नेपालीको सुख दुःखमा साथ दिँदै सेवा दिने छौं : वाणिज्यदुत हमाल

बाबुराम भुषाल, लिस्वन् ।
लिस्वन का लागि अवैतनिक बाणिज्यदुत मकरवहादुर हमालले नेपालीहरुको सुख दुःखमा साथ दिँदै सुलभ तरिकाले कन्सुलर सेवा दिने बताएका छन् ।

20140409-094025 am.jpg

बाणिज्यदुत हमाललाई पोर्चुगलको आप्रवासी सम्वन्धि निकायबाट चाडै नै कार्य सञ्चालनका लागि केही सुचनाहरु प्राप्त भएकाले पोर्चुगलस्थित नेपाली संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु संगको भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन ।

मंगलबार लिस्बोनस्थित कन्सुलरको कार्यालयमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा उपस्थित संघ सस्थाहरुका प्रतिनिधिहरुलाई धन्यवाद दिँदै हमालले भने; हामी पोर्चुगलमा बस्ने नेपालीहरुले धेरै पहिलाबाट नै लिस्वनमा कुटनैतिक निकायको आवश्यकता महसुस गरेका थियौ । हामी नेपालीहरु नेपालीको दुःख सुखमा हातेमालो गर्दै जानुपर्छ ।

कन्सुलरद्धारा कसरी सर्व सुलभ र सहज तरिकाबाट सेवा दिने भन्ने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा गैहृ आवासिय नेपाली संघका अध्यक्ष रमेशकुमार गुरुङ लगायत विभिन्न सस्थाका प्रतिनिधि, व्यवसायी एवं पत्रकारहरुले शुभकामना दिँदै आफ्ना जिज्ञासाहरु राखेका थिए ।

अनौपचारिक रुपमा सम्पन्न कार्यक्रमको अन्तमा हमालले; धेरै पहिले देखि सुरु भएको यो प्रकृयामा ढिला भएकोले लिस्वनमा कन्सुलर सेवा नहुनु आफुलाई पनि धेरै दुःख लागेको बताए ।

20140409-094221 am.jpg

20140409-094240 am.jpg

20140409-094251 am.jpg

(स्रोत्: नेपालपोर्तुगलडट्कम्)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s