यसरी हेरौं खेल लाईभ

साफ च्याम्पियनसिप अर्न्तगत बिहिबार नेपाल आफ्नो मैदानमा भारतसँगको खेल भिडन्तमा छ। राजनीति र कूटनीतिमा लामो समय देखी भारतले अनावश्यक र असहृय हस्तक्षेप गरेका कारण नेपाली आम जनता भारत प्रति नकारात्मक छन्। राष्ट्रिय हक र हितका विषयमा नेपाली जनता भारतको कार्यशैली र गतिविधिको विरोधी नै हुन। त्यसमाथि हरेक राजनीतिक परिवर्तनका क्रममा परिवर्तनकामी भनिएका शक्तिलाई भित्री गुप्तचरी संयन्त्र मार्फत आफ्नो एजेन्टको रुपमा रुपान्तरण गर्ने भारतीय कामले नेपालीहरुको मनमा सदैव भारत प्रति संसय र आक्रोश रहेको छ। त्यसैले पनि होला नेपाली खेलप्रेमी पनि भारतसँगको खेलमा विशेष चाख राख्छन्। उनीहरुको एउटै आशा र आकांक्षा हुन्छ खेलाडीहरु राजनीतिक दलका नेताजस्तो टट्टु नहुन। भारतलाई मैदानमा हराउन भन्ने चाहन्छन्। त्यसैले आज सबैको खास चासो छ भारत विरुद्धको नेपालको खेल प्रदर्शनमा।

दशरथ रंगशालामा प्रत्यक्ष उपस्थित भएर नेपाली खेलाडीले खेलेको हेर्न नसक्ने पनि धेरै छन्। जसले मन मनै र आफ्नो सामाजिक सञ्जालमा नेपालले खेल जितोस् भन्ने चाहना राखेका छन्। टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने भने पनि विभिन्न स्थानमा लोडसेडि ले पनि समस्या उत्पन्न गर्ने पक्का छ। त्यसो त सबैको घरमा टेलिभिजन चल्न पुग्ने गरेर ब्याकअपको व्यवस्था पनि नहुन सक्छ। यस्तो अवस्थामा तपाइँ साफका खेलहरु ल्यापटप तथा मोबाइल उपकरणमा प्रत्यक्ष हेर्न सक्नुहुन्छ। यूट्यूबमा।

यदी तपाइँको इन्टरनेट कनेक्सन कम गतिको छ र यूट्यूब ढिलो खुल्छ। भिडियो Buffering भएर हैरान हुन्छ भने त्यसको सजिलो उपाय छ। जसको कारण तपाइँ बिना Buffering भिडियो देख्न सक्नुहुन्छ। तपाइँको घरको इन्टरनेटको गतिको आधारमा बिना वा कम मात्र Buffering मा भिडियो लाईभ हेर्न सक्नुहुन्छ।

कसरी हेर्ने त?

20130906-120259 PM.jpg

नेपाल जस्तो इन्टरनेटको गति कम भएका मुलुकका लागि यूट्यूबले लाइट भर्सन ल्याएको छ। जसको कारण कम भन्दा कम डाटा डाउनलोड गरि यूट्यूबका भिडियो तथा लाईभ हेर्न सकिन्छ। जसको नाम हो YouTube Feather। यसमा सामान्य रुपमा खुल्ने यूट्यूबमा भन्दा कम मात्र डिजाइन डाउनलोड हुन्छ जसले गर्दा का लागि समय लाग्दैन। लागे पनि निक्कै कम समय। नेपाल टेलिकमको एडीएसएलमा त यसबाट नरोकिइकन भिडियो हेर्न सकिन्छ। त्यसका लागि यो लिंकमा क्लिक गर्नुस्। त्यसपछि देखिने यूट्यूबको यसखालको पेजमा गएर Join the “Feather” Betaमा क्लिक गर्नुस्। त्यसपछि तपाइँले नरोकिइकन खेल वा अन्य भिडियो हेर्न सक्नुहुन्छ।

20130906-120844 PM.jpg

यदी तपाइँ यूट्यूबको यो लाइट भर्सन केही समयको लागि मात्र प्रयोग गर्न चाहनुहुन्छ भने पेजमा देखिएको यस्तो छनौट विकल्प मध्ये मा क्लिक गर्नुस्। यदी सँधै छिटो र नरोकिइकन भिडियो तथा फिल्म हेर्ने हो भने Just this once मा क्लिक गर्नुस्। Permanently मा क्लिक गरेपछि यूट्यूबका सबै सुविधा पाउन सक्नुहुन्छ।

साफ च्याम्पियनशिपको यूट्यूब पेज यो हो।
टेलिभिजन लाईभहरुका कारण सार्कका आठ देशमा यूट्यूबमा खेल लाइभ हेर्नका लागि प्रोक्सी प्रयोग गर्नुहोला। यहाँ बाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s