यहाँबाट सुनौं/हेरौं “श्री स्वस्थानी परमेश्वरीको ब्रतकथा”

आज माघे सक्रान्ति अनि पौष शुक्ल पूर्णिमा आजकै दिनबाट श्री स्वस्थानीको ब्रत सुरु हुन्छ। विशेष गरेर महिलाहरुले लिने यो ब्रत माघ शुक्ल पूर्णिमा सम्म एक महिना भर चल्छ। विशेष गरेर भगवान शिवको आराधना गरिने यो समयमा श्री स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने गरिन्छ। सत्य युगको सन्दर्भ जोडिएर स्थापित भएको यो ब्रतको महत्व र सन्दर्भ नेपाली परिचय र संस्कृतिसँग जोडिएको छ।

20140115-085034 pm.jpg
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि श्री स्वस्थानीको ब्रत बसेको र चिताएको कुरा पुरा भएको विश्वास गरिन्छ। श्री स्वस्थानीको कथामा धर्म र आराधना आर्थिक हैसियतमा भन्दा पनि मानिसको आत्मिक स्वच्छताका आधारमा गर्नुपर्ने उल्लेख छ।

20140115-103545 am.jpg

भूमण्डलिकरणले नेपालीहरु विश्वभर छरिएका छन् भने प्रविधिले उनीहरुलाई सहज र निकट पनि बनाएको छ। स्वस्थानीको ब्रत र कथा सुन्ने सन्दर्भमा पनि प्रविधिले सहज पक्कै बनाएको छ। तपाइँ विश्वको जुनसुकै कुनामा भएपनि तपाइँले श्री स्वस्थानीको ब्रत गर्न सक्नुहुन्छ भने दैनिक कथा पनि सुन्न सक्नुहुन्छ त्यसका लागि कुनै ब्राम्हण तथा पुस्तकको आवश्यकता पर्दैन। तपाइँलाई स्वस्थानीको कथा सुनाउन वेबसाइट नै तयार छ।
स्वस्थानीडटकम वेबसाईटमा जानका लागी यहाँ क्लिक गर्नुस् । यसमा जानुभयो भने तपाइँले स्वस्थानी ब्रत बस्ने तरिका जान्न सक्नुहुन्छ भने स्वस्थानीको कथा पनि अनलाइन सुन्न सक्नुहुन्छ।
तपाइँले “श्री स्वस्थानी परमेश्वरीको ब्रतकथा” भिडियोमा पनि हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s