हंगकंग संग ठुलो जितको आशा, नेपालको सम्भावना अझै बाँकी

20140117-120051 pm.jpg

विश्वकपनै छनौट हुने लक्षका साथ न्युजिल्यान्ड पुगेको नेपाली क्रिकेट टिमलाई नत प्रदर्शनले नत भाग्यले नै साथ दियो l पहिलो खेलमा युएई संगको १०२ रन र त्यसपछि स्कटल्याण्ड संग ९० रनको हारले अब नेपाली टोलिको लागि दोश्रो चरण पुग्नु नै चुनौती बनेको छ l

समुह चरण अन्तर्गत नेपाल , क्यानाडा , युएई , हंगकंग र स्कटल्याण्ड सबैले २/२ खेल खेलीसकेको अवस्थामा युएई र हंगकंगले खेलेको दुबै खेलमा जित हाँसिल गरेपछि नेपालको मुस्किल अझ बढेको हो l ठुलो अन्तरको हार बेहोरेको नेपालले अब अर्को चरण पुग्न बाँकी २ वटा खेल जितेर मात्रै पुग्दैन अब दोश्रो चरणमा प्रवेश गर्नको लागि अन्य टोलिको नतिजाको पनि भरपर्नु पर्ने छ l

समुह चरणमा स्कटल्याण्ड र क्यानाडालाई पराजित गरेकोको हंगकंग र क्यानाडालाई ठुलो रन अन्तरले पराजित गर्न सके र हंगकंगले बाँकी रहेको युएई संगको अन्तिम खेलमा पनि पराजय बेहोरे नेटरनरेटको आधारमा नेपालको आगामी चरणमा पुग्ने सम्भावना हुन्छ l
यस्तै स्कटल्याण्डले पनि खेलेको २ खेल मध्य नेपाल संग जित र हंगकंग संग हार बेहोरेको छ , अब उसले बाँकी २ खेल युएई र क्यानाडा संग खेल्ने छ l स्कटल्याण्डले युएई संग हार बेहोरे २ जित हुनेछ भने बलियो टोलि हुनाले क्यानाडा संग हारको आशा कमनै गर्न सकिन्छ l

जे जस्तो हिसाब गरे पनि अब नेपालको सम्भावना नेपालको २ जितले मात्रै तय गर्ने छ l समुहको उत्कृस्ट-३ टोलिले मात्रै दोश्रो चरण पुग्न सक्ने हुँदा हंगकंग संग नेपालको प्रदर्शनले धेरै कुराहरु बदलिन सक्छ र समुहका सबैले ३/३ खेल खेले पछि कति अन्तर चाहिने पनि निश्चित गर्न सकिने छ l त्यसैले अब नेपाल र अन्य टोलिको नतिजा कुर्नु र नेपालले आगामी खेल सकेसम्म ठुलो नतिजाले जित्नु बाहेक अरु उपाय छैन l

अब समुह “ए” का बाँकी खेलहरु >>>

१९ जनवरी :- हंगकंग – नेपाल
१९ जनवरी :- युएई – स्कटल्याण्ड
२१ जनवरी :- क्यानाडा – नेपाल
२३ जनवरी :- स्कटल्याण्ड – क्यानडा
२३ जनवरी :- युएई – हंगकंग

समुह “ए” का यस अघिका नतिजाहरु >>>

१. नेपाल – युएई :- युएई १०२ रनले बिजयी ( युएई : २९७/८ , नेपाल : १९५ )
२. हंगकंग- स्कटल्याण्ड :- हंगकंग १७ रनले बिजयी ( हंगकंग : २६७/७ , स्कटल्याण्ड : २४६ )
३. युएई – क्यानाडा :- युएई ८० रनले बिजयी ( युएई : २८६/६ , क्यानाडा : २०६/६ )
४. स्कटल्याण्ड – नेपाल :- स्कटल्याण्ड ९० रनले बिजयी ( स्कटल्याण्ड : २४९/७ , नेपाल : १५९ )
५. क्यानडा – हंगकंग :- हंगकंग ९ विकेटले बिजयी ( क्यानाडा : १७१ , हंगकंग १७३/१ )

20140117-120117 pm.jpgHongkong Vs Nepal

नेपाल-हंगकंग , सम्भब छ त ठुलो अन्तरको जित ?

हंगकंग बरियताको हिसाबले नेपाल भन्दा १ स्थान माथिको टोलि हो , २०११ को डिभिजन-२ मा चौथो स्थान हाँसिल गरेको हंगकंगको बरिएता २० हो भने नेपालको २१ l बरिएता जस्तै नेपाल र हंगकंगको स्तरमा पनि धेरै भिन्नता छैन तर प्रतियोगितामा हंगकंग राम्रो फर्ममा देखिनु नेपालको लागि चिन्ताको बिषय हो l प्रतियोगिताकै बलियो मानिएको टोलि स्कटल्याण्डलाई पहिलो खेलमा १७ रनले पराजित गरेको हंगकंगले दोश्रो खेलमा क्यानडालाई पनि ९ विकेटले पराजित गरिसकेको छ l

हंगकंग संग नेपालले पछिल्लो पटक टि-२० विश्वकप छनौट २०१३ को क्वाटरफाइनलमा खेलेको थियो , जिते विश्वकप छनौट हुने उक्त प्रतिस्पर्धामा नेपालले अन्तिम बलमा विजयी रन प्राप्त गर्दै ५ विकेटको जित दर्ता गरेको थियो l ५० ओभरमा भने नेपालले पछिल्लो पटक हंगकंग संग २०१२ को एसीसी ट्रफीमा खेलेको थियो जुन खेलमा नेपालले १२५ रनको ठुलो जित हात पारेको थियो l एसीसी ट्रफीको त्यो जित नेपालको लागि प्रेरणा बन्न सक्छ l
५० ओभर क्रिकेटमा नेपालले १९९६ देखि अहिले सम्म ७ पटक प्रतिस्पर्धा गरेको छ जसमध्य १९९६,१९९८,२००० मा नेपाललाई हंगकंगले सजिलै पराजित गरे पनि त्यसपछि नेपालले २००८ , २०१० र २०१२ मा हंगकंगलाई सजिलै पराजित गरेको थियो l हंगकंग संग नेपालको ५० ओभरको पछिल्लो नतिजाहरु हेर्ने हो भने अवस्य पनि नेपालि समर्थकहरुले आशा गर्ने ठाउँ छ l

हेर्नुस अहिलेसम्म नेपाल र हंगकंगले खेलेका खेलहरुको नतिजा :-

२०१२ एसीसी ट्रफी :- नेपाल १२५ रनले बिजयी
२०१० एसीसी ट्रफी :- नेपाल ११८ रनले बिजयी
२००८ एसीसी ट्रफी :- नेपाल ४४ रनले बिजयी
२००६ एसीसी ट्रफी :- नेपाल ८७ रनले बिजयी
२००० एसीसी ट्रफी :- हंगकंग १७९ रनले बिजयी
१९९८ एसीसी ट्रफी :- हंगकंग ६ विकेटले बिजयी
१९९६ एसीसी ट्रफी :- हंगकंग ६ विकेटले बिजयी

टि-२० मा नेपाल-हंगकंग >>>

२०१३ टि-२० विश्वकप छनौट :- नेपाल ५ विकेटले बिजयी
२०१३ एसीसी टि-२० :- हंगकंग ६ विकेटले बिजयी
२०१२ टि-२० विश्वकप छनौट :- नेपाल २८ रनले बिजयी
२०११ एसीसी टि-२० :- नेपाल २ विकेटले बिजयी
२०१० एसियन गेम्स :- हंगकंग ३० रनले बिजयी

पारस र सुबासको आगमन हुने आशा >>>

बिरामी परेर निको भए पनि पूर्ण फिट नभएपछि टोलिमा नराखीएका सुबास खकुरेल र कप्तान पारस खड्का हंगकंग संगको खेल खेल्ने सम्भावना धेरै छ l बिरामी भइ निको भए पनि पूर्ण फिट हुन नसकेका सुबास खकुरेलले आफु निको/फिट् हुँदै गइरहेको बताएका छन् भने पारस खड्का पनि दोश्रो खेलमा आराम पछि हंगकंग संगको खेलमा फिट हुने अनुमान गरिएको छ l पारस र सुबास खेल्ने नखेल्ने बारे अधिकारिक जानकारी भने प्राप्त हुन सकेको छैन l दोश्रो खेलमा पारस र सुबास नखेल्दा ब्याटिंग धरासायी भएको थियो जुन उनीहरुको आगमनले सम्हालिन सक्ने अनुमान गर्न सकिन्छ l

नेपाली बिरुद्ध हंगकंग ब्याटिंग कमजोर >>>

पछिल्लो केहि प्रतियोगिताहरुमा हंगकंगको ब्याटिंग हेर्ने हो भने नेपाली बलरहरु बिरुद्ध हंगकंग सफल हुन सकेका छैनन् l २०१०को एसीसी ट्रफी देखि हेर्ने हो भने हंगकंगले नेपाली बलरहरु बिरुद्ध खुलेर ब्याटिंग गरेको उदाहरण कम छ l

हेर्नुस पछिल्लो खेलहरुमा नेपाल बिरुद्ध हंगकंगको ब्याटिंग २००८ देखि ( टि-२० – ५० ओभर ) र नेपाली सफल बलरहरु >>>

२०१/९ ( ५० ओभर ) , बसन्त रेग्मी र बिनोद दास :- ३/३ विकेट ( एसीसी ट्रफी २००८ )
११८/१० ( ३३.४ ओभर ) , महबुब आलम ३ विकेट , बसन्त रेग्मी २ विकेट ( एसीसी ट्रफी २०१० )
११५/७ ( २० ओभर ) , अमृत भट्टराई ३ विकेट ( एसियन गेम्स २०१० )
११४/९ ( २० ओभर ) , बसन्त रेग्मी , पारस खड्का , महबुब आलम : २/२ विकेट ( एसीसी टि-२० २०११ )
१०२/९ ( २० ओभर ) , चन्द्र साउद ४ विकेट , सन्जम रेग्मी र शक्ति गौचन : २/२ विकेट ( बि.क. टि२० छनौट २०१२ )
१००/१० ( ३७ ओभर ) , अमृत भट्टराई र बसन्त रेग्मी : ३/३ विकेट ( एसीसी ट्रफी २०१२ )
११६/४ ( १६.३ ओभर ) , बसन्त रेग्मी ३ विकेट ( एसीसी टि-२० २०१३ )
१४३/८ ( २० ओभर ) , जितेन्द्र मुखिया ३ विकेट , अविनाश कर्ण २ विकेट ( बि.क. छनौट २०१३ )

पछिल्लो खेलहरुमा हंगकंगको नतिजा :-

हंगकंग – केन्या ( अभ्यास खेल ) :- हंगकंग २ रनले बिजयी
हंग – पपुवा न्युगिनी ( अभ्यास खेल ) :- पपुवा न्युगिनी ४२ रनले बिजयी
हंगकंग- स्कटल्याण्ड :- हंगकंग १७ रनले बिजयी
क्यानडा – हंगकंग :- हंगकंग ९ विकेटले बिजयी ( क्यानाडा : १७१ , हंगकंग १७३/१ )

नेपालको ब्याटिंगले पार्न सक्छ समस्या >>>

प्रतियोगिताको पहिलो २ खेलमा नेपालको हारको कारण धेरै हदमा ब्याटिंग बन्न पुग्यो l पहिलो २ खेलमा नेपालको ओपनिंग जोडी जम्न सकेको छैन भने नेपाली ब्याट्सम्यानहरुले न्युजिल्यान्डमा दबाबमा ब्याटिंग गरिरहेका छन् l पहिलो २ खेलमा नेपालको लागि शरद भेसावकरले ( ५४ ) बाहेक अरु खेलाडीले अर्धसतक पनि बनाउन सकेका छैनन् l नेपालले पहिलो २ खेलमा ठुलो साझेदारी बनाउन सकेका छैनन् भने ब्याट्सम्यानहरुले अत्याधिक डट बल खेल्नुले न्युजिल्यान्डमा ब्याटिंग चिन्ताको बिषय बनेको छ l ब्याटिंग क्रममा सुबास र पारसको अनुपस्थितिमा धेरै बदलाब भएको छ भने ओपनिंग जोडीको असफलतालाई बलियो मानिने मध्यक्रमले त्यसलाई सम्हाल्न सकेको छैन । तेश्रो खेलमा त्यो कमजोरी सुधारिन सके मात्रै नेपालको राम्रो प्रदर्शनको अनुमान गर्न सकिने ठाउँ छ l

फोटो एवम् न्युज् स्रोत् : (Nepal National Cricket Team in NZ 2014 & क्रिकेटलोक)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s