नारायणी नदिमा पुल नहुँदा वाल्मिकि आश्रममा जान भारतिय भुमिको प्रयोग गर्नुपर्ने वाध्यता

हरि शर्मा
परासी,६ माघ ः

भुमी प्रयोग गरे वापत वाल्मिकि आश्रम जाने नेपाली सवारी साधनहरु वाट भारतिय वन विभागको नाउंमा रकम असुल्ने गरिएको पाईएकोछ । नारायणी नदिमा पुल नहुदा नवलपरासी बाट भारतको बाटो हुदै वाल्मिकि जाने सवारी साधन बाट भारतिय वन विभागको नाउंमा ५० देखि दुईसय ५० सम्म रकम लिने गरेको नेपाली यात्रुहरुले बताएकाछन् ।

उनिहरुले भारतिय सवारी साधनलाई भने त्यसै छाड्ने गरेकाछन् । आश्रम चितबनको गर्दी गाँउ बिकास समीतिमा रहेकोछ । आश्रममा पुग्न नवलपरासीको त्रिवेणीधाम बाट डुंगा बाट जान सकिने भएपनि धेरै समय लाग्ने र जंगलको बाटो भएकाले सुरक्षाका कारण यात्रुहरु भारतिय भुमि भएर जाने गरेकाछन् । त्यसैको फाईदा उठाउदै भारतिय वन विभागको नाउंमा बस संग दुई सय ५० र साना गाडि वाट ५० रुपैया लिने गरेको आश्रम गाउंका स्थानिय मन कुमार श्रेष्ठले बताउनुभयो । भारतको भैसालोटन भएर जाने उक्त सडक अन्त्यन्त सांघुरो छ भने जंगलि जनावरको आक्रमणको त्रास पनि उत्तिकै रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

वषौदेखि नारायणी नदिमा पुल निर्माणकोलागि स्थानियवासीले माग गरेपनि सरकारले वास्ता नगर्दा नेपालीहरु जोखिम मोलेर भारतिय भुमि हुदै आश्रम पुग्नु पर्ने वाध्यता रहेकोछ ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको आश्रममा वाल्मिकि ऋषिको मुर्ति, लबकुश र गणेशका मुर्तिहरु रहेका छन । सिता पाताल प्रबेश गरेको स्थल, अमृत कुवा, वाल्मिकि ऋषीको हवन कुन्ड , लबकुशले घोडा बाँधेका ढुङ्गाको तबेला, लबकुशलाई शिक्षा दिएको स्थल लगायत रामायण संग सम्बिन्धित महत्वपुर्ण धार्मिक शिला लेख र स्थलहरु रहेका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s