यो सफ्टवेयर द्वारा छिटो बनाऔं कम्प्युटर

20130618-112354 AM.jpg

कम्प्युटर, आम दैनिकीको हिस्सा बनिसकेको छ। तपाइँ हाम्रो जिवनको महत्वपूर्ण अंगमात्र बनेको छैन रोजीरोटीको सबाल पनि जोडिएको छ। इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन साथै हिसाब किताब, लेखन सबैका लागि प्रयोग हुने यो चलाउँदै जाँदा सुस्तो भएको अनुभव पनि हुन्छ। कम्प्युटर चलाउँदै जाँदा धेरैले यसखालको अनुभव गर्नुभएको होला।
कम्प्युटर चलाउँदा तपाइँ हामी अभ्यस्त भएर छिटो छिटो क्लिक तथा टाइप गर्ने भइसकेका हुन्छौं तर कम्प्युटर भने तपाइँ हामीले राखेको अनेकन सफ्टवेयरको कारण सुस्तो भइरहेको हुन्छ। विभिन्न सफ्टवेयर चलाउँदा बनेका टेम्पोररी फाइल, इन्टरनेट चलाउँदा कुकीज, हिस्टी लगायतका धेरै फाइल साथै अनावश्यक रुपमा पृष्ठभूमिमा चलिरहेका विभिन्न सफ्टवेयरका कारण पनि कम्प्युटर सुस्तो भइरहेको हुन्छ।
त्यसो त स्पाइवेयर, भाइरस, इन्डेक्सिङ लगायतका विभिन्न कारणले पनि कम्प्युटर सुस्तो हुन्छ। जे कारणले सुस्तो भएपनि त्यसले हैरान भने तपाइँ हामीलाई नै पार्ने हो। जसका कारण काम ढिलो हुन्छ भने कम्प्युटर चलाउन पनि मन नलाग्ने हुन्छ।

यसखालको समस्याबाट पार पाउनका लागि एउटा सानो सफ्टवेयर छ। जसले कम्प्युटरलाई सुस्तो हुनबाट जोगाउँछ। यो सफ्टवेयरको नाम हो ‘टूलवीज केयर’। जसले तपाइँको कम्प्युटरको ख्याल राख्छ अनि गति छिटो हुन्छ। वास्तवमा यो एउटा सफ्टवेयर मात्र नभएर सफ्टवेयरहरुको एउटै प्याकेज हो भन्दा हुन्छ। जसले कम्प्युटरको रजिष्ट्री, डिस्क क्लिन, सिस्टम चेक, स्पीड अप, फीक्स, ब्याकअप, सिस्टम स्टार्टअप अप्टिमाइजेसन लगायतको काम गर्छ। जसका कारण तपाइँको कम्प्युटर हुन्छ हमेसा चुस्त दूरुस्त र छिटो। यसको रमाइलो र उपयोगी पक्ष यो हो कि यो निशुल्क उपलब्ध छ। यसलाई यहाँ बाट डाउनलोड गर्न सकिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s