मोबाइल, यो दूरसञ्चार उपकरण यतिखेरको आवश्यकताको प्राथमिकतामा अघिल्लो लाइनमा नै आउँछ। स्मार्ट प्रविधिको विकाससँगै यो उपकरण स्मार्टफोन बनेको छ। जसमा आवश्यकता अनुसारका सफ्टवेयर (एप) राख्न र हटाउन सकिन्छ। जसले मोबाइलमा नै धेरै सुविधा उपलब्ध हुने भएको छ।
पसल देखी वेबसाइट र सरकारी कामहरु पनि मोबाइलको यिनै एपहरुबाट सम्पन्न हुने अवस्था आइसकेको छ। छिमेकी मुलुक भारतले त मोबाइलमा राख्न मिल्ने यस्ता एपहरुको छुट्टै सरकारी एपस्टोर नै सञ्चालनमा ल्याइसकेको छ। नेपालमा पनि विभिन्न वेबसाइट, एफएम रेडियो साथै सिकारु एप विकासकर्ताहरुले अभ्यासका लागि बनाएका अरु पनि धेरै एपहरु गुगलको प्लेस्टोरमा पाउन सकिन्छ।
गुगलको प्ले एपस्टोरबाट सित्तैंमा पाइने यस्ता एपहरु चलाइरहनु भएको त पक्कै होला। यदी तपाइँलाई पनि आफ्नो वेबसाइट वा ब्लग अनि आफ्नो व्यवसाय प्रवर्द्धनका लागि त्यस्तै मानिसहरुले निशुल्क डाउनलोड गर्न सक्ने खालको मोबाइल एप बनाउन चाहनुहुन्छ भने तपाइँलाई त्यस्तो एउटा अनलाइन सुविधा छ जसले २० मिनेटमा नै तपाइँले चाहे जस्तो मोबाइल एप बनाइदिन्छ। त्यो पनि सित्तैमा।
यसमा अर्को गजबको कुरा के भने तपाइँको मोबाइल एप तपाइँ आफैले बनाउने हो। त्यसका लागि तपाइँले कोड सोड केही पनि जान्नु पर्दैन। खाली एउटा वेबसाइटमा माउस रिंगाएर नै तपाइँको एप तयार हुन्छ। त्यसका लागि राखिएका विभिन्न डिजाइनबाट आफ्ना लागि उपयुक्तको छनौट गर्नुपर्छ बस् त्यति हो। अनि के के सामग्री कहाँ कहाँ राख्ने त्यसको निर्धारण गरेपछि सजिलै मोबाइल एप तयार हुन्छ। त्यो पनि एण्ड्रोइड, आइफोन र एचटीएमएल फाइभ जेमा चाहृयो त्यसैका लागि एप बनाउन सकिन्छ। यस्तो अवसर दिएको छ वेबसाइट इन्फिनिट मंकीजले।
एप बनाउने मात्र होइन त्यो एपलाई सार्वजनिक र निशुल्क डाउनलोडका लागि वेबसाइटमा राख्न पनि सक्नुहुन्छ। निशुल्क २० मिनेटमा मोबाइल एप तयार पार्नका लागि तपाइँले यहाँ क्लिक गरेर जान सक्नुहुन्छ।