भारतको नयाँ भिसा नीतिले नेपाललाई फाइदा:

काठमाडौं, आश्विन २४ –
भारतले थप ४० देशका पर्यटकलाई एयरपोर्टमै भिसा (अनअराइभल भिसा) दिने नीति ल्याउने तयारी गरेपछि नेपालले समेत फाइदा लिन सक्ने सम्भावना बढेको छ । उक्त नयाँ व्यवस्थालाई तत्काल मन्त्रिपरिषद्द्वारा पारित गरी लागू गरिने योजनामन्त्री राजीव शुक्लाले सञ्चारमाध्यमलाई बताएका थिए ।

भारतीय नयाँ व्यवस्थाले अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, अस्ट्रेलिया, दुबई, साउदी अरेयिबा, जर्मनी, फ्रान्स, इटली, स्विडेन, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, अस्टि्रया, डेनमार्क, पोल्यान्ड, नर्वे, आयरल्यान्डलगायत मुलुकबाट आउने पर्यटकलाई एयरपोर्टमै भिसा दिने छ । पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालका अनुसार भारतको न्यूनतम १७ दिनको प्याकेजमा घुम्न आउनेले ३ देखि ४ दिन नेपालका लागि छुट्याउन सक्छन् । ‘भारत आउनेमध्ये थोरैले पनि आफ्नो कार्यक्रम नेपालका लागि छुट्याए त्यसले हामीलाई राम्रै गर्छ,’ उनले भने । अहिलेको स्थितिमा भारत घुम्न आउने नेपाल पनि पस्नेको संख्या भने थोरै छ । नेपालले तिब्बत बेचेजस्तो भारतीय एजेन्सीले नेपालका गन्तव्यलाई आफ्नो प्याकेजमा राखेर बेच्न सक्ने सम्भावना रहेको उनले बताए ।

भारतले यसअघि नै ११ मुलुक जापान, फिनल्यान्ड, सिंगापुर, इन्डोनेसिया, लक्जर्मबर्ग, न्युजिल्यान्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्स, लाओस र म्यानमारलाई अन अराइभलको सुविधा दिएको थियो । ‘यी मुलुकका पर्यटक हामीकहाँ धेरै छैनन्,’ बरालले भने, ‘उनीहरूलाई ल्याउन आक्रमक प्रवर्द्धन आवश्यक छ ।’

नेपालमा भारत भएर आउने विदेशी पाहुना हवाई र स्थलमार्ग गरी साढे ३१ प्रतिशत छन् । ‘यसमध्ये कति भारत घुमेर नेपाल पसेका हुन्, छुट्याउन गाह्रो छ,’ बरालले भने, ‘नेपालबाट सीधा उडान नहुने देशका पर्यटक बढी भारत भएरै आउँछन् ।’

वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार सन् २०१२ मा ६५ लाख ८० हजार पर्यटकले भारत घुमेका छन् । भारतमा पर्यटन क्ष्ाेत्रको कुल गार्हस्थ उत्पादनमा ६ दशमलव ४ प्रतिशत हिस्सा छ । दिल्लीमा एकपछि अर्को गर्दै बढ्न थालेको बलात्कारका घटनाले पर्यटक आगमनमा कमी भने आउन थालेको छ । पर्यटन क्षेत्रलाई उँभो लगाउन सरकारले नयाँ जुक्ति अपनाएको विश्लेषकहरूको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाटा) का पूर्वअध्यक्ष रामकाजी कोनेका अनुसार भारत आउने पर्यटकको प्याकेजमा नेपाल र भुटान खोज्नेहरू बढी हुन्छन् । ‘तर हवाई भाडा महँगो हुँदाँ सम्भावितलाई पनि ल्याउन सकिएको छैन,’

उनले भने । दसैंको बेला दिल्लीबाट काठमाडौं आउने बजेट एयरलाईन्सको एकतर्फी टिकट नै ४५ हजार रुपैयाँसम्म पुगेको छ । ध्वजाबाहक नेपाल वायुसेवाले दिल्ली उडान बन्द गरिसकेको छ । निगमको उडान संख्या बढ्नासाथ अन्तर्राष्ट्रिय विमान कम्पनीसँग प्रतिस्पर्धा बढेर भाडा कम पर्न जान्छ ।

विश्व पर्यटन संगठनले केही समयअघि भिसा सरलीकरण गर्दा पर्यटक आवागमन, आम्दानी र रोजगारी सबै वृद्धि हुने एक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार यसले एसिया प्रशान्त क्षेत्रमा थप २६ लाखले रोजगारी पाउने उल्लेख छ । यो प्रतिवेदन सार्वजनिक भएको केही दिनमै भारतीय सरकारले थप मुलुकलाई अन अराइभल भिसाको सुविधा दिने तयारी गरेको कुरा सार्वजनिक गरेको हो ।

– (स्रोत: कान्तिपुर दैनिक)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s