फेसबुकमा गोपनियता कायम राख्ने सूत्रहरु

फेसबुक अहिले धेरैको रोजाइमा परेको सामाजिक सञ्जाल हो । तर, यसको प्रयोगको क्रममा कतिपय कुराहरु गोप्य राख्न नसकेर प्रयोगकर्ता हैरान भइरहेका छन् । फेसबुकले १० औं जन्मदिन मनाइरहेका बेला हामीले तपाईलाई केही प्रारम्भिक सुरक्षा उपायहरुबारे जानकारी दिन कोसिस गरेका छौं, जुन फेसकुकमा उपलब्ध छन् । यी उपायले तपाईं आफ्नो गोपनीय सूचना, तस्वीर र पोष्टहरु सुरक्षित राख्न सक्नुहुनेछ । मन नपरेका साथीलाई प्रतिवन्ध, लगाउन सक्नुहुनेछ, पुराना पोष्ट हेर्नबाट बन्देज लगाउन सक्नुहुनेछ अनि, जथाभावी आउने इभेन्ट्स र एप रिक्वेष्टलाई पनि कम गर्न सक्नुहुनेछ । तपाईले यसका लागि धेरै ठूलो काम केही गर्नु पर्दैन् । केवल फेसबुकको ‘प्राइभेसी सेक्सन’मा केही परिमार्जन गरे पुग्छ । हामी यहाँ तस्वीरसहित केही सुरक्षा उपायबारे जानकारी दिँदैछौं, जुन बिभिन्न अन्तराष्ट्रिय संचारमाध्यमबाट साभार गरिएका छन् ।

(१) फेसबुक पेज खोल्नुहोस् । दाहिनेपट्टिको माथिल्लो कुनामा क्रसर लानुहोस् । त्यहाँ मेनुमा क्लिक गरेर सेटिङ्समा जानुहोस् ।20140206-123256 pm.jpg

(२) सेटिङभित्र प्राइभेसी भन्ने आउँछ, त्यसलाई खोल्नुहोस् ।

20140206-123459 pm.jpg

(३) प्राइभेसीभित्र प्राइभेसी सेटिङ्स र टूल्स छ । त्यसमा तपाईंले विगतमा पोस्ट गरेको जानकारी, आफूलाई अरुले फेला पार्नसक्ने प्रोफाइल, सम्पर्क ठेगाना, इमेल आईडी र अरुको म्यासेज फिल्टर गर्न सकिने आदि अप्सन दिइएको छ ।
यहाँ दिएका हरेक अप्सनमा तपाईले आफुलाई सुरक्षित राख्ने उपायहरु छन् ।

20140206-123559 pm.jpg

(४) आगामी दिनमा पोस्ट गर्ने जानकारी आफूले नचाहेको तथा अपरिचित व्यक्तिले हेर्न नसकून् भन्नाका लागि यो तस्वीरमा देखाइएजस्तै ‘पब्लिक’ को सट्टा फ्रेन्ड्स अप्सन सेट गर्नुहोस् ।

20140206-123854 pm.jpg

(५) तपाईले केही समय पहिले लेखेको कुनै स्टाटस वा सेयर गरेको तस्वीर अहिले कसैले पनि नहेरुन भन्ने लागेको छ भने त्यसका लागि तपाईले सिमित अबधिका पुराना पोष्टमात्र देखिने बनाउन सक्नुहुन्छ । यसका लागि तस्वीरमा देखाइएझैं लिमिट पोष्टमा क्लिक गरी सेटिङ चेन्ज गर्न सक्नुहुन्छ ।

20140206-124101 pm.jpg

(६) आफूलाई जो कोही आमन्त्रण अर्थात् फ्रेन्ड रिक्वेस्ट पठाउन नसकून् भन्ने चाहनुहुन्छ भने यसको पनि उपाय छ । तस्वीरमा देखाइएझैं तपाईले एभ्रिवनको सट्टा फ्रेन्डस् अफ फ्रेन्ड्स क्लिक गर्नुभयो भने तपाईका फेसबुक साथीका साथीले मात्र तपाईलाई एड गर्न सक्छन, तपाईका साथीहरुसँग साथी नभएकोले पाउँदैन् ।

20140206-124238 pm.jpg

(७) जो सुकैले इमेल सर्च गरेर इनबक्स म्यासेज नपठाओस भन्नका लागि निश्चीत बन्देजहरु लगाउन सकिन्छ ।

20140206-124453 pm.jpg

(८) तपाईंलाई जो कोहीले इमेल एड्रेस् मार्फत् पत्ता लगाउन नसकून् भन्ने चाहनुहुन्छ भने तस्वीरमा देखाइएझैं साथी वा साथीको साथीको अप्सनमा सेट गर्नुहोस् ।

20140206-124637 pm.jpg

(९) सर्च इन्जिनहरुले तपाईंको टाइमलाइनमा लिंक गर्न नसकून् भन्ने तस्वीरमा देखाइएको अप्सनमा टीकमार्क हटाउनुहोस । जसले गर्दा सर्च इन्जिनमा तपाईको टाइमलाइनको लिंक देखिने छैन् ।

20140206-124820 pm.jpg

(१०) कसैलाई फेसबुकमा आफ्नो सूचना, फोटो आदि अपडेटहरु हेर्नबाट प्रतिबन्धित् गर्न चाहनुहुन्छ भने पनि उपाय छ । प्राइभेसी सेटिङ्स एण्ड टूल्समा जानुहोस् र देब्रेपट्टि ‘प्राइभेसी’ भित्र ब्लकिङ्ग भन्ने अप्सन छ । त्यहाँ थिच्नुहो्स र फेसबुक मित्रहरुको नाम छनौट गरि ब्लक लिष्टमा समावेश गर्नुहोस् । भूपू मायालु, पूर्व हाकिम वा परिवारका सदस्यलाई कुनै खास हेर्नबाट प्रतिबन्ध लगाउन तपाईलाई यो टुल काम लाग्नसक्छ ।

20140206-124951 pm.jpg

(११) कतिपय फेसबुक साथीहरुले तपाईंलाई निकै ‘इरिटेट’ गरिरहेका हुन सक्छन् । यसबाट छूटकारा पाउन खोज्नुहुन्छ होला । यसको लागि प्राइभेसी सेटिङ्स एण्ड टूल्सभित्र जानुहोस् र म्यानेज ब्लकिङ खोल्नुहोस् । अब तपाईंले फेसबुक फ्रेण्ड प्रतिवन्ध गर्न सक्नुहुनेछ ।

20140206-125146 pm.jpg

(१२) तपाईंलाई जो कोही एप्स वा इभेन्ट पठाएर हैरान भइरहनु भएको होला । त्यसबाट पनि मुक्ति पाउन सक्नु हुनेछ । पेजको अन्तिममा जानुहोस् । त्यहाँ ब्लक एप्स, ब्लक इभेन्ट आदि फेला पार्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् । अब तपाईले सोचेअनुसार ब्लक गर्न सक्नुहुनेछ ।

20140206-125355 pm.jpg

– (स्रोत: अनलाईनखबर)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s