मन पर्ने गीतलाई यसरी रिङटोन बनाउनुहोस् आइफोनमा

आइफोन प्रयोगकर्ताहरुको समूहमा बसिरहेको बेला फोनको घण्टी बज्दा तपाईलाई कहिलेकाहीँ लाग्दो हो–रिङटोनमा पनि आफ्नै पहिचान होस् । अनि आफुलाई खुवै मन परेको गीत वा धुन त्यसमा सेट गर्न पाइयोस भन्ने चाहना पुरा गर्ने धोको पनि होला ।
तर, तपाईको कम्प्युटरमा रहेको मन पर्ने गीत आफुले चाहँदैमा आइफोनमा सजिलैसित रिङ टोन सेट गर्न सकिदैन । किनभने आइफोन निर्माता एप्पलले आइट्युनमार्फत् यस्ता रिङटोन बेच्ने गरेको छ ।
आफुले चाहेको गीत रिङटोनमा सेट गर्नु असम्भव नै चाहिँ छैन् । यसका लागि हल्का घुमाउरो बाटो प्रयोग गर्नुपर्छ ।

आज तपाईलाई यही घुमाउरो बाटो सजिलो तरिकाले सिकाउँदैछौं । यहाँ उल्लेखित हरेक चरणलाई राम्रोसँग हेरेर सोहीअनुसार सेट गर्नुभयो भने सजिलै आफुले चाहेको गीत रिङ टोनमा सेट गर्न सक्नुहुनेछ ।

कृपया ध्यान दिनुहोस, तपाईको आइफोन स्टेप नं. ८ पछिमात्र कम्प्युटरमा जोड्नुपर्ने भएकाले यदि आइफोन् जोडिइराखेको छ भने हटाउनुहोस् ।

१) तपाईको कम्प्युटरमा रहेको आइट्युनस् खोल्नुहोस ।

२) लाइब्रेरिमा रहेको आफुलाई मन पर्ने कुनै एक गीतमाथि दायाँ क्लिक गर्नुहोस् । वा कम्प्युटरमा रहेको गीतलाई कपी गरेर आइट्युन्समा लैजानुहोस् । सो गीतमाथि दायाँ क्किल गरेपछि त्यहाँ get info अप्सन आउने छ । हामीले चाहिँ अहिले ‘रेसम फिरिरी’ गीतलाई रिङ टोनमा सेट गर्न खोज्दैछौं ।

३) अब तपाईको कम्प्युटर स्क्रिनमा देखिएको बक्समा रहेको options क्लिक गर्नुहोस् । तपाईले गीतको जुन बिन्दुबाट रिङ टोन सुरु होस् र अन्त्य होस भन्ने चाहानुभएको छ त्यहीअनुसार start time र stop time मा ठिक चिन्ह लगाइ समय हाल्नुहोस । stop time ३० सेकेन्ड राख्नुहोस अनि ok क्लिक गर्नुहोस् ।20140224-043025 pm.jpg
४) त्यसपछि फेरि गीतकै सूचीमा आउनुहोस र अघि क्लिक गरेकै गीतलाई दायाँ क्लिक गर्नुहोस् । त्यहाँ Create AAC version क्लिक गरेपछि गीतको डुप्लिकेट भर्सन बन्ने छ । गीतको लम्बाई हेरेर तपाईले कुन चाहिँ डुप्लिेकट गरिएको हो चिन्न सक्नुहुनेछ ।
20140224-043210 pm.jpg
यदि तपाईले Create AAC version देख्नुभएन भने तपाईले सेटिङमा परिवर्तन गर्नुपर्छ । यसका लागि आइट्युन्सको माथिल्लो बायाँ भागमा रहेको मेनुमा क्लिक गरी प्रिफरेन्स छनौट गर्नुहोस् ।
20140224-043411 pm.jpg
माथिको तस्विरमा देखिएको import settings क्लिक गरेपछि तलको बक्स खुल्नेछ । तस्विर देखाइझैं AAC Encoder सेलेक्ट गरि ok क्लिक गर्नुहोस् ।
20140224-043650 pm.jpg
अब तपाइले अप्सन ४ मा देखाइएजस्तै गीतमा क्लिक गर्नुहोस् । अब Create AAC version क्लिक गर्नुहोस । गीत डुप्लिकेट भयो ।

५) अब तपाईसँग एउटै नामका दुईवटा गीत भए । अब ओर्जिनल गीतमा तपाईले सेट गरेको टाइम फ्रेम हटाउनुपर्छ । नत्र तपाईको ओर्जिनल गीतको लम्बाई रिङटोनको जति मात्र हुने छ । त्यसैले ओर्जिनल ट्रयाकमा क्लिक गरि get info मेनुमा गएर options क्लिक गरि अघि स्टेप न ३ मा सेट गरेको टाइम हटाइ पुरानै टाइम राखिदिनुस् ।

६) अब नयाँ डुप्लिकेट गरिएको गीतमाथि क्लिक गरि Show in windows Explorer मा क्लिक गर्नुहोस् । अब नयाँ विन्डोमा गीत हाइलाइट भएर देखिन्छ र फाइलनेमको अन्तिममा .m4a पनि देखिन्छ । यसलाई Rename गरि.m4a सट्टा .m4r बनाउनुहोस् । पुरै गीतको नाम चाहीं रिनेम गर्ने हैन् ।
20140224-044101 pm.jpg
कृपया याद गर्नुहोस, यदि फाइल नेमको अन्तिममा .m4a देखिएन भने तपाईले सिधै फाइलनेमको अन्तिममा.m4r थप्न भने पाउनुहुन्न । यसो गर्दा तपाईको फाइलनेममा दुईवटा एक्सटेन्सन हुन्छ र गीतले काम गर्दैन । त्यसैले पहिले फाइल एक्सटेन्सन नदेखाउनुको कारण समाधान गर्नुहोस् । फाइल एक्सटेन्सन देखाउनगरि सेटिङ मिलाउनुपर्छ । यसका लागि तपाई विण्डोजको Control Panel मा गई Folder options र त्यसपछि View क्लिक गर्नुहोस् । त्यहाँ hide extensions for known file types मा लगाएको ठिक चिन्ह हटाउनुहोस् र ओके गर्नुहोस् । अब तपाईको फाइल एक्सटेन्सन देखिन्छ ।20140224-044325 pm.jpg
अब तपाईले बल्ल फाइलनेमको एक्सटेन्सन रिनेम गर्न सक्नुहुन्छ । स्टेप नम्बर ६ मा भनिएझैं गीतको फाइल नेम् लाई Rename गरि.m4a सट्टा .m4r बनाउनुहोस् ।

७) रिनेम गरिसकेको फाइललाई डबल क्लिक गर्नुहोस् । अब तपाईको रिङ टोन आइट्युन्स् लाइब्रेरीमा add भयो । अब आइट्युन्सको माथिल्लो बायाँ भागमा रहेको फाइल मुनी रहेको मेनु क्लिक गर्नुहोस, त्यहाँ रहेको tones फोल्डरमा तपाईको गीत बसिसकेको हुन्छ ।20140224-044718 pm.jpg
८) अब तपाईको फोन कम्प्युटरमा जोड्नुहोस् र माथिल्लो दायाँ भागमा रहेको iphone अप्सन क्लिक गर्नुहोस् । अब टोन्स बटनमा क्लिक गर्नुहोस । त्यहाँ सेलेक्टेड टोन्स र अल टोन्स अप्सन आउँछ । अब तस्विरमा देखाइएजस्तै Sync Tones र selected tones क्लिक गरि अघि एड गरेको गीतलाई सेलेक्ट गर्नुहोस र apply क्लिक गर्नुहोस् ।

20140224-045239 pm.jpg
९) जब Sync सकिन्छ, त्यसपछि तपाईको आइफोनको settings, Sounds र Ringtones छान्नुहोस् । त्यहाँ सवैभन्दा माथि नै तपाईले एड गरेको नयाँ गीत सूचीकृत हुन्छ । अब त्यसलाई छान्नुहोस् । तपाईको मोबाइलमा नयाँ रिङटोन बज्नेछ ।

20140224-045624 pm.jpg
१०) यदि तपाई फेसबुक, ट्वीटर, म्यासेज अलर्ट लगायतका नोटिफिकेसनलाई फरक-फरक अलर्ट टोन सेट् गर्न चाहनुहुन्छ भने पनि माथि उल्लेख गरिएकै प्रकृया हो । केवल तपाईले अन्तिममा आफ्नो आइफोनमा सेलेक्ट गर्दा साउण्ड एण्ड भाइब्रेसन प्याटर्न सेलेक्ट गरे पुग्छ । तपाईले इन्टरनेटबाट अनौठा र छोटा साउण्ड इफेक्टहरु डाउनलोड गरेर पनि अलर्ट् टोन् सेट् गर्न सक्नुहुन्छ । यो प्रकृया अनुसार् तपाईं रिङटोन् सेट् गर्न सफल हुनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s