केही गर्दा नि नबिग्रने कीबोर्ड

कम्प्युटर अनि मोबाइलमा कीबोर्ड त प्रयोग गर्नुभएकै होला। त्यसो त कीबोर्ड ट्याब्लेट र कम्प्युटरमा पनि हुन्छ। QWERTY को लहर भएको क्वर्टी कीबोर्ड पनि चलाउनु भएकै होला। तर तपाइँले यस्तो कीबोर्ड चाहिँ पक्कै चलाउनु भएको छैन जुन बटारेर गोजीमा बोकेर हिँड्न सकिन्छ। त्यसरी बोकेर हिँड्न मिल्ने भए कीबोर्डमा टाइप गर्नुको मजा नै दोब्बर हुन्थ्यो।

20130704-011640 PM.jpg
तर अब यस्तो खालको कीबोर्ड पनि तयार भइसकेको छ जुन तपाइँ गुन्द्री बटारे झैं बटारेर गोजीमा राखेर हिँड्न सक्नुहुन्छ। क्यूआइआइ नाम गरेको एउटा कम्पनीले यस्तै कीबोर्ड तयार गरेको छ। जसलाई कम्प्युटरमा जोड्नका लागि तार पनि आवश्यक छैन न त बोक्नका लागि झोला।

20130704-011706 PM.jpg
यो कीबोर्ड बटारेर गोजीमा राखेर हिँड्न सकिन्छ भने आवश्यकता अनुसार फैल्याएर चलाउन पनि सकिन्छ। डेभिड ब्राउन, वारजोश र बर्जन फ्रीडर तीन जना मिलेर यसखालको क्षमता भएको कीबोर्डको तयार पारेका हुन्। यसमा सामान्य कीबोर्डमा हुने जति सबै सुविधा रहेको छ।

20130704-011757 PM.jpg
यसको विशेषता भनेको यसलाई बटार्न मिल्छ अनि चाहिएको समयमा खोलेर चलाउन पनि। त्यो भन्दा पनि यसलाई हथौडाले हान्दा पनि यो फूट्दैन। त्यसो त चिया कफि वा पानी परेको खण्डमा पनि यो बिग्रँदैन।

20130704-011847 PM.jpg
यो कीबोर्ड ब्लूटूथको माध्यमबाट कम्प्युटर, ल्यापटप, ट्याब्लेट अनि स्मार्टफोनमा जोडेर काम गर्न सकिन्छ। यो कीबोर्ड पारदर्शी छ अनि आकारमा पनि सानो त्यसो त यसको मूल्य भने अमेरिकामा १२० डलर पर्नेछ। नेपाली करिब १० हजार।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s