ल्याबमा बनाइएको कृत्रिम मुटु सफलता पूर्वक लगाइयो


mutu

 

लण्डन, पहिलो पटक ल्याबमा तयार गरिएको कृत्रिम मुटु फ्रान्सका ७५ बर्षका एक बृद्धालाइ लगाइएको छ । मुटु लगाउने डक्टरहरूका अनुसार अहिले बिरामी पुरै होशमा छन र अपरेसनपिछ उनको स्वास्थ्य अबस्था बिस्तारै सुधार हुँदैछ ।

लगभग साँढे २ कोरड रूपैयाको यो मुटुले पाँच बर्ष सम्म काम गर्ने बताइएको छ । यस संगै अब विरामीले मुटुका लागी कुनैपनि दाताको मुख ताक्न नपर्ने भएको छ । यस अघि कृत्रिम मुटु अस्थायी प्रयोगका लागी मात्र बनाइने गरिएको थियो? जुन स्वस्थ मुटु प्राप्त नहुन्जेल सम्मका लागी आपतकालिन सिस्टमको मात्र काम गर्दथ्यो ।

बैज्ञानिकहरूले तयार गरेको कृत्रिम मुटु (तश्विर डेलीमेल)

बैज्ञानिकहरूले तयार गरेको कृत्रिम मुटु (तश्विर डेलीमेल)

फ्रान्सको एक बायोमेडिकल फर्मले यसलाइ बनाएको हो । यसको तौल एक किलोग्राम भन्दा पनि कम रहेको छ । यद्दपी, यो सामान्य स्वस्थ मुटु भन्दा तीन गुणा बढी तौलको हो । कृत्रिममा पनि संकुचन सक्कली मुटुको जस्तै हुने गर्दछ र रगतको बहाव रोगीको मुभमेन्ट अनुसार हुने गर्दछ । यस  मुटुमा कयौं बायोमेटेरियलको प्रयोग गरिएको छ । मुटुको त्यो भाग जुन रगतको सम्पर्कमा आउँदछ, त्यसमा प्लास्टिक जस्तै सिन्थेटिक मेटेरियलको ठाउँमा जानवरहरूको टिश्यूको प्रयोग गरिएको छ, ताकि शरीरले यसलाइ  अस्विकार नगरोस । प्लास्टिकको प्रयोगले रगत जम्ने खतरा रहन्छ । कृत्रिम मुटु लिथियम आयन ब्याट्रीबाट चल्दछ । यी ब्याट्रीहरूलाइ बाहिरबाटनै लगाउन सकिन्छ ।

– दिनेश बास्तोला

(source: medianp)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s