Install & Update Multiple apps/Software at Once. एक-एक गरी खोजी खोजी सफ्टवेयर् डाउनलोड र ईन्स्टल् गरी-गरी थाक्नु भो?

नयाँ कम्प्युटर किन्नु भएको छ ? अथवा कम्पुटरलाई भर्खर फर्म्याट गर्नु भएको छ ? यतिखेर तपाइको कम्प्युटरमा कुनै पनि सफ्टवेयर इन्स्टल भएको छैन होला | तपाईंलाई मिडिया प्लेयर, फोटो भ्युयर, ब्राउजर, सेक्युरिटी सफ्टवेयर, अफिस प्याकेज जस्ता आवस्यक सफ्टवेयरहरु इन्स्टल गर्नुपर्ने हुन्छ ।

अब तपाई के गर्नु हुन्छ ?

ति प्रत्येक सफ्टवेयरहरुको इन्स्टलर फाईल भेला गर्नुहुन्छ होला वा तपाई संग तत्काल नभएका सफ्टवेयरहरु डाउनलोड गर्नु हुन्छ होला | अनि एक एक गरि इन्स्टल गर्दै जानु हुन्छ होला | इन्स्टल गर्ने बेलामा ति सफ्टवेयरहरुले ” नेक्स्ट, नेक्स्ट ” गर्न पक्कै लाउछन् | कुनै सफ्टवेयरहरु पुरानो भर्जनका होलान्, तिनी हरुलाई अपडेट गर्नैपर्यो |
कति झन्झट | तपाइको आधा दिन यसैमा बित्छ |

उपाय के त ?

यस्तो एप्लिकेसन डाउनलोड गर्ने जसले तपाइलाई चाहिएको सफ्टवेर डाउनलोड गरेर इन्स्टल गर्ने काम गर्दछ ।

यसका लागी: http://ninite.com/ मा जानुहोस् र तपाइलाई चाहिएको सफ्टवेरहरु त्यहाँ भएका लिस्ट बाट सेलेक्ट गर्नुहोस् र “Get Installer” बटन क्लिक गर्नुहोस् | अब एउटा सानो इन्स्टलर फाइल डाउनलोड हुन्छ, त्यसलाई रन गर्नुहोस् र अरु कुनै काम गर्न बस्नुहोस वा घुम्न जानुहोस् |
यस एप्लिकेसनले प्रत्येक सफ्टवेरहरुको आधिकारिक वेबसाइटमा गएर लेटेस्ट भर्जन डाउनलोड गरेर इन्स्टल गर्ने छ र माथिको झन्झटबाट छुटकारा दिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s