जीमेल प्रयोगका यी ९ गलत तरिका, तुरुन्तै सच्चाउनुहोस्

20140401-113630 am.jpg
बिश्वको सवैभन्दा लोकप्रिय इमेल सेवा प्रदायक ‘गुगल मेल’ नेपाली प्रयोगकर्ताको पनि पहिलो रोजाई पर्छ ।
जीमेल खाता खोलेसँगै हामीलाई जीमले चलाउने हतारो भइहाल्छ । जीमेलले पठाएका सुरुवाती जानकारीमूलक इमेल पढ्ने धैर्यता पनि गर्दैनौं । जसले गर्दा हामी जीमेल चलाउने आधारभूत नियमको पनि पालना गरिरहेका हुँदैनौं । परिणामतः छरितो र भरपर्दो जीमेल सेवा लिन सकिरहेका हुँदैनौं ।
जीमेल चलाउँदा गर्नै नहुने केही यस्ता कुराहरु छन जो तपाई हामीले हरेक पल त्यही गल्ती दोहोर्याइरहेका हुन्छौं ।
आउनुहोस् आज हामी तपाईलाई ९ वटा यस्ता गर्ने नहुने कामको बारेमा जानकारी दिदैछौं >>>>>

१. कामै नलाग्ने हजारौ ‘ड्राफ्ट’को भारी:

जीमेलमा कम्पोज बटन थिच्नासाथ हरेकपटक नयाँ ‘ड्राफ्ट’ सिर्जना हुन्छ । पठाउन खोज्दाखोज्दै बिचमै रोकिएका इमेलहरु त स्वभाविकरुपमा ड्राफ्टमा बस्छन नै, आफुले आफैलाई सम्झाउनका लागि ड्राफ्टमा राखिएका रिमाइन्डरहरु र महत्वपूर्ण दस्तावेजहरु हामी ड्राफ्टमै राख्छौं ।
यसले गर्दा तपाईको जीमेलमा यस्ता हजारौं ड्राफ्टहरु तपाईले थाहा नपाउने गरि सेभ भइरहेका हुन्छन जो वास्तवमै महत्वपूर्ण हुँदैनन् । त्यसमध्ये आधाउधी त खाली इमेल वा पठाइसकेका इमेलको प्रारम्भिक ड्राफ्टमात्र हुन्छन् । यस्ता ड्राफ्टलाई झटपट छानी–छानी डिलिट गर्नुको बिकल्प छैन् ।

२. इनबक्स सून्य बनाउन इमेल डिलिट:

धेरै मानिसहरु आफ्नो इनबक्समा धेरै इमेलको सूची भएको मन पराउँदैनन र पढिसकेका सवैजसो इमेल डिलिट गर्छन् । अहिलेको जमानामा इमेल सम्बाद आफ्नो दैनिक कामको सवैभन्दा ठूलो भण्डारण र इतिहास हो । महत्वपूर्ण इमेलहरु भण्डारण गर्नु पछिसम्मका लागि उपयोगी हुनसक्छ ।

३. सवै इमेललाई मार्क रिड गर्नु:

जीमेलमा कुनैपनि इमेललाई मार्क एज रिड गर्ने अप्सन हुन्छ । इनबक्समा अनरिड मेलको संख्या सून्य बनाउन धेरै प्रयोगकर्ताले हत्तपत्त इमेललाई मार्क एज रिड गरिदिन्छन तर वास्तवमै त्यस्ता इमेल उनीहरुले पढेका भने हुँदैनन् । पछि सम्झिइहालिन्छ नी भनेर मार्क एज रिड गरेपनि उनीहरु त्यस्ता इमेल सधैका लागि बिर्सन्छन जुन निजी तथा ब्यबसायिक जीवनका लागि घातक हुनसक्छ ।

४. सयौं अनरिड मेलको चाङ:

इमलेको कुसल प्रयोगका लागि प्राप्त सवैजसो इमेल खोलेर पढ्ने र अनाबश्यक इमेललाई डिलिट गर्नु नै सवैभन्दा उत्तम हो । अर्थात तपाईको इनबक्समा अनरिड इमेलको संख्या हरदम सून्य बनाराख्नुपर्छ । तर, धेरै प्रयोगकर्ताहरु आफुलाई अनाबश्यकजस्तो लाग्ने इमेल खोल्दै नखोली अनरिडमै राखिदिन्छन । जसले गर्दा अनरिड मेल सयौं र हजारौंको संख्यामा थुप्रिएका हुन्छन् । यसले गर्दा कुनै महत्वपूर्ण इमेल आएको तत्कालै नोटिस गर्न र कार्यन्वयन गर्न असमर्थ हुनुहुन्छ ।

५. आफुले आफैंलाई इमेल पठाउने दुःख:

पहिले पहिले मानिसहरु केही कुरा सम्झिराख्नुपर्यो, वा रेकर्डमा राख्नुपर्यो भने आफुले आफैंलाई इमेल गर्ने बिधि उपयोग गर्दथे । तर, पछिल्लो समयमा सवैजसो इमेल सेवा प्रदायकले अनलाइन स्टोरेज ड्राइभको ब्यबस्था गरेका छन् । जसले गर्दा अब तपाईले आफुले आफैलाई इमेल गरिराख्नु पर्दैन, तपाई निःशुल्क स्टोरेज ड्राइभभित्र आफुलाई चाहिने डकुमेन्ट वा लिंकहरु सेभ गरेर राख्न सक्नुहुन्छ ।

६. लेभल, सबलेभल र फोल्डरको भारी:

इमेलमा लेभल, सवलेभल र फोल्डर बनाउँदा तपाईले इमेल ब्यबस्थित हुन सक्छ । तर, यसको जथाभावी प्रयोगले तपाईलाई कन्फ्युज बनाउन सक्छ । त्यसैले लेभल र फोल्डर बनाउँदा निरन्तर प्रयोग भइरहने र सिमितमात्र सिर्जना गर्नुहोस् ।

७. रिप्लाई र रिप्लाई अलवीच भद्रगोल:

तपाईलाई आएका इमेलको प्रकृतिअनुसार कहिले इमेल पठाउने मात्रैलाई त कहिले इमेल पाउनेहरुलाई पनि जवाफ लेख्नुपर्ने हुन्छ । प्रेषक मात्रलाई पठाउने हो भने रिप्लाई र प्रेषकसहित इमेल पाउने अन्य सदस्यलाई पनि पठाउने हो रिप्लाई अल थिच्नुपर्छ । तर, यसको बिश्लेषण नगरि धेरै जसोले रिप्लाई र रिप्लाई अल बटनको मनलाग्दी प्रयोग गर्छन् । जसले गर्दा प्रेषकलाई पठाउनुपर्ने जवाफ अन्य इमेल प्राप्तकर्ताकहाँ पनि पुगिरहेको हुन्छ भने कतिपय समूहमा छलफल गर्नुपर्ने इमेलको जवाफ प्रेषकलाई मात्र गरिरहेको हुन्छ ।

८. स्क्रिनभरि झिलिमिली च्याटबक्स:

जीमेलमा तपाई प्रयोगकर्तासंग सिधै च्याट पनि गर्न सक्नुहुन्छ । तर, यो सुबिधाको बढि प्रयोगकले तपाईको उत्पादकत्व घटाइरहेको हुन्छ । एकैपटक धेरैजनासँग च्याटमा झुण्डिदा स्क्रिनभरि च्याटबक्स हुन्छन् । यसले तपाईलाई इमेल पढ्ने, जवाफ लेख्ने लगायतका प्रकृयामा पनि अबरोध गरिरहेको हुन्छ ।

९. पुरानै इमेल सब्जेक्ट:

तपाईले कसैलाई इमेल पठाउँदै हुनुहुन्छ भने त्यसको बिषयमा तपाईले के उल्लेख गर्नुभएको छ भन्ने कुराले तपाईको इमेल कति रुचीपूर्वक पढिन्छ भन्ने निर्धारण गर्छ । प्रयोगकर्ताहरु अक्सर बिषय उल्लेख नै नगर्ने, उल्लेख गरेपनि नमस्कार, हेल्लो जस्ता साझा र औसत बिषय उल्लेख गर्छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s