अमेरिकामा ग्रीन कार्ड पाउन सकिने केहि कानुनी आधारहरु सम्बन्धि सामान्य जानकारी ।

क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाइल: http://www.facebook.com/bashu.phulara
कार्यालय: (७१८) ६०६-६४७४, इमेल: bp@chhetrylaw.com

तपाईंले अमेरिकामा पोलिटिकल असाइलमका लागि निबेदन दिएर स्वीकृत भएको अवस्था छ भने तपाईंले असाईलीको दर्जा पाउनु हुन्छ। यदी तपाईंले अमेरिकामा असाईलीको दर्जा पाउनुभयो भने निबेदन स्वीकृत भएको १ बर्ष पछाडी तपाईंले अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनु हुन्छ र अमेरिकाको स्थायी बासिन्दा हुन पाउनु हुन्छ। तपाईले पोलिटिकल असाइलमका लागि निबेदन दिदा तपाईले श्रीमती र छोरा-छोरीहरुको नाम पनि राख्नु भएको छ अर्थात उहाहरु असाईलीकोरुपमा तपाईसंग अमेरिकामा आउनु भएको छ भने उहाहरुले पनि अमेरिकाको ग्रीन कार्डका लागि फाइल गर्न पाउनु हुन्छ। विस्तृत जानकारीका लागि, यदि तपाईं आफ्नो देशमा बस्दा खेरी [१] जाति (वर्ण); [२] राष्ट्रियता; [३] धर्म; [४] निश्चित सामुदायिक समुहको सदस्यता; अर्थात,[५] राजनीतिक आस्थाका आधारमा तपाईंलाई कुनै वर्ग अर्थात समुहद्वारा शोशित गरिएको, अभियोग लगाईएको, यातना दिईएको र तपाईं आफ्नो देशमा बस्दा खेरी फेरी पनि पिडित हुने, जिउ ज्यान सुरक्षित नहुने र भविष्यमा पनि तपाईंले आफ्नो देशमा निरन्तर बसिरहेको खण्डमा अर्थात तपाईं विदेशमा हुनु हुन्छ भने आफ्नो देशमा फर्केर गएको खण्डमा गम्भीर जोखिम उठाउनु पर्ने, अर्थात तपाईंलाई माथि उल्लेखित ५ वटा बुँदाहरु मध्ये कुनै एउटा—बुँदा का आधारमा आफूलाई भविष्यमा पनि यातना पाउन सक्ने दरो सम्भावना र डर त्रास तपाईंसँग कायमै छ भने तपाईं अमेरिकामा पोलिटिकल असाइलमका लागि निबेदन दिन योग्य हुनु हुन्छ ।

तपाईको अमेरिकन नागरिकसंग बिबाह भएको खण्डमा तपाईले अमेरिका म ग्रीन कार्ड पाउन सक्नु हुन्छ। अमेरिकन नागरिकसंग बिबाह गरि सके पछी खुशीको कुरा के छ भने संख्यात्मक तरिकाले ग्रीन कार्ड पाउने कुनै सिमित बार्षिक कोटाको बन्देज यसमा हुँदैन र तपाईले चाडै ग्रीन कार्ड पाउन सक्नु हुन्छ तर थाहा पाउनु पर्ने कुरा केछ भने तपाईको बिबाह साचो हुनु पर्छ, कुनै पनि जालसाज र ठगि गरेर बिबाह गरेको हुनु हुन्न । तपाईले अध्यागमनको कागजको लागि भनेर बिबाह गरेको हुनु हुन्न, तपाईको एक अर्का प्रतिको दाम्पत्य जिबनमा हुनु पर्ने माया र जिम्मेवारी हुनु पर्छ र बिबाह गरेपछि दुवै जनाले बैबाहिक जिबन संगै बिताएको हुनु पर्छ । संछिप्तमा भन्नु पर्दा बिबाह सम्पूर्णरुपमा कानुनी हुनु पर्छ।

तपाई असाधारण योग्यता, प्रतिभा र सामर्थ्यका धनि हुनु हुन्छ र तपाईले निम्न क्षेत्रहरु, [१] बिज्ञान, [२] कला, [३] शिक्षा , [४] व्यापार, र [५] खेलकुदमा आफ्नो नाम सबै भन्दा माथि राख्नु भएको छ र सम्बन्धित क्षेत्र मा तपाई ले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तर मा हासिल गरेको उपलब्धि विस्तृत रुपमा दरिलो प्रमाण, दस्ताबेज, पेपर, अथवा डाक्युमेन्टका आधारमा तपाईले आफूलाई असाधारण योग्यता भएको व्यक्तिको रुपमा प्रमाणित गर्न सक्नु भो भने तपाई अमेरिकामा ग्रीन कार्ड पाउन सक्नु हुन्छ। तपाईले आफुले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती भने तपाईले प्रमाणित गर्नुपर्छ। तपाईले राष्ट्रिय अर्थात् अन्तराष्ट्रिय स्तरमा कमाएको ख्याती अमेरिकाको कार्यान्वयन गर्ने कानुन मा उल्लेखित १० वटा योग्यता प्राप्त आधारहरु मध्य कम्तिमा पनि ३ वटा आधारहरु तपाईले प्रमाणित गर्नु पर्छ। खुशीको कुराके छ भने तपाईले यसरी ग्रीन कार्डका लागि निबेदन दिदा कुनै रोजगारीको प्रस्ताब अर्थात स्पोन्सरको आवश्यकता पर्दैन, तपाईले आफै निबेदन दिन सक्नु हुन्छ । अमेरिकाको अध्यागमन कानुनका अनुसार तपाई अमेरिकामा आउदा आफ्नो असाधारण योग्यता भएको क्षेत्रमा तपाईले काम जारी राख्ने प्रतिबद्दता देखाउनु पर्छ। त्यसै गरि तपाईको अमेरिकाको आगमनले गर्दा खेरि अमेरिकालाई पनि लाभ हुनु पर्ने हुन्छ।

(बासु फुलारा नेपाली-अमेरिकन समुदाय माझ चर्तित यटर्नी-एट-ल हुनुहुन्छ । यो लेखमा व्यक्त बिचारहरु पाठकका जानकारीकालागि सुझावहरु मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाई उहाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटस् को फोन नम्बर: ७१८-६०६-६४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ )।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s