कम्प्युटर छिटो चलोस् भन्ने चाहना सबैको हुन्छ। तर दुखको कुरा जति धेरै मूल्यमा किनेको भएपनि र जति शक्तिशाली प्रोसेसर राखेको भएपनि चलाउन थालेपछि कम्प्युटरको गति आफै सुस्तो हुन्छ। कम्प्युटरको सुस्तो गतिले तपाइँलाई मात्र होइन सबै कम्प्युटर चलाउनेलाई हैरान नै पारेको हुन्छ। कम्प्युटर खुल्न र त्यसमा काम गर्नमा समेत सुस्तो मात्र होइन कम्प्युटरमा भएका फाइल तथा फोल्डरहरु पेन ड्राइभ, एक्स्टर्नल हार्डड्राइभमा तथा ती ड्राइभबाट कम्प्युटरमा कपी गर्नमा समेत सुस्तो हुन्छ। फिल्म, सफ्टवेयर, गेम, गीत तथा अरु फाइलहरु जुन कार्यालय, मनोरञ्जन तथा कामका हुनसक्छन् ती कम्प्युटरबाट बाहिरी ड्राइभमा तथा ड्राइभबाट कम्प्युटरमा कपी गर्दा धेरै समय लागेर हैरान हुनुभएको छ भने त्यसबाट मुक्ति पाउने जुक्ति पनि छ।
कम्प्युटरका ठूला फाइलहरु कम्प्युटरबाट वा कम्प्युटरमा सार्नका लागि लाग्ने लामो समयलाई छोट्याउन र कपी गर्नका लागि कम्प्युटरको गती बढाउनका लागि फाइलहरुलाई सानो आकार र फरक फरक समयमा कपी गरिरहनु जरुरी छैन। ठूला फाइल तथा फिल्म एवं गेमहरुलाई कम्प्युटरमा वा कम्प्युटरबाट बाहिरी ड्राइभमा सार्नका लागि कम्प्युटरको गतिलाई छिटो बनाउनका लागि एउटा सानो सफ्टवेयर निशुल्क उपलब्ध छ। जुन आकारमा पनि सानो छ र कपी गर्ने गतिलाई पनि निक्कै नै छिटो बनाउँछ। सफ्टवेयरको नाम हो टेरा कपी। जसले कपी गर्ने गतिलाई छिटो बनाउँछ त्यसका लागि कुनै सेटिङ पनि गरिरहनु पर्दैन। बस यो सफ्टवेयरलाई यहाँ बाट डाउनलोड गर्नुस् अनि कम्प्युटरमा स्थापित (इन्स्टल) गर्नुस्।