरो जिन्दगि सँग भनेर मलाई थाहा छ यो सबै तिमीले थाहा पायौ भने तिमि मेरो जिन्दगि संग तिम्रो खुसि साट्न दिने छैनौ । पलपल मा मर्दैछु म यहाँ केवल तिम्रो लागि म एक्लो छु तिमि बिना ठेस लाग्दा आमा भन्नु को बिकल्प छैन यहाँ उठाउने को त कुरा नै नगर मिल्छ भने अझै चोट बढाई दिनेहरुको जमात नै भेट्न सकिन्छ यहाँ यो दुनिया स्वार्थी छ सबैले बलेकै आगो ताप्दा रहेछन। ओरालो लागेको मृग लाई बाच्छाले नि लखेट्दा रहेछन् । जिन्दगिले आजसम्म धेरै नै दिईसकेको छ कहिले काही त लाग्छ फुलेको फुल पनि मलाई नै हेरेर जिस्काइरहेको छ मेरो यो लाचार जिन्दगीलाई देखेर तर कहिले काही त तिमीलाई नै गाली गर्न मन लाग्छ तर म आफैलाई थाहा छ मैले तिमीलाई दोस् दिनुको कुनै अधिकार छैन जस्तो लाग्छ । न त म मर्ननै सक्छु न त बाँचेर तिम्रो बुढेसकालको साहारा बन्न सक्छु जस्तो लाग्दैन मलाई । तर जिन्दगिको अन्तिम सास् सम्म पनि तिम्रो ओंठमा हाँसो छाउनको लागि म लड्ने छु । जुन दिन तिम्रो दुखलाई मेरो पसिना र रगत संग साटेर तिम्रो खुसि फर्काउन सक्नेछु अनि पक्कै तिम्रो चरन स्पर्षको लागि आउनेछु सायद त्यो दिन मेरो जिन्दगि को अन्तिम दिन किन नहोस ।

तिम्रो पर्देशी छोरा ………………… । अलबिदा……………………… ।

(लेखक – के. पी. अधिकारी)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s