पाठेघर खस्ने कारणहरु ( डा. अरुणा उप्रेती)

20131010-020338 pm.jpg

चिकित्साशास्त्रको दृटिकोणले पाठेघर खस्नाको मुख्य कारण पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुँदै जानु हो । प्रजनन अंगसँग सम्बन्धित कारणमध्ये पाठेघरलाई धानेर राख्ने तन्तुहरू लच्किँने, पाठेघरलाई कसेर राखेको भुइँमा संक्रमण हुने आदि हुन् । तर सामाजिक दृष्टिकोणले हेर्ने हो भने पाठेघर खस्ने अन्य थुप्रै कारणहरु छन् ।

सानो उमेरमा विवाह — शरीरको पूर्णरुपले विकास नहुँदै विवाह गरेपछि यौन सम्बन्ध पनि चाँडै हुन जान्छ । शारीरिक रुपमा आमा बन्नको लागि १९ वर्षभन्दा पहिले अंगप्रत्यंग पूर्णरुपले विकसित भइसकेका हुँदैनन् । प्रजनन अंग र पाठेघरको पनि विकास पूर्णरुपमा भएको हुँदैन । यस्तो बेलामा गर्भ रहन गएमा आमा बन्दाखेरी निकै कठिनाइ हुन्छ । सानै उमेरदेखि आमा बन्दा शरीर कमजोर हुँदै जान्छ र पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुन्छ र पाठेघर झर्न जान्छ । सानै उमेरमा विवाह गरेपछि धेरै बच्चा हुने सम्भावना पनि बढ्दै जान्छ र यो पनि पाठेघरका तन्तुहरुलाई अड्याइ राख्न सक्षम हुँदैन र पाठेघर बिस्तारै तल आउँछ ।

गह्रौं भारी बोक्नु — सुत्केरी भएका महिलाहरुले कमसेकम छ हप्ता गह्रौं भारी उचाल्नु हुन्न । किनभने बच्चा पाएपछि पाठेघर पूर्णरुपमा पहिलेको स्थानमा फर्कन छ हप्ता लाग्छ । तर हाम्रो देशका विभिन्न ठाउँमा किशोरीहरु आमा बन्ने र सुत्केरी भएको केही दिनपछि नै घाँस र दाउराको भारी उचाल्ने, गाईभैँसीलाई कुँडो पकाउने, ठूलो भाँडा उचाल्ने, टाढाटाढासम्म पानी लिन जाने र लामो समयसम्म लुगाहरु धुने गर्छन् । यस्तो अवस्थामा कमजोर शरीर र कमजोर मांसपेशी भएको कारणले प्राकृतिकरुपमा रहेको ठाउँबाट पाठेघर बिस्तारै खस्दै जान्छ ।

स्वास्थ्य सेवा नपाउनु — नेपालका धेरैजसो ठाउँमा स्वास्थ्य सेवाको अभाव त छँदैछ, त्यसमाथि पनि सुत्केरी हुँदा सेवा दिन सक्ने दक्ष जनशक्तिको झन् नै अभाव छ । नेपालमा अहिले पनि ८० प्रतिशतभन्दा बढी महिला घरमा नै सुत्केरी हुन्छन् । अनेक किसिमका गलत धारणा, अज्ञानताले गर्दा बच्चा पाएपछि महिलाले राम्रो स्याहार पाउँदैनन् र यो पनि पाठेघर खस्ने कारण बन्न जान्छ । जस्तो साल निस्केन भने कुटो झुण्ड्याउने र महिलालाई हिँड्न लगाउने आदि ।

स्वास्थ्य सेवा भएको ठाउँमा पनि महिलाको कमजोर पारिवारिक र आर्थिक स्थितिले स्वास्थ्य चौकीमा भएको ठाउँमा जान पनि सक्दैनन् । उनीहरुसँग जान पैसा हुँदैन र परिवारले यसको बारेमा केही पनि सोचेको पाइँदैन । कतिपय ठाउँमा चाहिँ सांस्कृतिक कारणले गर्दा भएका स्वास्थ्य चौकीको पनि उपयोग हुन पाएको छैन ।

सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु — कतिपय ठाउँमा सुत्केरीलाई हरियो सागपात, अन्न र माछामासु दिन हुन्न भन्ने धारणा छ । अझ सुदूरपश्चिमका कतिपय ठाउँहरुमा त महिलालाई घरबाट बाहिर गाईगोठ वा छौपडीमा राख्नु पर्छ भन्ने सांस्कृतिक चलन छ । यस्तो ठाउँमा अनेक प्रकारका संक्रमण त हुन्छन् नै, स्याहारको अभाव र पोषणको कमीले महिलाको शरीर कमजोर हुँदै जान्छ । यही समयमा यदि उनलाई गाह्रो प्रकारका काम गर्न प¥यो भने त पाठटेघरलाई समातेर राख्ने नलीहरु कमजोर हुँदै जान्छन् र कहिलेकाहिँ बिस्तारै कहिले एकैचोटि पाठेघर निस्केर आउँछ ।
लाज र भय — कतिपय महिलालाई समस्या थाहा छ, स्वास्थ्य चौकी पनि छ, आर्थिक स्थिति पनि ठीक छ, तर अरुले केही नराम्रो भन्लान् कि जिस्काउलान् कि भनेर पनि उनीहरु स्वास्थ्य चौकी जाँदैनन् र सहेर बस्छन् । यसले गर्दा बिस्तारै समस्याले नराम्रो रुप लिँदै जान्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s