सेतो छापसहितको प्रमाणीकरणका लागि दिल्ली जान नपर्ने

20140203-033548 pm.jpg

के तपाईले परिवार पुनर्मिलनका लागि CNAI (कनाइ) मा सल्लाह लिने गर्नु भएको छ ? तपाईलाई दिल्लीमा सेतो छाप लगाएर मात्र कागजात मगाउने सल्लाह पाउनु भएको छ ? थुप्रै पैसा खर्च गरेर दिल्ली जाने गर्नु भएको छ ? दिल्लीमा पाना पानामा सेतो छापसहितको एउटा प्रमाणीकरण गरेको कागजको लागि हजारौ रुपैयाँ पैसा तिर्नु भएको छ ? त्यसो हो भने एउटा समाधान छ कि तपाई अब यसका लागि दिल्ली धाउनु पर्ने जरुरत छैन।

पोर्तुगलमा रहेका नेपालीहरुले परिवार पुनर्मिलनका लागि आवश्यक कागजात प्रमाणीकरण गर्न भारतमा रहेको पोर्तुगाली राजदूतावासमा जानैपर्ने समस्याबाट मुक्त भएका छन् नि अब ! पोर्तुगलमा आप्रवासीसम्बन्धि ब्यबस्थापन हेर्ने कार्यालय SEF द्वारा सम्बन्धित देस तथा नजिकको (पायक पर्ने) पोर्तुगल राजदुतावासबाट कागजी प्रमाणीकरण गर्नुपर्ने भनिदै आइए पनि पोर्तुगलको पररास्ट्र मन्त्रालय अन्तर्गत रहेको Ministerio dos Negocios Estrangeiros (Direção Geral Dos Assuntos Consulares E Comunidades Portuguesas कार्यालयबाट पनि यस्तो सेवा लिन सकिने जानकारी प्राप्त भएको छ ।

आदिवासी जनजाति महासंघ पोर्तुगलको एक प्रतिनिधि मण्डलले सो कार्यालयका कर्मचारी मारिया एमेलियासँग भेटघाट गरेपछि कार्यालयको सेवाबारे जानकारी दिइएको हो । प्रतिनिधि मण्डलमा संलग्न पेम्बा शेर्पाले दिएको जानकारी अनुसार पोर्तुगलका आधिकारिक नेपाली कन्सुलर डा. मारिया तेरेजा माटोस दा क्रुज द्वारा प्रमाणित गरिएका कागजातहरुमा कार्यालयदवारा प्रमाणित गर्ने गरिन्छ । कागज प्रमाणीकारण वापत प्रति डकुमेन्ट मात्र ५ युरो दस्तुर लाग्ने गर्छ।

पोर्तुगलको पररास्ट्र मन्त्रालय अन्तर्गत सार्वजनिक सेवा प्राप्त गर्न LARGO DAS NECESSIDADES NO 42, ALACANTRA, LISBON मा सम्पर्क राख्न सकिने छ । कार्यालय सोमबारदेखि शुक्रबार बिहान ९ बजे देखि १२:३० बजेसम्म र २ बजेदेखि ४:३० बजेसम्म खुल्ने गर्छ । कार्यालयको सम्पर्क फोन २१७९२९७२३ रहेको छ ।
नेपाली कन्सुलर डा. मारियाकी निजी सचिव आन्द्रेइया दियासले पनि पोर्तुगलमा रहेका नेपालीहरुका लागि कागजी प्रक्रिया निकै नै झन्झटिलो तथा कस्टकर भएकोले कन्सुलर कार्यालयद्वारा पोर्तुगलको पररास्ट्र मन्त्रालय लगायतका सम्बन्धित अधिकारीलाई जानकारी गराईसकेको जानकारी दिएकी छिन् । उनका अनुसार सम्बन्धित निकायले छिट्टै निर्णय गर्ने कुरा जानकारी प्राप्त भएको छ ।

– योगेन्द्रमिलन छन्त्याल, लिस्बन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s