कसरी छानिन्छन् समानुपातिक सभासद ?

१० मंसिर, काठमाडौं ।
प्रत्यक्षतर्फको चुनावी परिणाम आइसकेपछि यतिबेला धमाधम समानुपातिकतर्फको मतगणना भइरहेको छ । तर, दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सभासदहरुको छनौट कसरी गरिन्छ भन्नेबारे राष्ट्रपतिदेखि दलका नेताहरुमा समेत अलमलमा देखिएको छ । कतिपयले चाँहि दलले प्राप्त गरेको मतलाई ३ सय ३५ ले भाग गर्दा आउने मतसंख्या बराबर १ सीट जित्ने हिसाब निकालिरहेका छन् । तर, त्यसरी निकालिने हिसाब सही हुँदैन । समानुपातिक सभासद छान्ने एउटा निश्चित सूत्र छ, जसबारे संविधानसभा निर्वाचन अध्यादेशको अनुसूचि ३ मा सविस्तार उल्लेख गरिएको छ ।
०६४ सालको थ्रेसहोल्ड २३ हजार
पहिलो संविधानसभा चुनावमा समानुपातिकतर्फ खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहेको थियो । यसलाई ३३५ सीट संख्याले भाग गर्ने हो भने ३२०५६ हुन आउँछ । तर, ०६४ सालको संविधानसभामा २३ हजार ५ सय १२ मत ल्याउने परिवार दललेसमेत एक सीट पाएको थियो । त्यस्तै प्रेमबहादुर सिंहको लोकतान्त्रिक समाजवादी दलले २५ हजार मत ल्याएर १ सीट जितेको थियो । मुल मतसंख्यालाई सीट संख्याले भाग गरेकै आधारमा समानुपातिकको सीट निस्कने भने अघिल्लो चुनावमा ३२ हजार ५६ भन्दा कम मत ल्याउने परिवार दल लगायतले सीट हासिल गर्न सक्ने थिएनन् । तर, समानुपातिकको मत गणनासम्बन्धी अलग्गै सूत्रका कारण २३ हजार ल्याउनेले पनि चुनाव जित्न सम्भव भएको हो ।
यस्तो थियो ०६४ को परिणाम
पहिलो संविधानसभामा खसेको कुल सदर मत १ करोड ७ लाख ३९ हजार ७८ रहे पनि समानुपातिकको गणनामा नपरी खेर गएको मत संख्या २ लाख ६७ हजार ४ सय ४८ थियो । पहिलो चुनावमा समानुपातिक निर्वाचनमा ५४ दलको सहभागिता रहे पनि २५ वटा दलमात्रै संविधानसभामा आउन सफल भएका थिए । यीमध्ये ६ वटा दल एकसीटे थिए भने दुई सीट जित्ने दलहरुको संख्या पनि ६ रहेको थियो । त्यसैगरी दुईवटा दलले ३ सीट, एउटा दलले ४ सीट र दुईवटा दलले ८/८ सीट जितेका थिए । १० भन्दा माथि समानुपातिक सीट जित्ने दलहरुको संख्या ५ मात्रै थियो । पहिलो चुनावमा समानुपातिकतर्फ एमाओवादीले १ सय सीट, कांग्रेसले ७३, एमालेले ७०, मधेसी जनअधिकार फोरमले २२ र तमलोपाले ११ सीट जितेका थिए ।
दोस्रो संविधानसभाको अनुमान
अघिल्लो चुनावमा भन्द कम मतदाता भएकाले यसपालि करिब ७०/७५ लाखको हाराहारीमा सदर मत देखिने सम्भावना छ । विगतमा ५४ दलले मात्रै समानुपातिकमा भाग लिएको र हाल १ सय २२ दल सहभागी भएकाले विगतको भन्दा धेरै मत खेर जाने देखिन्छ । जस्तो कि थ्रेस होल्डभन्दा कम मत ल्याउने दलहरुको मत खेर जान्छ, अघिल्लो निर्वाचनमा २६ औं दलदेखि ५४ औं दलले प्राप्त गरेको २ लाख ६७ हजार मत खेर गएजस्तै ।
तर, अहिलेको चुनावमा समानुपातिकतर्फ सीट जित्नका लागि विगतमा जस्तो २३ हजार मत ल्याइराख्नुपर्दैन । संभवतः २० हजार भन्दा कम मत ल्याउने दलले पनि संविधानसभामा एक सीटमा भए पनि सहभागिता जनाउन पाउँछ । विगतमा २५ दल मात्रै सहभागी भएको संविधानसभामा यसपालि भने ३० दलसम्म पुग्ने सम्भावना छ ।
कसरी गरिन्छ छनौट ?
समानुपातिक तफृको मत गणना गर्ने विधि संविधानसभा निर्वातन अध्यादेश-२०७० को अनुस्ची ३ मा दिइएको छ । त्यहाँ उल्लेख गरिएको विधि अनुसार मत विभाजक सूत्र अनुसार प्रत्येक दलको खसेको मतलाई क्योसेन्ट पद्दतिबाट विभिन्न भाजकहरुले विभाजन गरिन्छ । जस्तो कि शुरुमा १.४ ले दलको मतलाई भाग गरिन्छ भने त्यसपछि ३, ५, ७, ९, ११, १३ आदि विजोर अंकले भाग गर्दै ३ सय ३५ सीटसम्म सीट नसकिँदासम्म यसैगरी भाग गरिन्छ । त्यसबाट भागफल प्राप्त भएपछि ठूलो भागफललाई सीटसंख्याका रुपमा जोड्दै तलतर्फ झरिन्छ र सीटको बाँडफाँड गरिन्छ । तर, निर्वाचन आयोगसँग यसबारेमा विशेष प्रकारको सफ्वेयर भएकाले सीट संख्या गणना गर्न अप्ठ्यारो भने पर्दैन ।जस्तै, १३ लाख कुल मतदाता रहेको अवस्थामा पाँचवटा दलबाट समानुपातिक सीट बाँड्नुपर्‍यो भने निम्नि अनुसारको विधि अपनाइने अध्यादेशको अनुसूची ३ मा उदाहरण दिइएको छ –

20131125-052517 pm.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s