तपाइँको आइफोनले अब थर्मोमिटरको पनि काम गर्छ। आइफोनलाई थर्मोमिटरको काम गराउनका लागि नयाँ मोबाइल एपको विकास भएको छ। जसले आइफोनलाई ज्वरो नाप्ने थर्मोमिटर बनाउने छ। जसले बालबालिकाका अभिभावकलाई बालबालिकाको शरिरको तापक्रम साथै सम्भावित रोगका लक्षणहरुका बारेमा सूचित गर्नेछ।
यसका लागि आइफोनमा रहेको ज्याकमा थर्मोमिटर उपकरण जोड्नुपर्छ। थर्मोमिटर जोडेपछि यसले तापक्रम साथै सम्भावित रोग र लक्षणको सूचि देखाउँछ जसबाट आइफोन बोक्नेहरुले ज्वरो र रोगका बारेमा आफै जानकारी पाउन सक्छन्।
थर्मोमिटर एपले आइफोन लिनेको स्वास्थ्य अवस्थाको संग्रह गरेर समय समयमा स्वास्थ्यको बारेमा भविष्यवाणी र पूर्वानुमान समेत गर्दछ। साथै फोन लिनेको आसपास बस्नेहरुको लक्षणसँग दाँजेर वरपर के भइरहेको छ त्यसको समेत जानकारी दिन्छ।
यो सब खुबी तपाइँको आइफोनमा हाल्ने उपकरण हो किन्सा स्मार्ट थर्मोमिटर। विशेष गरेर यो बालबालिका र उनीहरुका अभिभावकलाई लक्षित गरेर विकास गरिएको हो। यसखालको उपकरण निर्माता इन्दर सिंह आफू बिरामी हुँदा देखिएका अनेकन अनौठा लक्षणहरुका बारेमा आफूले सजिलै जानकारी नपाएकाले तापक्रम नाप्ने यन्त्र थर्मोमिटरमा नै क्रान्तिकारी परिवर्तन गर्न खोजेको बताउँछन्। थर्मोमिटर विश्वभर प्रसिद्ध र प्रयोग हुने स्वास्थ्य उपकरण हो भने ज्वरो आफैमा कुनै रोग नभएर रोगको लक्षण हो।
किन्सा स्मार्ट थर्मोमिटर बजारमा उपलब्ध हुने क्रममा रहेको छ। यतिखेर भने उसले अनलाइनबाट यसको अर्डर लिइरहेको छ। यसबारेमा थप जानकारी तथा थर्मोमिटर आफ्नो लागि बुक गर्न यहाँ क्लिक गर्नुहोस्।