पोर्चुगलको लिस्बनमा चाँडै कन्सुलर सेवा

बाबुराम भुषाल
३ फागुन, लिस्बोन ।
नवनियुक्त कन्सुलर मकर हमालले पोर्चुगलको लिस्वनमा चाँडै कन्सुलर सम्बन्धी सेवा सुरू हुने बताएका छन् । कन्सुलर सेवा नभएकाले पोर्चुगलका नेपाली समस्यामा पर्ने गरेका छन् ।
कन्सुलर स्थापना गर्न प्रमाणिकरणसहितका धेरै तयारी पूरा भएपनि पोर्चुगल सरकारसँग सम्वन्धित नेपाली डकुमेण्ट प्रमाणीकरण गर्न आप्रवासीसम्बन्धी सम्वन्धित निकायमा हमालको हस्ताक्षर प्रमाणीकरणको प्रकृया चलिरहेकाले ढिला भएको हो ।
नवनियुक्त कन्सुलर हमालले नेपाल सरकारसँग सम्वन्धित सबै कार्य पूरा भएकाले विदेशी नागरिकलाई नेपाल जाने भिसा दिन थालिएको बताए ।
नेपाली दूताबास फ्रान्सद्वारा पोर्चुगल सरकारको नाममा हस्ताक्षर प्रमाणीकरणबारे पत्राचार भएकाले आवश्यक प्रकृया पूरा भएपछि थप सेवा दिइने बताएको छ ।
०६९ मंसिर १ को मन्त्रिपरिषद्को निर्णयले पोर्चुगलका लागि हमाललाई कन्सुलर नियुक्त गरेकोमा छानविन पछि पोर्चुगल सरकारले हालैमात्र नियुक्त गरेको हो ।
पोर्चुगलमा ८० प्रतिशत नेपाली लिस्वनमा बस्दै आएका छन्, आधिकारिक कन्सुलर नहुँदा कागजपत्र प्रमाणीकरणका लागि मोटो रकम दिएर पोर्तो पठाउनुपर्ने बाध्यता छ । प्रमाणीकरण भएपछि पनि त्रुटि भेटिने, प्रमाणित कागजपत्र प्राप्त गर्न लामो समय लाग्नेजस्ता झण्झट थियो । केही समययता गैहृ आवासीय नेपाली संघ र आदिवासी जनजाति महासंघ पोर्चुगलले यी समस्याबारे भूमिका खेलिरहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s