कन्सुलरमा मकर हमाललाई आधिकारिक नियुक्ति पत्र, डेढ महिनामा काम शुरु गरिने

20131224-094553 pm.jpg

पुस १०, योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल ।
लामो समयपछि यहाँका व्यवसायी मकर हमालले अवैतनिक महावाणिज्यदूतको कार्य संचालन गर्न आधिकारिक पत्र प्राप्त गरेका छन् । पत्र प्राप्त गरेलगत्तै हमालले बढीमा डेढ महिनाभित्र कन्सुलरसम्बन्धि सबै कार्य शुरु गर्ने बताएका हुन् ।

हमालले हालसम्मका दररेट्भन्दा सस्तोमा सेवा प्रदान गरिने बताए । ‘बेरोजगार र आर्थिक समस्याबाट ग्रसित पोर्तुगलमा रहेका नेपालीहरुलाई सुलभ कार्यालयीय सेवाबाट कार्य प्रारम्भ गरिने छ ।’ उनले भने -‘पर्यटन, बाणिज्य तथा व्यापार, संस्कृति र राजदूतावाससंग सम्बन्धित कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाइने छ ।’

दिल्लीमा रहेको पोर्तुगाली राजदूतावासमा धेरैले समस्या झेलिरहेका छन् । यसको समाधानका लागि कुटनीतिक पहल गरिने छ, हमालले भावी कार्ययोजनाको खाका उल्लेख गरे । नेपाली नेपालीबीच मतभेद र विवाद बढेकोमा त्यसका समाधानका लागि पहल गर्ने उनको दाबी छ।

एनआरएनको गठन हुँदा बढेको विवादका बेला सबैको सहमतिलाई आफूले जोड दिएको हमालको भनाइ थियो। उनले भने – ‘बिगतमा जे जे भए भए, आगामी दिनमा मेरो तर्फबाट कुनै काखापाखा गर्ने छैन।’

एकवर्ष पहिले नेपाल सरकारले हमाललाई कन्सुलरको जिम्मा दिने निर्णय गरे पनि पत्र प्राप्त प्राप्त नभएपछि उनी अलमल्लमा थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s