पासपोर्ट बनाउने छिटो बाटो

काठमाडौं, माघ ।
एकातिर दोब्बर दस्तुर, त्यसमाथि आवेदन बुझाउन रातको निद्रा नै मार्नुपर्ने । मूलगेटमा धर्ना नै कसेर बस्दा पनि सितिमिति पालो पाउन मुश्किल ।

बल्लतल्ल भिडभाड र हल्लीखल्ली सहँदै आवेदन बुझाउँदा ठूलै पहरो फोरियो भनेर दंग पर्नुपर्ने बाध्यता ।

दू्रत सेवाबाट पासपोर्ट लिन नारायणहिटीको राहदानी विभाग पुग्नेहरुले एकहप्ता अघिसम्म यस्तै नियति भोग्नुपथ्र्यो ।

कोही अघिल्लो दिन नै मूलगेटको छेउमा गएर बास बस्थे । कोही आँखा मिच्दै झिसमिसेमै पुग्थे । उज्यालो भएपछि जाँदा पालो पाउनै मुस्किल पथ्र्यो । अब भने सेवाग्राहीले यस्तो झण्झट र भुक्तमान खेप्नुपर्दैन ।

20140128-113838 am.jpg
‘फारम संकलन केन्द्र विस्तार गरिएपछि बासै बस्नेगरी आउनुपर्ने बाध्यता हटेको छ’ राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले उज्यालो अनलाइनसित भन्नुभयो, ‘फुर्सदमा विहान ८/९ बजेतिर आउनुहोस्, केही घण्टामै आवेदन बुझाउन सक्नुहुन्छ । अब बासै बस्नुपर्ने दिन गए ।’

उहाँका अनुसार लाइन बसेको ४/५ घण्टाभित्र आवेदन फारम बुझाउन सकिन्छ । पहिले ३ वटा मात्रै संकलन केन्द्र रहेकोमा माघ ६ गतदेखि ६ वटा आवेदन केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्र थपिएपछि आवेदन दिन १५ घण्टाभन्दा धेरै समय लामबद्ध हुनुपर्ने बाध्यता हटेको हो ।

20140128-114036 am.jpg
महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई झनै सजिलो

द्रूत सेवाबाट राहदानी बनाउन खोज्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई झनै सजिलो व्यवस्था गरिएको छ । उनीहरुलाई लाइनमै बस्न नपर्नेगरी सुविधा दिइएको महानिर्देशक खनालले बताउनुभयो ।

‘पहिले काखे नानी च्याप्दै, लौरो टेक्दै पनि धेरै महिला र बुढाबुढीले आवेदन बुझाउन घण्टौं लाइनमा बस्नुभयो । उहाँहरुलाई असजिलो भएको महसुस भएपछि हामीले अहिले छुट्टै व्यवस्था गरेका छौं’ खनालले भन्नुभयो ।

20140128-114219 am.jpg

महिला, बालबालिका, बुढाबुढी र अशक्तका लागि लाइन बस्नुपर्दैन । ‘उहाँहरुले आत्तिएर बच्चा बोक्दै र लौरो टेक्दै एकाविहानै आउन पर्दैन’ खनालले भन्नुभयो, ‘१० बजेदेखि १ बजेसम्म फुर्सदको बेला आएर टोकन लिनुहोस्, त्यो नम्बर देखाएर आवेदन संकलन केन्द्रमा जानुहोस्, केहीबेरमै आवेदन बुझाउन पाउनुहुन्छ ।’

१० हजार रुपैंया तिरेर द्रूत सेवाको राहदानी बनाउन काठमाडौंमै आउनुपर्ने बाध्यता छ । यस्तो आवेदनको लागि दैनिक दुईहजार भन्दा बढी सेवाग्राही विभाग आउने गरेका छन् ।

20140128-114345 am.jpg
थप काउन्टरको तयारी

आवेदन फारम संकलन र पासपोर्ट वितरणलाई अझै सहज बनाउन राहदानी विभागले थप केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालय तथा कन्सुलर सेवा विभागमा यस्तो संकलन केन्द्र खोल्न लागिएको हो ।

‘अहिले हामी विश्लेषण गर्दैछौं, दोस्रो चरण अन्तर्गत अर्को हप्तामा फेरि फारम संकलन केन्द्र विस्तार गर्ने तयारीमा छौं’ महानिर्देशक खनालले भन्नुभयो ।

20140128-114455 am.jpg

(स्रोत: उज्यालो अनलाईन)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s