यस् खालका इमेल खोल्दा विचार पुर्याउनु है, नत्र ह्याक् होला

कुनै पनि व्यवसायिक वा व्यक्तिगत प्रयोजनले पठाइने इमेलहरुमा त्यसको विषय अर्थात सब्जेक्टले निकै महत्व राख्दछ ।

सब्जेक्ट इमेलमा समावेश भएका विषयवस्तुको छोटो जानकारी पनि हो । तर अहिले साइबर अपराधीहरुले प्राय प्रयोग भैरहने व्यवसायीक र आधिकारीक जस्तो देखिने सब्जेक्टलाई प्रयोग गरी झुक्काएर खतरनाक र इन्फेक्टेड फाइलहरु खोल्न र आन्तरिक सुचनाहरु लिएर इमेल ह्याक गर्ने प्रवृति बढिरहेको छ ।

यसरी साइबर अपराधीले इमेल ह्याक गरेपछि व्यवसायिक र व्यक्तिगत रुपमा ठूलो क्षति हुन सक्छ भने आधिकारीक इमेल ठेगानाको गलत प्रयोगसमेत हुन सक्छ । वेभसेन्स रिसर्चले गरेको अध्ययनले ५ वटा विभिन्न विषय वा सब्जेक्टमा आउने इमेल बढी खतरनाक हुनसक्ने भएकाले यस्ता इमेल नखोल्नु वा हटाउनु उचित हुने बताएको छ ।

LinkedIn मा खाता खोल्न आउने निमन्त्रणा

प्राय धेरैको इमेल ठेगानामा connect on LinkedIn? भन्ने सब्जेक्टमा इमेल आइरहेको हुन्छ । यस्तो निमन्त्रणा तपाईलाई साइबर अपराधिले पनि पठाएको हुन सक्छ ।

यदि तपाईंले यो इमेल खोल्नुभएमा विभिन्न खतरनाक र इन्फेक्टेड फाइलहरुसम्म पुग्ने संभावना हुन्छ । त्यसैले सकेसम्म चिन्ने व्यक्तिले पठाएको निमन्त्रणा मात्र खोल्नुहोला । तर सबैभन्दा उत्तम चाँही तपाईले इमेलबाट नभइ सोझै LinkedIn को ठेगाना खोलेर जानु उत्तम हुन्छ ।

Mail delivery failed: returning message to sender

यस्ता सब्जेक्टमा आउने इमेल पनि खतरनाक हुन सक्छ । धेरै इमेल प्रयोगकर्ताले यस्तो सब्जेक्टमा इमेल प्राप्त गर्दा कुन इमेल गएन भनेर हेर्न उत्सुक हुन्छन् ।

त्यसैले अर्को पटक तपाईको इमेलमा यस्तो सब्जेक्टमा इमेल आएमा खोल्नुपूर्व विचार पुर्‍याउनुहोस् ।

Undelivered Mail Returned to Sender

यदि हामीले पठाएको इमेल सम्बन्धीत ठेगानमा जान सकेन भने फर्किएर पुन आफ्नै ठेगानामा आउँछन् र त्यतिबेला यस्तो विषयमा इमेल प्राप्त हुन्छ ।

तर साइबर अपराधीले यो विषयलाई नै झुक्याउने उत्तम उपायका रुपमा बढी प्रयोग गर्ने पाइएको वेभसेन्स रिसर्चको अध्ययनमा उल्लेख छ ।

Dear … Customer

साइबर अपराधिले मानिसहरुलाई आकर्षित गर्न प्रयोग गर्ने यो अर्को राम्रो सब्जेक्ट हो । मानिसहरुलाई आकर्षित गर्न यो एकदमै प्रभावकारी बनेको पनि छ ।

यस्ता सब्जेक्टमा आउने इमेलबाट तपाई आधिकारी जस्तो लाग्ने साइटहरुमा पुग्नुहुन्छ जुन वास्तवमा झुटा हुन्छन् । यस्ता साइटको पहुँच तपाईको गोप्य सुचनासम्म हुन सक्छ ।

important communication

यो सब्जेक्टमा आउने इमेल पनि घातक हुन सक्छ । यस्ता इमेल खोल्नाले तपाईको इमेल ह्याक हुने मात्रै होइन तपाईको कम्प्युटरमा खराबी ल्याउने विभिन्न सफ्टवेयरहरु पनि डाउनलोड हुन सक्छन् ।

त्यसैले यस्ता विषयमा आउने इमेललाई खोल्नुपूर्व विचार पुर्‍याउनुहोस् र सकेसम्म यस्ता इमेल खोल्दै नखोल्नुस् । साथै नचिनेका ठेगानाबाट आउने इमेलहरु खोल्दा पनि विशेष ध्यान पुर्‍याएमा संभावित नोक्सानीबाट बच्न सकिन्छ ।

(सुनीता पहरी/एजेन्सीको सहयोगमा)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s