यसरी रोकौं पोर्न

इन्टरनेट, यो विश्वव्यापी कम्प्यूटरको सञ्जालले जिवनलाई निक्कै सहज बनाएको छ। त्यसो त इन्टरनेटमा उपलब्ध केही सामग्रीले जिवन नै भताभुंग पनि पार्न सक्छ। इन्टरनेट सस्तो, सहज र सबैका लागि उपलब्ध भएसँगै यसले पोर्नलाई पनि सहज बनाइदिएको छ। इन्टरनेटमा पोर्न सामग्री तथा वेबसाइटले तपाइँ अनि तपाइँका बालबालिकालाई बिगार्ने सम्भावनालाई पनि धेरै बढाएको छ।

त्यसैले जरुरी छ आफ्नो कम्प्युटर अनि घरमा पोर्न वेबसाइट तथा सामग्रीलाई रोक्नु। त्यसका लागि तपाइँले आफ्नो कम्प्युटरको ब्राउजर, राउटर, माइक्रोसफ्टको फेमिली सेफ्टी तथा र्सच इन्जिनका सेटिङलाई प्रयोग गर्न सक्नुहुन्छ।

20130617-030752 PM.jpg

सर्च इन्जिन सेटिङ:-

तपाइँ वा तपाइँका छोराछोरीले इन्टरनेटमा कुनै पनि सामग्री सर्च इन्जिनको प्रयोग गरेर खोज्नुहुन्छ। आमरुपमा इन्टरनेटका सामग्री खोज्ने भनेको र्सच इन्जिनबाट नै हो। त्यसैले घरमा पोर्न रोक्न चाहनुहुन्छ भने पहिला र्सच इन्जिनको सेटिङलाई कडा बनाउनुस् ताकि कुनै पनि खोजीका क्रममा पोर्नसँग जोडिएका सामग्री नतिजामा नदेखिउन। तपाइँले यसखालको सुविधा गुगल, बीङ जस्ता धेरै प्रयोग गरिने साथै अन्य र्सच इन्जिनमा पनि पाउनुहुन्छ। गुगलमा यस्ता सामग्री रोक्न् सेफ सर्च सुविधालाई सक्रिय बनाउनुहोस्। त्यसका लागि यहाँ क्लिक गर्नुस्। बीङमा पोर्न रोक्नका लागि वि मा साइन इन गरेर सेटि मा रहेको सेफ र्सचमा रहेको सर्च नतिजामा वयश्क सामग्री (शब्द, चित्र र भिडियो) रोक्नका लागि स्ट्रिक्ट भन्ने अपसनमा क्लिक गरेर सेभ गर्नुस्।

गुगलमा गरिने फोटो र्सचमा पोर्न तस्विर नदेखियोस् भन्नका लागि गरिने सेटिङ बारे गुगलको भिडियो हेर्नुहोस्-

SafeSearch for Google Images
ByGoogle: click here for video

माइक्रोसफ्ट फेमिली सेफ्टी

पोर्न लगायतका वयस्क सामग्री रोक्नका लागि अर्को भरपर्दो सुविधा भनेको माइक्रोसफ्टको फेमिली सेफ्टी हो। आफ्नो ल्यापटप तथा कम्प्युटरमा यो डाउनलोड गरेर स्थापित गर्न सक्नुहुन्छ। कुनै कुनै वीण्डोजको संस्करणमा यो पहिले नै स्थापित भएको पनि हुनसक्छ। यसलाई कम्प्युटरमा राखेपछि वीण्डोज आइडी प्रयोग गरेर तपाइँ वयश्क सामग्री कम्प्युटरमा डाउनलोड हुन र देखिनबाट जोगाउन सक्नुहुन्छ।

राउटरबाट ब्लक

तपाइँले पोर्न सामग्रीलाई आफ्नो इन्टरनेट कनेक्सनका लागि प्रयोग भएको राउटरबाट पनि रोक्न सक्नुहुन्छ। त्यसका लागि राउटरमा लगइन गर्नुहोस्। त्यसमा रहेको सर्भिस अप्सनमा गएर फायरवालमा जानुहोस् अनि यूआरएल ब्लकिङमा क्लिक गर्नुहोस्। त्यहाँ देखिने किवर्डमा पोर्न सँग सम्बन्धित शब्दहरु टाइप गरेर एड अनि सेभ गर्नुहोस्। यसो गर्नुभएको खण्डमा तपाइँको इन्टरनेट कनेक्सनमा राउटरले नै पोर्न रोकिदिन्छ । एटीएसएलमा यसलाई अपनाउन यहाँ क्लिक गर्नुहोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s