वेबसाइटका विज्ञापनलाई गर्नुस बिदाइ

इन्टरनेट चलाउनेहरुका लागि वेबसाइट र तीनमा देखिने विज्ञापन सामान्य कुरा हुन्। सामान्य यो अर्थमा कि सँधै देख्दा र वेबसाइटका सूचना र फोटोसँगै कम्प्युटरमा डाउनलोड भइरहेकाले यो अनौठो अनि नयाँ लाग्दैन। तपाइँलाई याद नहुन सक्छ गुगलका विज्ञापन साथै फ्ल्यास र जीआइएफ जस्ता वेबसाइटमा देखिने विभिन्न विज्ञापनले धेरै ब्याण्डवीथ खाइरहेका हुन्छन्। जसले गर्दा चलाएको आधारमा पैसा काटिने (भोलुमबेस) इन्टरनेट सेवा लिएकाको धेरै पैसा अनुत्पादक रुपमा विज्ञापन हेर्नमा खर्च भइरहेको हुन्छ। त्यसो त इन्टरनेटको गति समेत सुस्त भइरहेको हुन्छ। पप अपका रुपमा विभिन्न वेबसाइटमा खुल्नासाथ विज्ञपनको अर्को विण्डो खुलेर पनि तपाइँलाई हैरान पारिरहेको हुनसक्छ। यसखालका विज्ञापन तथा पप अप र पप डाउनले हैरान हुनु भएको छ। तपाइँको एनसेल डाटाकार्ड वा वाइम्याक्सबाट इन्टरनेट चलाउँदा धेरै पैसा खर्च भइरहेको छ। भने तपाइँको खर्च हुने डाटाको भोलुम घटाउने भरपर्दो उपाय पनि छ। जसले तपाइँले वेबसाइटहरु हेर्दा कम्प्युटरमा डाउनलोड हुने डाटाहरु मध्ये वेबसाइटका विज्ञापन जति हटाइदिन्छ। जसले ती विज्ञापन डाउनलोड हुँदा तीनले खपत गर्ने डाटाको भोलुम खर्च हुनबाट जोगिन्छ। साथै यसले वेबसाइटले डाउनलोड गर्ने विभिन्न खालका कुकीज तथा सफ्टवेयर, स्पाइवेयरबाट समेत जोगाउँछ। यसको प्रयोगबाट तपाइँलाई अनलाइन गोपनियता राख्न पनि सजिलो हुन्छ।

यस भन्दा अगाडि तपाइँले वेबसाइटका विज्ञापन हटाउने बारे पढ्नुभएको थियो  विज्ञापन हटाएर हेरौं वेबसाइट  र मोबाइल एप र वेबसाइटमा हटाऔं विज्ञापन।  यी उपाय हरेक ब्राउजरमा राख्नुपर्ने एड अन र मोबाइलमा राख्ने एपका थिए भने आज चर्चा गर्न खोजिएको चाहिँ कम्प्युटरमा राख्ने सानो सफ्टवेयरको हो।
01 adfender remove website advertisements
त्यसका लागि तपाइँले आफ्नो कम्प्युटरमा सानो सफ्टवेयर इन्स्टल (स्थापित) गर्नुपर्छ। जसको नाम हो एडफेण्डर। यो सफ्टवेयरले सबै खालका इन्टरनेट ब्राउजरमा खोलिने वेबसाइटहरुको विज्ञापन रोकिदिन्छ। जसका कारण तपाइँ कुनै पनि वेबसाइट बिना विज्ञापन हेर्न सक्नुहुन्छ। यसले गर्दा वेबसाइटहरु हेर्दा डाउनलोड हुने डाटाको मात्रा कम भइ तपाइँले लिएको डाटा प्याकमा राम्रो बचत हुन्छ। विशेष गरेर डाउनलोडको आधारमा पैसा लाग्ने (भोलुम बेस) इन्टरनेट लिनेहरुका लागि यो सबै भन्दा उपयोगी हुन्छ। यो एकपटक कम्प्युटरमा स्थापित (इन्स्टल)गरिसकेपछि कुनै पनि ब्राउजर, मेसेन्जर चलाउँदा देखिने विज्ञापनलाई डाउनलोड हुनबाट रोक्छ। जसका कारण तपाइँ आफूले चाहेको वा हेर्न खोजेको बाहेक अन्य डाटा डाउनलोडमा हुने ब्याण्डवीथ र पैसाको खर्च जोगिन्छ।
02 adfender remove website advertisements
यो सफ्टवेयर राखिसकेपछि इन्टरनेट एक्सप्लोरर, फायरफक्स, गुगल क्रोम, सफारी, ओपेरा, एभान्ट, क्रोमिनम लगायतका सबै खालका इन्टरनेट ब्राउजरमा कुनै पनि वेबसाइटका विज्ञापन देखिन्न। यसले तपाइँको इन्टरनेटको स्पीड पनि बढेको अनुभव हुन्छ। किनभने तपाइँको कम्प्युटरमा त्यो मात्र डाउनलोड भइरहेको हुन्छ जुन तपाइँ चाहनुहुन्छ।
03 adfender remove website advertisements
यसले अनावश्यक र वेबसाइटलाई भद्दा देखाउने ब्यानर विज्ञापन, साथै जीआइएफ अनि फोटोका रुपमा राखिएका विज्ञापनहरु पनि हटाइदिन्छ। यसले तपाइँको कम्प्युटरमा इन्टरनेट चलाउँदा विभिन्न वेबसाइटबाट डाउनलोड हुने साना फाइल जसले तपाइँको ब्राउजरको गतिविधिबारे वेबसाइट सञ्चालकलाई जानकारी दिन्छन् (ट्रयाकिङ कुकीज), इन्टरनेट चलाएको इतिहास (हिस्ट्री) सबै हटाइदिन्छ। जसले तपाइँको इन्टरनेट गोपनियता पनि मजबुत हुन्छ।

यसको प्रयोगले तपाइँ सँधैका लागि वेबसाइटका अनवाश्यक विज्ञापन साथै पप अप र पप डाउनबाट मुक्त हुन सक्नुहुन्छ। यो अनावश्यक विज्ञापन हेर्नै पर्ने बाध्यताबाट मुक्ति र इन्टरनेटको गती र सुरक्षा बढाउने राम्रो उपाय हो। यति मात्र नभएर तपाइँलाई यो सफ्टवेयरले कुन वेबसाइट खोल्दा कतिवटा विज्ञापनहरु रोकिए र ती विज्ञापन रोकिएको कारण तपाइँको ब्याण्डवीथ कति बचत भयो भन्ने पनि देखाउँछ। यो सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ। यसलाई यहाँबाट डाउनलोड गरेर कम्प्युटरमा स्थापित गर्नुस् र वेबसाइटका विज्ञापन बाट बच्नुस्। साथै ती डाउनलोड हुँदा लाग्ने पैसा र ब्याण्डवीथको खर्च जोगाउँदै इन्टरनेटको गतिलाई पनि बढाउनुस्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s