कहिले मर्नुहुन्छ थाहा पाउनुस्

मृत्यु अन्तिम सत्य हो। हामी सबैलाई थाहा छ एक दिन हामी सबै मर्र्छौं। तर पनि मृत्यु अर्थात् मर्नसँग साह्रै डर लाग्छ मानिसलाई। हरेक जन्मदिनमा रमाइलो र मस्ती गरेर आउँदै गरेको मृत्यु बिर्सन खोज्ने हाम्रो आम प्रवृत्ति छ। जन्मदिनको आधारमा बनाएको चिना तथा टिप्पनमा ज्योतिषीले भाग्य र भविष्यको फैसला मात्र होइन मृत्युको समय पनि तोकिदिएका हुन्छन्। भविष्य र मृत्युका बारेमा जान्ने उत्सुकता विश्वका सबै मानिसको एकै खालको भएकाले विभिन्न यस्ता वेबसाइटहरु बनाइएका छन् जसले मानिसको मृत्युको दिन तोक्छन्। इन्टरनेटमा उपलब्ध ती वेबसाइटले जीवनको अवधि मात्र तोक्दैनन् तपाइँलाई राम्रो स्वास्थ्यका लागि आवश्यक खानपान र रहन सहनका विभिन्न कुराहरु पनि सिकाउँछन्।

द डेथ क्लक
सन् १९९७ मा दर्ता भएर सञ्चालनमा आएको यो वेबसाइटले जन्मदिन, महिना, साल, लिंग, मानसिकता, शरिरको तौल, उचाई साथै चुरोट खाने बानीको जानकारी भरेपछि मृत्युको दिन निकालिदिन्छ। साथै यसमा विभिन्न प्रसिद्ध व्यक्तिका मृत्युबारे जानकारी पाउन सकिन्छ। यसले दिने जानकारीमा कति दिन, कति सेकेण्ड छ बाँच्नका लागि भन्ने पनि देखाइएको हुन्छ।

डेथफोरकास्ट
सन् २००५ देखी सञ्चालनमा आएको यो वेबसाइटको नाम अनुसार नै कति समय सम्म बाँचिन्छ भन्ने पत्ता लगाइदिन्छ। यसमा आफ्नो मृत्युको दिन पत्ता लगाउनका लागि नाम, जन्मदिन, लिंग, तौल, रक्सि चुरोटको लत, ब्लड प्रेसर, कोलस्ट्रोलको मात्रा, लगायतका जानकारी भर्नुपर्छ। त्यसबाहेक यसमा हजुरबुबा आमा कति उमेरसम्म बाँच्नुभएको थियो भन्ने पनि भर्नुपर्छ। यसको विशेषता भनेको यसले खानपान र डाइटबारेको जानकारी पनि खोज्छ। परिवारका सदस्यहरु मध्ये कसैको ५० वर्षो उमेर अघि मधुमेह वा क्यान्सको रोग रहेको थियो या थिएन भन्ने सम्मको पारिवारिक स्वाथ्य इतिहास खोतल्ने यसको मृत्युको भविष्यवाणी केही तथ्यपर्ूण्ा लाग्दछ।

डेथ टाईमर
डेथ टाइमर सन् २००३ मा सुरु भएको वेबसाइट हो। जुन खोल्नासाथ जिवनको निराशा देखाउने गरि गाढा कालो पेज देखिन्छ। जसमा बुढो रुख र खुला चिहानको तस्विर देखिन्छ। यसले केही प्रश्न राखेर तीनको जवाफ दिनुहोस् हामी मृत्यको दिन अनुमान गर्र्छौ भनेर ठूलो अक्षरमा लेखेको छ। यो वेबसाइटले एन्ड्रोइड एप पनि विकास गरेर मोबाइल डाउनलोडका लागि निशुल्क राखेको छ। जसमा नाम, जन्ममिती, भौगोलिक ठेगाना, लिंग, धुम्रपान तथा मद्यपानको लत र शारिरीक बनोटका बारेमा प्रश्नहरु राखिएका छन्। त्यसको जवाफ दिएपछि वेबसाइटले मृत्युको दिन पत्ता लगाइदिन्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s