होशियार : पोर्चुगाली दलालको फन्दामा पर्दै छन् ६० जना नेपाली

यतिखेर काठमाडौंमा ५० देखि ६० जना नेपाली युरोप आउने भन्दै खुट्टो उचालेर बसेका छन् । मासिक लाख का लाख कमाइन्छ भन्ने आश्वासन पाएर । तिनले १२ देखि १४ लाखका दरले दलाल र पोर्चुगलको कम्पनीलाई रकमपनि बुझाइसकेका छन् । तर तिनलाई थाह छैन, ‘ति दलालको फन्दामा पर्दै छन्’ भनेर । त्यसैले पोर्चुगलको दलालहरुले तिनबाट १२ देखि १४ लाख लिएर युरोप ल्याउन अन्तिम तयारि गरिरहेका छन् । यिनको ठगीमा चक्रपथस्थित सिद्दार्थ मेन पावर र सिनामंगलस्थित आलिस ग्रुप नामको कम्पनीका सुजित श्रेष्ठ लागिरहेका छन् । नेपालीलाई पोर्चुगलमा मालामाल पैसा कमाइन्छ भन्दै दुई लाख कमिशन खाएर पोर्चुगाली ठगलाई जिम्मा लगाउनेमा सुजित त्यहाँका मुख्य नेपाली दलाल हुन् ।

20140205-103652 pm.jpg

रोने र इजिल्ट भन्ने दुई जना मुख्य ब्यक्ति हुन् । ति ईजरायली हुन् । तर तिनले पोर्चुगाली नागरिकहरु जेम्स र फर्नान्डोलाई कम्पनी चलाउन दिएका छन् । कम्पनीको नाम ट्र्याब सलुसन हो । सोझा साझा नेपालीलाइ फसाउन जेम्स भन्ने हाल नेपाल गएका छन् । नेपालबाट तिनलेनै यता युरोपतिर ओसार्दै छन् । करिब ६० जना नेपाली तयार पारेको नेपालप्लस स्रोतले दिएको छ । हाल नेपालमा रहेका दलाल जेम्सको पोर्चुगलस्थित फोन नम्बर यो हो ००३५१९२४४८५८५९ । तर सम्पर्क गर्दा उनको फोन उठेन । नेपालको नम्बर ९८५१०२७२३० हो । यिनीहरुले एउटा कम्पनी बदनाम भएपछि अर्को खोल्ने । फेरि कन्ट्याक लिने । श्रमिक ल्याउने संझौता गर्ने र नेपाली ओसार्ने गर्छन् ।

यो कम्पनी पोर्चुगलमा कालो सूचीमा त परेको छ नै, यसका सञ्चालकपनि पटक पटक ठगीमा परिसकेका छन् । यस पटक नेपालीहरु ओसार्न जेम्स नेपाल गएका छन् । उनले केहि दिन भित्रैमा नेपालीहरु लिएर पोर्चुगल ल्याउने तयारि गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा यि जेम्सका पछाडि बसेर सहयोग गर्ने अरु नेपालीपनि छन् । जेम्सले एक अर्को भुपेन्द्र बस्नेत भन्ने, सोलुका नेपालीलाई निकट बनाएका छन् । उनलेपनि कमिशन खाएर जेम्सकालागि १०, १२ जना जम्मा पारेर बसेका छन् । यिनलाई सहयोग गर्ने अर्का नेपाली दलाल सुजित श्रेष्ठ हुन् । उनले यो दलाल कम्पनीका लागि निर्देशकको काम गरिरहेका छन् काठमाडौं बसेर । उनको काठमाडौंको नम्बर यो हो ९८५१०७०६५२ । यिनको कार्यालय भने सिनामंगलमा छ ।

पोर्चुगलका फेर्नान्डेजको कम्पनीले करिब दुइ सय जना नेपाली कामदारलाई ठगेको छ । फेर्नान्डेज र उनका मानिसले पोर्चुगलमा नेपाली ओसार्ने । तलब माग्दा थर्काउने । भनेको नटेरेमा राती १२ बजेपनि बसेको ठाउँबाट निकाल्ने गर्छन् । नेपालबाट ‘हाम्रो कम्पनीमा काम गरेको मासिक ४८५ युरोका दरले दिन्छौं । बस्ने ठाउँपनि दिन्छौं’ भन्दै ल्याउने गरेका छन् । तर यता आइसकेपछि भने दुइ तिन सय मात्रै दिने गरेको पिडितले बताए ।

20140205-103826 pm.jpg(नेपालीलाई लोभ्याउन तिनले बाँड्ने भिजिटिङ कार्ड)

गत अक्टोबर २२ को राती यिनले यसैगरि केहि नेपालीलाई मध्य रातमा घरबाट निकालेका थिए । त्यो बेला पिडित नेपालीहरुले ‘एक रात बस्न दिनुहोस् । राती कहाँ जाने ? हाम्रो जाने ठाउँ छैन सर’ भनेर बिन्ति गर्दापनि ‘कि २५ युरो तिरिहाल । कि भनेको खुरु खुरु गर । कि भर्खरै निस्किहाल’ भन्दै सोझा नेपालीसित २५ युरो लिएका थिए ।

त्यति मात्रै होइन, गत अक्टोबर महिनाको तेस्रो साता यि ठगहरुले नेपालीलाई कुटपिट गरे । त्यसपछि तिनको अत्याचार सहन नसकेर नेपालीहरुपनि जम्मा भइ यिमाथि हातपात गरेका थिए । कर्मचारीलाई कुटपिट गर्ने फेर्नान्दो भन्ने ब्यक्ति हुन् । यि मान्छे ओसार्न हाल नेपाल गएका दलाल जेम्सका दाजु हुन् ।

20140205-104152 pm.jpg(कम्पनीको नाम)

पहिलेपनि यि ठगहरुले २०० मान्छे राखेका थिए । खेतीमा काम गराउने भन्दै । तर काम गराइसकेपछि यिनले महिनौं सम्म तलबपनि नदिएको त्यहाँ काम गरेका एक नेपालीले बताए । ‘सर मेरोपनि दुई महिनाको तलब दिएका छैनन् । मुख खोलौं भने पेपर बिगारिदेलान् भन्ने डर लाग्छ । यिनले दर्जनौं नेपालीलाई ठगेका छन्’ उनले भने ।

यिनीहरुले उताबाट नेपालीलाई मज्जाले कमाइन्छ भन्दै ल्याउँछन् । तर यता आएपछि त्यत्तिकै अलपत्र पारेर छोडिदिन्छन् । काम र पैसा नभएर यिनले पहिले ल्याएका धेरै नेपाली खान नपाएर हैरान परेका छन् । पुग्नेगरि खाना किन्ने पैसा नभएर तिनले थोरै भात पकाउँछन् । १५, २० जनाले मिलेर खाने गर्छन् । महिनौं काम नपाएपछि नेपालीहरु बस्ने र खाने नभएर काम छोड्छन् । कार्यालयमा तलब माग्न जाँदा तलब दिनुको साटो उल्टै थर्काएर पठाउने गरेका छन् ।

पोर्चुगलमा बस्ने बैधानिक कागज पाउन कुनै कम्पनीमा काम गरेको प्रमाण हुनुपर्छ । कम्पनीले फलाना ठाउँमा काम गरेको छ भनेर प्रमाणित गरेको ‘वर्क डिक्लेरेशन’ भन्ने कागज दिनुपर्छ । तर यिनले नेपालीहरुलाई त्यो कागज नदिएर सताउने गरेका छन् । यता ल्याएका धेरै नेपालीलाई खुर्सानि टिप्न र जैतुन (ओलिभ) झार्ने काम लगाउँछन् । दिनको दश घण्टाको दरले २३ युरो दिने भनेर काम लगाउँछन् । टहरो जस्तोमा नेपालीलाई खाँदेर राख्छन् । बस्ने ठाउँ फोहोर छ । सुबिधा केहि छैन । वासिङ मेशिन एउटा मात्रै राखिदिएको छ, करिब डेढ सय जना नेपालीलाई लूगा धुन ।

यिनले यस अघिपनि पोर्चुगलको सरकारलाई ठगेका थिए । कम्पनीको कर छलेको र श्रमिकलाई तलब नदिएको उजुरी परेको थियो । यिनको कम्पनी कालो सूचीमा परेको थियो ।

– (स्रोत : नेपालप्लस)

यहाँ
समाचारमा उल्लेख गरिएका सुजित श्रेष्ठले आपत्ती जनाउँदै लेखेको प्रतिक्रिया, तर नेपालप्लस आफ्नो समाचारमा अडिग छ ।

I am surprised to see my name. I don’t know why you involve my name in this issue.
For you kind information i am not working with Roni. I stop my business for Portugal since 1 and half year. It is true that i worked with Roni Bargig 2 years before but i had problem with him regarding the facilities of my workers since than i am not working with him.
If you have any proof or evidence than you can show me.
For your information Mr. Roni is working with 7 companies in Nepal. Some of them SRS Overseas and Binamay International published their advertisement in Kantipur some months ago.
Other companies are VV International, Crown Overseas, Anjana Shah and Siddhartha.
I am really hearted with your news. If you are genuine professional journalist than you must have evidence against me. If not than you are manipulated by others and its against of law.
You can call me at any time and make it clear otherwise i am sorry to say i have to find you for clarification.
I look forward to see your positive reply soonest possible.

Thanking you.
Mr. Sujit Shrestha

Chairman
ALLIANCE GROUP
Sinamangal-9, Kathmandu, Nepal
P.O.B. 13612
Tel. No. +977-1-4473137, 4111133
Fax. No. +977-1-4462344
Cell. +977-9801070652, 9851070652
Email: info@alliancenepal.com
Skype: sujitshrestha
URL: http://www.alliancenepal.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s