‘विन्डोज ८’ सित्तैमा कहाँबाट ‘डाउनलोड’ गर्ने ?

विन्डोज’का पुराना ‘भर्सन’हरु जस्तै ‘विन्डोज एक्सपी’, ‘विन्डोज भिस्टा’ वा ‘विन्डोज ७’ चलाउँनेहरुले यो जनवरी महिना भर ३९.९९ डलर (करिब ३५ सय रुपैयाँ) मा सजिलै नयाँ ‘विन्डोज ८ प्रो’ सस्करणमा अपग्रेड गर्न सकिन्छ । त्यसपछि सायद माइक्रोसफ्टले यसको मुल्य बढाउँने छ । सामान्यतया नेपालमा सफ्टवेयरहरु किनेर चलाइदैनन् ।

20140403-062329 pm.jpg

एक त सफ्टवेयरहरु कम्पनीले दिएको दाममा पाउँन सजिलो छैन भने अर्को अनलाइन खरिद गर्नका लागि हामीसँग भिसा कार्ड वा मास्टर कार्ड छैनन् । यसैले नयाँ आएका यस्ता उत्पादन तथा सफ्टवेयरहरु एक पटक ‘टेस्ट’ गर्छु र राम्रो लागे किन्छु भन्न गाह्रो छ । तर अहिले सबैले फरक र सजिलो भन्ने गरेको ‘विन्डोज ८’ मा भने आफैले प्रयोग गरेर ‘चेक’ गर्ने सुविधा दिइएको छ । तपाईले कत्ति पनि पैसा नतिरी ट्राइ गर्न सक्नुहुनेछ ।

माइक्रोसफ्टले सुरुमा ‘विन्डोज ८’ को ‘अन्तिम भर्सन’ नआउन्जेलका लागि भनेर ‘चेक’ गर्न ‘प्रिभ्यु भर्सन’ सित्तैमा डाउनलोड गर्न दिएको थियो । तर ‘विन्डोज ८’ को ‘अन्तिम भर्सन’ बजारमा ल्याइसकेको कारण ‘प्रिभ्यु भर्सन डाउनलोड’ गर्न दिइएको सुविधा हटाइसकेको छ । अब तपाईले ‘विन्डोज ८’ आफ्नै कम्प्युटरमा राखेर ‘ट्राइ’ गर्ने हो भने माइक्रोसफ्टबाट ९० दिनका लागि पाइने ‘ट्रायल भर्सन’ चलाउँनु पर्ने हुन्छ ।

यसमा ‘विन्डोज ८’ मा भएका सबै विशेषताहरु रहेका हुन्छन् । फरक कति हुन्छ भने ९० दिन पछाडि तपाईले यसलाई कम्प्युटरबाट हटाउँनै पर्ने हुन्छ । पैसा तिरेर यसलाई नै ‘प्रो भर्सन’मा ‘अपग्रेड’ गराउँछु भन्दा पनि तपाईले पाउँनु हुने छैन । तर ९० दिनसम्म भने ढुक्कले यो चलाउँन पाउँनु हुनेछ ।

परिक्षण गर्नका लागि ‘विन्डोज ८ डाउनलोड’ गर्न तलको लिंकमा क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजलाई ‘स्क्रोल’ गरेर सबैभन्दा मुनिबाट डाउनलोड गर्नुहोस् ।
विन्डोज ८ को परिक्षण भर्सन डाउनलोड गर्न यहाँ क्लिक् गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s