तपाईको कम्प्युटर कसले कतिखेर प्रयोग गर्यो ? थाहा पाउनुहोस् सजिलै

मेरो कम्प्युटर वा ल्यापटप पछिल्लोपटक कहिले प्रयोग भयो ? सम्भवत यो सबैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकि अहिलेको जमानामा कम्प्युटर नै एउटा व्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।

त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात् र सूचनाहरु राखिएका हुन्छन्, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । व्यक्तिगत कम्प्युटर उसको पर्स्् भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।

20140329-114652 am.jpg
त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग गर्यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।

यदि तपाईको घरमा केटाकेटीहरु छन् र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।

त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राविधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।

कसरी थाहा पाउने ?

सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।

वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।

20140329-114814 am.jpg
प्रबिधिसँग जानकार मानिसले यी माथिका बिधिलाई सजिलै छलेर तपाईको कम्प्युटर प्रयोग गर्न सक्छ ।

त्यसैले तपाईले Windows Log बिधि प्रयोग गरेर पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग गरियो भन्ने जानकारी लिन सक्नुहुन्छ ।

यसका लागि विन्डोज ८ मा Event Viewer अप्सन हुन्छ । सोमार्फत् तपाईले विन्डोज लग एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज ७ र विन्डोज एक्सपीमा Control Panel मार्फत् Administrative Tools> Computer Management> र Event Viewer हुँदै अगाडी बढेर Windows Log फोल्डर खोल्नुहोस् ।

windows-log-screen-shot त्यहाँ Security लग र Application लग गरि दुईवटा अप्सन छन् । सेक्युरिटी लगमार्फत् तपाईको कम्प्युटरमा कतिखेर पछिल्लोपटक नयाँ युजरले एक्सेस गर्ने कोसिस गर्यो भन्ने सूचना हुने छ भने एप्लिेकसन लगमा पछिल्लोपटक कतिबजे कम्प्युटर रिबुट भयो र कुन कुन एप्लिकेसन प्रयोग भयो भन्ने जानकारी दिने छ । यसबाट तपाईले आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो थाहा पाउनुहुनेछ । आफ्नो अनुपस्थितिमा प्रयोग भएको अबस्थामा आफ्ना महत्वपूर्ण सूचनामाथि पुहँच पुर्याइयो कि भनेर सचेत हुन सजिलो हुने छ ।

यदि तपाईसँग पनी कुनै नयाँ सहज् तरिका छन् भने कृपया प्रतिक्रियामार्फत् जानकारी गराई सहयोग् गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s