युरिक एसिडको समस्या: डाक्टरको सल्लाह

(जानकारी शेयर गर्ने गर्नुहोला ता की अन्य व्यक्ति ले पनि केही ज्ञान पाओस )
===============================
डा. बुद्धि पौडयाल
४० वर्षीय राजेशका दुवै गोडाका बूढीऔंला बेला-बेला रन्किएर दुख्ने र सुन्निने गरेको तीन वर्षभयो । गएको केही महिनादेखि गोलीगाँठा र घुँडासमेत दुख्न थाले । नजिकैको औषधी पसलबाट किनेको नदुख्ने औषधीले उनको दुखाइ त निको हुन्थ्योे, तर केही महिनापछि उही समस्या दोहोरिइरहन्थ्यो ।७० वर्षीय राममाया उच्च रक्तचाप, मधुमेह, मुटुको रोग र मोटोपनबाट ग्रसित छन् । केही वर्षयता उनले दैनिक ७ थरीका औषधी सेवन गरिरहेकी छन् । गएको तीन वर्षदेखी बेला-बेला उनका हातगोडाका जोर्नी दुख्ने र सुन्निने गर्छन् । गत ६ महिनादेखि हातगोडाका केही औंला र दाहिने कुहिनामा स-साना सेता गिर्खा पनि देखिएका छन् । जाँच गर्दा रगतमा युरिक एसिड बढेको देखियो । के हो युरिक एसिड? – युरिक एसिड शरीरमा उत्पन्न हुने विकारयुक्त वस्तु हो । खानामा पाइने एक किसिमको रसायन -प्युरिन) तथा शरीरका पुराना र नष्ट हुनथालेका कोषहरूबाट युरिक एसिड बन्छ । शरीरले यसलाई मृगौलामार्फत् पिसाबको रूपमा विर्सजन गर्छ । युरिक एसिडको उत्पादन अत्यधिक भएमा वा मृगौलाबाट शरीरमा उत्पादित युरिक एसिडलाई विर्सजन गर्ने कार्यमा कमजोरी भएमा रगतमा यसको मात्रा बढ्न जान्छ । सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिलीग्रामभन्दा बढी भए उच्च युरिक एसिड भएको मानिन्छ ।युरिक एसिड बढ्नाले के हुन्छ? – रगतमा युरिक एसिडको मात्रा बढी भए पनि बिरामीमा कुनै लक्षण नदेखिन सक्छ । उच्च युरिक एसिडका लगभग ९० प्रतिशतजति बिरामीमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ । तर करिब ५-१० प्रतिशतमा भने युरिक एसिड जोर्नीमा जम्न पुग्छ र गाउट भनिने एक किसिमको बाथ गराउँछ । गाउटले सुरु-सुरुमा एउटामात्र जोर्नीमा – मुख्यतः खुट्टाको बूढीआंैलामा) टन्किएर दुख्ने, सुन्निने गराउँछ । तर रोग छिप्पिदै गएपछि यसले अरू जोर्नीमा पनि असर पार्न सक्छ । गाउट प्रायः अधबैंसे तथा बढ्दो उमेरका पुरुषलाई हुन्छ, महिलामा भने यो रोग प्रायःजसो महिनावारी बन्द भएपछि मात्र सुरु हुन्छ । कुनै समयमा उच्च युरिक एसिड मांसाहारी खाना र मद्यपानसँग सम्बन्धित थियो र यसलाई धनीमानीको रोगको रूपमा लिइन्थ्यो । तर हिजोआज सहरी खानपानको प्रभावले सामान्य मानिसमा पनि यो समस्या देखापर्न थालेको छ । प्रायः उच्च प्युरिनयुक्त खाना, भोज -बियर, माछामासु, गेडागुडी आदि) खाएको केही घन्टापछि एक्कासी मध्यरातमा गाउटको दुखाइ सुरु हुन्छ । कसै-कसैमा भने यो जोर्नीमा चोटपटक लागेर वा अन्य कुनै रोगका लागि अस्पताल भर्ना भएको बेला देखिन्छ । उच्च रक्तचापको उपचारमा प्रयोग हुने, पिसाब लगाउने औषधी -थाएजाइड) को प्रयोगले पनि कसै-कसैमा युरिक एसिडको समस्या निम्त्याउन सक्छ । त्यस्तै उच्च युरिक एसिडको एउटा कारक तत्त्व वंशाणुगत असर पनि भएकोले कुनै परिवारमा एकभन्दा धेरै सदस्यलाई यसको समस्या देखिन सक्छ । गाउटको सुजन सामान्यतया एकपटकमा एक हप्ताजति रहन्छ । नदुख्ने औषधीको प्रयोगबाट अथवा कहिलेकाँही आफैं पनि गाउटको दुखाइ कम हुन्छ । यद्यपि केही महिना वा वर्षश्चात त्यही वा अर्को जोर्नीमा बल्झिने सम्भावना भने रहिरहन्छ । माथि वर्णन् गरिएको राजेशको जोर्नी दुखाइ यसैको दृष्टान्त हो । दीर्घकालीन् असरलामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहे पटक-पटकको जोर्नीको सुजनले प्रभावित जोर्नीहरू बिग्रन्छन्, बांगिन्छन् र आफ्नो काम गर्न छाड्छन् । त्यस्तै विभिन्न तन्तुहरूमा युरिक एसिड जमेर -यसरी जमेको युरिक एसिडलाई अंग्रेजीमा टोफस भनिन्छ) सेता गिर्खा देखिन्छन्, जसले ती अंगको बनावट र काममा असर पार्न सक्छ । जस्तै- मृगौलामा युरिक एसिड जम्न गई पत्थरी बन्ने र धेरै वर्षछि मृगौलाले कामै नगर्ने -किडनी फेलर) हुनसक्छ । यसका साथै उच्च युरिक एसिड मोटोपन, उच्च रक्तचाप, मधुमेह एवं मुटुको रोगसँग पनि सम्बन्धित् भएको पाइएको छ । माथि बयान गरिएकी राममाया यसकी एक दृष्टान्त हुन् । मिथ्या धारणा-जुनसुकै उमेरको मानिसमा जोर्नी मांसपेशी, ढाड तथा हातगोडा दुखेमा वा झमझम गरेमा युरिक एसिडलाई दोष दिने गरिन्छ । जुन वास्तवमा सत्य होइन । माथि भनेजस्तै युरिक एसिडबाट हुने बाथले प्रायः खुट्टाका जोर्नी -बूढीआंैला) र धेरैपछि मात्र हातका जोर्नी र यस वरपरका तन्तुहरूमा असर पार्छ । त्यस्तै महिलाहरूमा युरिक एसिडको दुखाइ महिनावारी रोकिनुअघि हुँदैहुँदैन भने पनि हुन्छ । हाम्रो समाजमा उच्च युरिक एसिड भएका व्यक्तिहरूलाई दैनिक रूपमा उपभोग गरिने खानेकुराहरू यति धेरै वर्जित गरिन्छ कि कहिलेकाँही त अन्य खानेकुरा बाँकी नै रहँदैनन् । उदाहरणका लागि दही, दूध सागपात, टमाटर, मासको दाल, काउली आदिले रोग बढाउँछ भनिन्छ, जुन सत्य होइन । किनभने रगतमा भएको युरिक एसिडमध्ये करिब ९० प्रतिशत शरीरभित्रैबाट बनेर आउने र खानाबाट १० प्रतिशतमात्र बन्ने भएकाले धेरै प्युरिन भएको खानाबाहेक अन्य खानाको रगतमा युरिक एसिड बढाउनमा खासै भूमिका हुँदैन । त्यसैले उच्च युरिक एसिडका बिरामीले रक्सी, माछा, मासु र गेडागुडीमा नियन्त्रणबाहेक अन्य खानामा नियन्त्रण गर्नु जरुरी छैन ।उच्च युरिक एसिडरगतमा युरिक एसिडको मात्रा बढ्दैमा उपचार जरुरत पर्दैन । तर जोर्नीमा युरिक एसिड जमी गाउट भएको छ भने दुखाइ र सुन्निने कम गर्न सुजन कम गर्ने औषधी -एन्टी इन्फलामेटोरी) को आवश्यकता पर्छ । त्यस्तै कहिलेकाँही जोर्नीमै सुई दिएर पनि गाउटको उपचार गरिन्छ । युरिक एसिडले गर्दा पटक-पटक बाथ भएको अवस्थामा वा जोर्नी लगायत शरीरका विभिन्न अंगमा युरिक एसिड जमी समस्या भए चिकित्सकको परामर्शमा युरिक एसिड कम गर्ने औषधी सेवन जरुरी हुन्छ । हरेक दीर्घरोगको उपचारमा जस्तै यसको उपचारमा पनि चिकित्सक र बिरामीको सहभागिता उत्तिकै जरुरी छ । हरेक बिरामीले आफूले सेवन गरेको औषधीको प्रयोजन, खाने तरिका र हानिकारक असरबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । प्रशस्त पानी पिउनाले युरिक एसिड पिसाबमा बगेर जान्छ र मृगौलामा पत्थरी बन्नबाट जोगिन सकिन्छ । मोटोपनाले युरिक एसिड बढाउने भएकाले आफ्नो तौलमा नियन्त्रण गर्नुपर्छ । खानेकुराको हकमा रातो मासु, कलेजो, गोभी, रक्सी तथा गेडागुडीमा नियन्त्रण जरुरी छ । तर यसो भन्दैमा खानै नहुनेचाँहि होइन । रोगको अवस्था हेरी जोर्नीको व्यायाम र फिजियोथेरापीको समेत आवश्यकता पर्छ ।

लेखक, पाटन अस्पतालका बाथरोग विशेषज्ञ हुन् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s