टुजी सेवा भएको सिमकार्डलाई यसरी बनाऔं थ्रीजी (3G)

20131222-105649 am.jpg

तपाइँ नेपाल टेलिकमको जीएसएम मोबाइल चलाउनु हुन्छ भने तपाइँका लागि टेलिकमले सित्तैमा थ्रीजी चलाउने अवसर दिने भएको छ। यसको मतलब हो तपाइँ टेलिकमको टुजी नेटवर्क र सेवाबाट सित्तैमा थ्रीजी नेटवर्क र सेवामा प्रवेश गर्नसक्नुहुन्छ। जसमा तपाइँले टुजीमा भन्दा धेरै गतिको इन्टरनेट पाउन सक्नुहुन्छ। त्यो पनि सस्तो शूल्कदरमा ।

के छ यसमा ?

नेपाल टेलिकमले विस्तार र सुधार गर्दै गइरहेको थ्रीजी सेवामा ७.२ एमबीपीएस गति सम्मको इन्टरनेट सेवा रहेको छ। जुन टुजी नेटवर्कमा अहिले चलाइरहेको जीपीआरएसको गति भन्दा निक्कै नै धेरै हो ।

थ्रीजी मोबाइल सेवामा तपाइँ भिडियो कल गर्नसक्नुहुन्छ। यसको मतलब हो अनुहार हेर्दै फोनमा कुराकानी गर्ने सुविधा यसमा छ। यसको शुल्क पनि सस्तो नै छ। करबाहेक टेलिकमले थ्रीजीमा भिडियो कल गर्दा २ रुपैंया मिनेट लाग्छ ।

टेलिकमको थ्रीजीमा सस्तो इन्टरनेट सेवा छ। प्रतिस्पर्धी एनसेलको भन्दा आधा सस्तोमा टेलिकमको थ्रीजी इन्टरनेट उपलब्ध हुन्छ ।

टेलिकमले १० पैसा प्रति १०० केबीको दरमा डाटा प्याकेज दिइरहेको छ जुन एमबीमा हिसाब गर्दा १ रुपैंया हुन्छ।

यतिखेर नेपालमा जीएसएम प्रविधिमा दुई कम्पनीले मात्र थ्रीजी सेवा दिइरहेका छन्। एनसेल र नेपाल टेलिकम। एनसेलले थ्रीजीमा डाटा प्याकेजमा इन्टरनेट सेवा दिइरहेको छ जुन प्याकेज बाहिर निक्कै महँगो र प्याकेजमा पनि टेलिकमको भन्दा शतप्रतिशत महँगो छ। टेलिकमले भने थ्रीजीमा कुनै प्याकेज बनाएको छैन सिधै जति चलाएपनि एउटै दरमा इन्टरनेट उपलब्ध हुन्छ।

20131222-110026 am.jpg

कसरी बनाउने थ्रीजी ?

तपाइँसँग थ्रीजी सेवालाई सपोर्ट गर्ने मोबाइल फोन छ (आजकल स्मार्टफोन सबैले सपोर्ट गर्छन्) भने तपाइँले एउटा एसएमएस गरेर नै आफ्नो फोनलाई थ्रीजी बनाउन सक्नुहुन्छ। त्यसका लागि एसएमएसमा थ्रीजी टाइप गर्नुहोस् र १४०० मा पठाउनुहोस्। यतिगरेपछि तपाइँलाई टेलिकमबाट तपाइँको सीम र नेटवर्क थ्रीजीमा रुपान्तरण भएको सन्देश आउँछ। यसको कुनै शुल्क पनि लाग्दैन।

यो टेलिकमको अफरको मौका हो नत्र भने टुजी लिइरहेका प्रिपेड प्रयोगकर्ताहरुले टुजीसीम परिवर्तन गरेर थ्रीजी लिँदा १ सय रुपैंया लाग्ने गरेको थियो।

20131222-110220 am.jpg

(स्रोत्: दूरसंचार)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s