आईओएसको लागी पनि अब ‘माइक्रोसफ्ट अफिस’ आएको छ है !

20140411-101717 pm.jpg

साधारणतया ट्याब्लेट्भन्दा झट्ट दिमागमा के आउँछ ? आइप्याड ? जरुरी छैन कि आइप्याड नै हुनुपर्छ, तर कतिपय प्रयोगकर्ताका लागि आइप्याड ट्याब्लेटको पर्यायवाची शब्द नै हुन सक्छ । आइप्याडको बजार हिस्सा राम्रै छ । तर, विशेष आइप्याड भन्दा पनि आईओएस अर्थात् एप्पलको मोबाइल अपरेटिङ सिस्टमको कुरा गरौं । लोकपि्रय र सुविधायुक्त भए पनि कहीँ कतै आईओएस अपूरो लाग्ने गर्छ । केही अभाव खड्किने गर्छ । त्यो हो अफिस सिस्टमको ।

एप्पलले आफ्नो मोबाइल तथा डेस्कटप ओएस प्रयोगकर्ताहरूलाई ध्यानमा राखी माइक्रोसफ्ट अफिस जस्तै ‘आइवर्कस्’ अगाडि सारेको छ । आइवर्कस्मा ‘माइक्रोसफ्ट वर्ड’ लेे जस्तो ‘वर्ड प्रोसेसिङ’ ‘पेजेज’ बाट गर्न सकिन्छ भने अफिसका अन्य एप्लिकेसनहरूजस्तै सुविधायुक्त एप्लिकेसनहरू पनि उपलब्ध छन् । डेस्कटप ओएसका लागि त माइक्रोसफ्ट अफिस पहिलेदेखि नै उपलब्ध छ । तैपनि एप्पल प्रयोगकर्ताहरू एप्पलकै आइवर्कस्भन्दा अफिसको प्रयोगलाई नै बढी प्राथमिकता दिन्छन् । यस्तैमा एप्पल फ्यान प्रयोगकर्ताहरू आईओएसमा पनि अफिस चाहन्छन् । आईओएसमा अफिस कहिले आउँछ भन्नेहरूका लाागि प्रतीक्षाको घडी सकिएको छ । हालै माइक्रोसफ्टले आईओएसका अफिसलाई सार्वजनिक गरिसकेको छ ।

सामान्य उपभोक्तामाझ को बढी प्रभावकारी हुने भन्ने कुरामा माइक्रोसफ्ट र एप्पलबीच प्रतिस्पर्धा नै चल्ने गर्छ । कहिले एप्पलले बाजी मार्ने गरेको छ भने कहिले माइक्रोसफ्टले । अफिस यस्तै माइक्रोसफ्टले मारेको एउटा बाजी हो । माइक्रोसफ्ट अफिस एउटा यस्तो प्रभावकारी सफ्टवेयर सावित भएको छ कि कम्प्युटर सिक्ने कुरा उठ्नेबित्तिकै माइक्रोसफ्ट वर्ड, एक्सेल सिक्ने गरिन्छ । सन् १९८० को दशकमा एप्पलले प्रयोगकर्तामाझ किफायती ‘ग्राफिकल युजर इन्टरफेस’ को ‘पर्सनल कम्प्युटर (पीसी)’लाई अगाडि सार्‍यो । तर, ती एप्पल पीसीमा वर्ड, नम्बर प्रोसेसिङ गर्ने अफिस नभएको भए प्रविधिलाई आत्मसात् गरिँदैनथ्यो होला ।

बिल गेट्सले माइक्रोसफ्टलाई एउटा उचाइमा पुर्‍याएर स्तिभ बाल्भरको काँधमा छोडे तर स्टिभ बाल्भर माइक्रोसफ्ट डोर्‍याउने जिम्मा सत्या नाडेलालाई सुम्पिसकेका छन् । एप्पल मोबाइल ओएसमा माइक्रोसफ्ट अफिस माइक्रोसफ्ट सम्हालेपछि नाडेलाले चालेको ठूलो कदम हो । माइक्रोसफ्टको पछिल्लो पीसी ओएस विन्डोज ८.१ ले अघिल्लो पीसी ओएसहरूले जस्तो सकारात्मक प्रतिक्रिया पाएन । न त विन्डोज ८.१ लाई निःशुल्क बनाएरै भए पनि प्रयोगकर्ताहरूको संख्या बढाउने प्रयास पनि खेर गएजस्तै भएको छ ।

सायद नाडेलाले पनि बुझेको हुनुपर्छ अब माइक्रोसफ्टको साखलाई जोगाउन प्रयोगकर्ताहरूको ध्यानलाई मोड्नु नै उपयुक्त हुनेछ । माइक्रोसफ्ट अफिसभन्दा प्रभावकारी अरू के हुन सक्छ ? प्रयोगकर्ताहरू बढी मोबाइल डिभाइसमै आकषिर्त भइरहेका छन् । अनि मोबाइल डिभाइसमा एप्पलको बजार हिस्सा उल्लेखनीय छ । माइक्रोसफ्ट अफिस एप्पल मोबाइल डिभाइसको मतलब प्रयोगकर्ताहरूको ध्यानलाई एकछिन मोड्न सकिनेछ । माइक्रोसफ्ट अफिसको मज्जा आईओएसमा पनि लिन सकिन्छ, त्यो पनि निःशुल्क ।

अब माइक्रोसफ्ट वर्ड, एक्सेल र पावरप्वाइन्टमा बनाइएका फाइललाई आईओएसमा सजिलै खोल्न सकिनेछ । आईओएसमा अफिसको मज्जा निःशुल्क रूपमा माइक्रोसफ्ट अफिसमा बनाइएका फाइल पढ्नका लागि मात्र प्रयोग गर्न सकिनेछ । यदि नयाँ फाइल बनाउनुपरेमा वा विद्यमान फाइलमा केही थप्न, परिमार्जन गर्न भने ‘अफिस ३६५’ को सदस्यता लिनुपर्छ जसका लागि शुल्क तिर्नुपर्छ । अफिस ३६५ को सदस्यता लिएपछि ‘वनड्राइभ’ मा २० जीबी ‘स्टोरेज’ निःशुल्क पाइन्छ । अफिस ३६५ को सदस्यता शुल्क भने कति वटा डिभाइसमा चलाउने हो त्यसअनुसार फरक पर्छ ।

माइक्रोसफ्ट अफिस, प्रयोगकर्ताहरूले निकै नै रुचाइएको माइक्रोसफ्ट प्रोडक्ट हो । जुन कुरा आईओएसमा भएको अफिसको डाउनलोड संख्याले बताउँछ । सार्वजनिक भएको छोटो समयमै लाखौंको संख्यामा ‘माइक्रोसफ्ट अफिस मोबाइल’ डाउनलोड भइसकेको छ तर कतिको संख्यामा अफिस ३६५ मा सदस्यता बढेका छन् भन्ने तथ्यलाई माइक्रोसफ्टले सार्वजनिक गरेको छैन । क्लाउडमा आधारित अफिस ३६५ को सदस्यता बढाउन हालै आईओएसमा सार्वजनिक भएको अफिस मोबाइलले पक्कै मद्दत गर्नेछ ।

नाडेलाको यो कदमलाई एप्पलका सीईओ टिम कुकले पनि स्वागत गरेका छन् । नाडेलाले प्रयोकर्ताहरूको ध्यानलाई मोड्नुको साथसाथै आईओएसमा सुविधा थपेर प्रयोगकर्ताहरूलाई माइक्रोसफ्टसँग जोडिइराख्ने काम गरेका छन् ।

** आइओएसमा ‘माइक्रोसफ्ट अफिस्’ राख्न यहाँ क्लिक् गर्नुहोस् ।

** आइओएसमा ‘अफिस् ३६५ एडमिन्’ राख्न यहाँ क्लिक गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s