टन्सिल सम्बन्धी जानकारी:

20131217-090509 pm.jpg
टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ । मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।

टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फोइड तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ । यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ । यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।

लक्षण

सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ । विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ । पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।

उपचार

बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।
टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ ।

सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस) अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ । यसमा दोहोरी–दोहोरी घाँटी दुख्ने, घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने गर्छ । परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन् । घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन् ।

उपचार

नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुन पानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनै पनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५ पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ । बालबालिकलाई अरु भित्रि असर नहोस भनेर चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s