पीडीएफ फाइल गर्नुस एडिट

पीडीएफ अर्थात् पोर्टेवल डकुमेन्ट फरम्याट। धेरै खालका सफ्टवेयर तथा फरक फरक अपरेटिङ सिस्टममा चलाउन सकिने फाइलको शैली भएकाले यसको प्रयोग धेरै हुने गरेको छ। तपाइँले पनि आफ्नो अध्ययनका सामग्री तथा प्रस्तुतीकरणहरु यस खालको फाइलका रुपमा तयार पार्नुभएको नै होला।

यसखालको फाइल शैलीको एउटा फाइदा भनेको यसमा लेखेका कुरा तथा बनाएका डिजाइन तलमाथि हुँदैन। त्यसो त पीडीएफमा कुनै पनि लेख तथा पुस्तकहरु तयार पार्दा त्यसलाई कपी गर्न नमिल्ने बनाउन पनि सकिन्छ। लेखेका कुराहरुको आधिकारिक बाहेक अन्य व्यक्तिले सम्पादन गर्न नसक्ने भएकाले पनि यसको प्रयोग बढिरहेको छ। सुरक्षित, भरपर्दो र जताजहाँ पनि खोल्न सकिने भएकाले यो प्रयोगकर्ता मैत्री रहेको छ।

यसमा तयार पारेका फाइलहरु पढ्नका लागि पीडीएफ रीडरको आवश्यकता पर्छ भने एकपटक पीडीएफमा राखेका फाइल सम्पादन गर्नका लागि पीडीएफ एडीटर सफ्टवेयरको आवश्यकता पर्दछ। धेरै व्यक्तिका कम्प्युटरमा पीडीएफ रीडर रहेपनि पीडीएफ फाइल एडिट गर्ने सफ्टवेयर र सुविधा भने जहाँ तहीँ पाउन मुस्किल नै पर्छ। त्यस्तो अवस्थाका लागि एउटा यस्तो वेबसाइट छ पीडीएफस्केप जसले तपाइँलाई पीडीएफ फाइल सम्पादन गर्ने सुविधा अनलाइन दिन्छ। वास्तवमा यो एउटा अनलाइन एप्लिकेसन हो जुन निशुल्क प्रयोग गर्न सकिन्छ। यसको प्रयोग गरेर कुनै पनि पीडीएफ फाइल सम्पादन, बिल तथा र्फम भर्ने, कुनै पनि पीडीएफ फाइल साझा गर्ने, हेर्ने, पासवर्ड राखेर फाइलहरु सुरक्षित गर्ने लगायतका काम गर्न सकिन्छ। यो वेबटूल प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s