एउटा जिमेल एकाउन्टबाट हजारौँ इमेल आईडि बनाउने उपाए । (Trick To Use Multiple Email IDs For Single Gmail Account)

20140331-042645 pm.jpg

Gmail मा एकपटक Sign Up गर्दा कतिओटा जिमेल आईडि पाईन्छ ?
एउटा ? ………. दुईओटा ? ………. दशओटा ? ………. सयओटा ? ………. वा हजारओटा ? ………. कि यो भन्दा पनि धेरै ??

पक्कै पनि तपाईहामीमध्ये प्राय: सबैले दिने जवाफ हुन्छ – एउटा ! तर तपाईहरुलाई सुन्दा अचम्म लाग्छ होला, एउटा जिमेल एकाउन्ट बनाईसकेपछि हामिले लाखौँ , करोडौँ ईमेल आईडि पाँउछौँ । तर कसरी पाईन्छ त ? आउनुस यसबारे तीनओटा महत्वपूर्ण जानकारी लिईराखौँ ।

१. Gmail ले “.” (dot) लाई गन्दैन ।
तपाईको जिमेल आईडि को बिचमा “.” (dot) छ भने जिमेलले यसलाई गन्दैन ।
जस्तै: तपाईको ओरिजिनल जिमेल आईडि ntcncell@gmail.com छ भने तल दिईएका र ति जस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
n.tcncell@gmail.com
nt.cncell@gmail.com
ntc.ncell@gmail.com
ntcn.cell@gmail.com
ntcnc.ell@gmail.com
ntcnce.ll@gmail.com
ntcncel.l@gmail.com
n.tcncel.l@gmail.com
nt.cncel.l@gmail.com
आदि ईत्यादि !
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (ntcncell@gmail.com) को ईनबक्समा आईपुग्छन ।

२. gmail.com र googlemail.com एउटै हुन् ।
मानौँ तपाइको जिमेल आईडि ntcncell@gmail.com छ भने ntcncell@googlemail.com लाई पनि तपाईले आफ्नो ईमेल आईडिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

३. Gmail ले ‘+’ (plus) पछाडिका अक्षरहरुलाई गन्दैन ।
Gmail ले ‘+’ पछाडिका कुनै पनि अक्षरहरुलाई गन्दैन । त्यसैले, तपाईको जिमेल आईडि ntcncell@gmail.com छ भने तल दिईएका र तिजस्ता सबै आईडिहरु तपाईकै हुन्छन् ।
ntcncell+abcd@gmail.com
ntcncell+apple@gmail.com
ntcncell+facebook@gmail.com
ntcncell+123@gmail.com
ntcncell+contact@gmail.com
ntcncell+nepal@gmail.com
ntcncell+admin@gmail.com
ntcncell+tricks@gmail.com
ntcncell+friend@gmail.com
अनि जतिपनि ईमेलहरु माथिका जस्ता ईमेल आइडिमा पठाईन्छन ति सबै तपाईको ओरिजिनल आईडि (ntcncell@gmail.com)को ईनबक्समा आईपुग्छन ।

उपयोगिता :
जिमेलले नगनेतापनि अरु धेरै साईटले ‘.’ , ‘+’ आदिलाई मान्यता दिनेहुदाँ जिमेलका यि फिचरहरुको प्रयोग गरेर हामीले एउटै ईमेल आईडिबाट कुनै पनि साईटमा एकभन्दा धेरै एकाउन्टहरु बनाउन सक्छौँ । यो नै यसको सबैभन्दा महत्वपूर्ण फाईदाको कुरा हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s