जर्मनी आउने सजिलो बाटो:प्रतेकले प्रतेकबाट सहयोग लिउँ र अरुलाई पनि सक्दो सहयोग गरौ ।

जर्मनी आउने सजिलो बाटो:
प्रतेकले प्रतेकबाट सहयोग लिउँ र अरुलाई पनि सक्दो सहयोग गरौ :

आदरणिय नेपाली विद्यार्थी साथीहरु, उज्वल भबिष्यको सपना बोकी विश्वबिद्यालयको बाटो समात्दै गरेका भाई-बहिनीहरु,
तेश्रो बिश्वको रुपमा चिनिएको बिकासोन्मुख देश, झन त्यस्मा पनि राजनैतिक अस्थिरता र अन्योलताले ग्रसित हाम्रो जस्तो मुलुक नेपालमा अन्य क्षेत्रहरु जस्तै शिक्षा क्षेत्रपनि निकै नै तहसनहस भएको छ । यो अवस्थामा जर्मनी जस्ता यूरोपियन मुलुकका देशहरु लगायत पहिलो बिश्वको रुपमा चिनिएका अन्य बाहिरी मुलुकका देशहरुमा गएर अध्ययन गरी राम्रो भबिष्य बनाउने सपना बोक्नु हामी सबैका लागि सामान्य नै बन्न पुगेको छ। हाम्रा आमाबुवाहरुले पनि आफ्ना छोरी-छोराहरुले राम्रो शिक्षा प्राप्त गरी भबिष्यमा आफ्नो खुट्टामा आँफै उभिन सक्ने बनुन भन्ने आशा बोकी राखेका हुन्छन नै। त्यती मात्र कहाँ हो र ? बिदेशबाट नयाँ शिक्षा र केही सीप सिकेपछि नेपाल फर्किएर केही गर्न सके हामी आफ्ना आमाबुवाहरुका स्याबासीका पात्र मात्रै होइन, आफ्नो छरछीमेकी, गाउँ, टोल जिल्ला र देशकैलागी पनि उदाहरणीय बन्न सक्छौ।
उज्वल भबिष्यको सपना सँग जोडीएका माथि उल्लेखित करणहरुले गर्दा नै हामी नेपाली विद्यार्थीहरु बिदेश पढ्नका लागि निकै ललायित भइरहेका हुन्छौ। तर हाम्रो यही ललयितालाई कमजोरी ठान्दै त्यस्को फाईदा उठाएर राजधानी कठमान्डौ लगायत मोफसलका अन्य केही ठुला शहरहरुमा शैक्षिक क्षेत्रका मफियाहरु र दलालहरुले दिन प्रतिदिन ब्रह्मलुट मच्चाइरहेका छन। आफुले दिएको सेवाको मुल्य सँग मेल खाने गरी रकम लिएर ब्यवसाय गर्नु त मानबिय धर्म पनि हो र कर्तब्य पनि । तर नेपाली विद्यार्थीहरुको बिदेश गएर पढ्ने तिब्र आकांक्षाको फाईदा लिदै एकैजना बाट लाखौं सम्मको अतिरिक्त रकम माग्नुलाई कदापी ब्यवसायको रुपमा स्विकार्न सकिन्न। नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य रहेको बेलायतले स्वदेशी र बिदेशी (खसगरिकन इयु बाहिरबाट आउने) बिद्यार्थीहरुका लागि फरक-फरक शिक्षा निती बनाइ नेपाल जस्ता तेश्रो मुलुक बाट आउने बिद्यार्थीहरुको आगमनमा कडाइ गरेपछी जर्मनीमा पढ्न आउनेहरुको संख्या ह्वात्तै बढेर गएको छ। विद्यार्थीहरु जर्मनी पढ्न आउनु खोज्नुको अर्को कारण हो, यहाँको निशुल्क शिक्षा निती । केही अपबादहरु लाई छोडेर जुनसुकै बिषय पढ्दा पनि जर्मनीको युनिभर्सिटीहरुले अहिले सम्म शुल्क लिएका छैनन । जर्मनीमा शिक्षाको जिम्मेबारी केन्द्रिय सरकार लाई नभएर स्थानिय सरकार हरुलाई छ। बिगतमा जर्मन चान्स्लर एङेगेला मेर्केलको पार्टीको एकल राज्य सरकार भएका ठाउंहरुमा बिचमा एक सेमेस्टरको ५-६०० युरो सम्म शुल्क लिनसक्ने शिक्षा निती बनेको थियो । तर राज्य सरकारहरुको त्यसैनिर्णयका करण उक्त पार्टी अलोकप्रिय बन्दै गए पछी अब प्राय ठाउँहरुमा पुन: निशुल्क बन्दै गएको छ। हुनत जर्मन शिक्षा नितीको बारेमा बिदेशीहरुलाई जानकारी गराउन जर्मन केन्द्रिय सरकारले डिएएडी (DAAD) नामक संस्था मार्फत आफ्ना सबै युनिभर्सिटीहरुमा पढाई हुने बिभिन्न बिषयहरुको बारेमा अङ्रग्रेजी भाषामा पनि ईन्टरनेटमा (www.daad.de/en/ ) प्रकासित गर्ने गर्दछ। तर पनि युनिभर्सिटीहरु स्वयमको मुख्य वेबसाईटहरु भने जर्मन भाषामै हुन्छन । भाषाको समस्याले गर्दा नै नेपाली विद्यार्थीहरुलाई, खासगरीकन जर्मन भाषाको कम ज्ञान भएकाहरु लाई, आफुले चाहेको बिषय र युनिभर्सिटी खोज्न गाह्रो पारी राखेको हुन्छ। अनी बाध्य भएर उनीहरु एजेन्सिहरुलाई लाखौं बराबरको रकम तिर्न समेत तयार हुन्छन। कन्सल्टेन्सीहरुकोमा शरणलिनु पर्ने अर्को कारण हो, हामीहरुमा भएको आत्मनिर्भरता र आत्मबिश्वासको कमी। हामीहरु लाई आफु जसरी पनि पढ्न बिदेश जानै पर्ने, तर आँफै ईन्टरनेटमा सामाग्री खोजेर युनिभर्सिटीमा निबेदन गर्नको लागि चाहिने आबस्यक कगजातहरु तयार पार्ने कुरामा स्वयं विश्वश्त हुन नसक्ने । पारीणामस्वरुप बाबुआमाले कमाएको घरजाग्गा र सम्पत्ति समेत बेचेर दलालहरुलाई खुशी पार्न तयार हुन्छौ हामी ।
अठार बर्ष देखी पच्चिस बर्ष सम्मको उमेर भएका युबा युबतीहरुमा एक बर्षको लागि घरायसी सहयोग गर्न अउ-पेयर भएर जर्मनी लगायतका बिभिन्न मुलुकहरुमा आउने लहर पनि निकै बढ्दो छ। जर्मनीको कानुन अनुसार अउ-पेयर भएर आउनेहरु संग एक पैसा पनि सेवा शुल्क शुल्क लिन पाइदैन। अउ-पेयर भएर आउने ब्यक्तिको सेवा शुल्क लग्ने अवस्था भएमा पनि होस्ट-फ्यामिली अर्थात घरायसी कामको लागि बोलाउने परिवारले नै तिर्नु पर्ने हुन्छ। तर ईन्टरनेटमा हेरेर होस्ट-फ्यामिली खोजी दिए वापत मात्रै नेपालका शैशिक कन्सल्टेन्सी का नाममा खोलिएका संस्थाहरुले प्रती ब्यक्ती डेढ लाख देखी माथि सम्मको रकम असुलीरहेका छन।
केहो यो अउपेयर भनेको ?
हामी प्रायः नेपालीहरुका लागि “अउ पेयर” भन्ने शव्द निकै नौलो हुनु पर्दछ। नौलो नहोस पनि किन? आखिर हामी भन्दा धेरै टाढाको देश फ्रान्सको फ्रेन्च भाषावाट उध्दृत गरिएको शव्द न हो यो । अर्काको देशमा गएर नेपालका प्रायः हजुरआमाहरुले गर्ने काम अर्थात ससाना वच्चाहरुको रेखदेख र परिवारको लागि खाना वनाउने देखि लिएर अन्य ससाना घरायसीकाममा सहयोग पुर्याउने आठ्ठार वर्ष देखि पच्चिस वर्ष सम्मका युवा युवतीहरुलाई अउ पेयर भनिन्छ भने प्रायः एकवर्षका सम्म मात्रै गर्न पाईने त्यस्तो कामलाई पनि अउपेयर नै भनिन्छ। तर एक जना अउ पेयरलाई हाम्रो नेपालमा प्रायः धनि मानिसहरुले आफ्नो घरमा काम गराउनका लागि राखिएको नोकर (सेवक, सेवीका ) को रुपमा भने बुझ्न मिल्दैन। अउपेयरको शाव्दीक अर्थ “लेनदेन वरावरीमा“ ले नै प्रस्ट्याउछ कि अउपेयर अर्थात काम गर्ने व्यक्ती र काम दिने परिवार, जस्लाई होस्ट फ्यामिली पनि भनिन्छ , वीचको लेनदेन वरावरीको हैसियतमा हुन्छ । त्यसैले अउपेयर भएर आएको व्यक्तीलाई होस्ट फ्यामीलीको “नेपाली हजुरआमा“ वा पुरुष भए “नेपाली हजुरबा“ भनेर परिभाषित गर्दा फरक नपर्ला। किनभने घरायसी काममा अउपेयरले सहयोग पुर्याए वाफत होस्ट फ्यामिलीले उस्लाई परिवारका अन्य सदश्य सरह मान सम्मान दिने मात्र होइन्, खान, सुत्न र विरामी पर्दा औषधी उपचार समेत गराउनु पर्दछ। त्यतीमात्रैले पनि पुग्दैन, हप्तान्तमा अउपेयरलाई बहिर यता उता घुम्न पकेट खर्च समेत दिनु पर्दछ । तर दुवै पक्षवीच विश्वासको वातावरण तयार पार्न अउपेयरले पाउनु पर्ने पकेट खर्चको रकम पहिला नै तोकिन्छ र त्यो रकम महिनामा दुईसय देखि सात सय सम्मको जतीपनि हुनसक्छ। अउ पेयरले काम गर्ने ठाउ विदेशी र अपरिचित भएका कारण होस्ट फ्यामिलीले अनिवार्य आफ्नो भाषा र संस्कृती सिकाउनु पर्दछ अनि आवश्यक पर्दा अउपेयरलाई भाषा सिक्न भाषा अध्ययन केन्द्रमा समेत पठाएर त्यस्को सम्पुर्ण खर्च व्यहोर्नु पर्दछ । यसरी अउपेयर कार्यक्रम मार्फत होस्ट फ्यामिलीले “नेपाली हजुआमा“ वा “नेपाली हजुरबा“ पाउछ भने अउपेयरले बिदेशी भुमीमा एक नया परिवारका साथ विदेशी भाषा, संस्कृती र रहनसहन सिक्ने अवसर पाउछ। यसैले पनि १८ वर्ष देखि पच्चिस वर्ष सम्मका युवा युवतीहरुमा यो कार्यक्रम निकै निकै लोकप्रिय छ।
खासमा यो अउपेयरको कामलाई रोजगारको रुपमा हेर्नै मिल्दैन । यो त केवल होष्ट फ्यामिलीले हलुका घरायसी काममा सहयोग पाउने अनि अउपेयरले संम्वन्धित देश र समाजको संस्किृती, भाषा र रहन सहन सिक्ने उध्येश्यका लागि लामो समय देखि चलन चल्तीमा आएको एक बर्षिय प्रोग्राम हो। अनी यसबाट होस्टफ्यमिलीले र अउ-पेयर दुबैले एक अर्काको संस्किृती सिक्ने मौका पाउछन। त्यसैले अउ पेयर कार्यक्रम लाई सान्स्कृतिक आदनप्रदान कार्यक्रम को रुपमा हेर्न उपयुक्त हुन्छ। तर नेपालका एजेन्सीहरुले अउ पेयरलाई पनि रोजगारिको रुपमा पारीभाषित गरेका छन र जर्मनीमा रोजगारी गर्न पठाईदिने भन्दै त्यस्का नाममा तीनलाख सम्मको रकम असुली गरिरहेका छन् ।
दुर्भाग्यको कुरो देशमा सुशाशनको जिम्मा लिएकाहरु केबल सत्ता केन्द्रित लडाईंमा मस्त छन। न त उनिहरुलाई आफ्ना सन्ततीहरुको भबिश्य प्यारो छ, नत उनीहरुको चासो जन-आकांक्षा प्रती नै छ। उनिहरुको चासो छ त केबल पहिला आफु कसरी सत्तामा पुग्ने,अनी सत्तामा पुगीसके पछी सत्ताको कुर्शीलाई कसरी आफ्नो छातीमा बाँधी राख्ने। देशभित्र बिद्यार्थी हकहितको लागि भनेर खोलिएका बिद्यार्थी संघठनको पनि हालत त्यस्तै छ। सुशासन कायम गर्नु पर्ने निकाय कानमा तेल हालेर बसेको अवस्था छ। अनी बेथितीहरुको बिरोध गर्दै आन्दोलनको नेत्रित्व गर्नु पर्ने विद्यार्थी संघठनहरुले पनि जनबिश्वास गुमाइ रहेकाछन।
यो अवस्थामा आफ्नो उच्च शिक्षाको लागि जर्मनीलाई लक्ष बनाएका तमाम विद्यार्थीहरु र तिनका बाबुआमाहरुले दलालहरु बाट ठगिनु पर्ने बध्यात्मक अवस्थाको पिडादायक स्वरहरु त हामी पहिल्यै जर्मनी पुगी सकेका नेपाली विद्यार्थीहरुको कानमा गुन्जी रहेकै थिए। देशका गल्ली गल्लीमा छ्याप्-छ्याप्ती रहेका शैक्षिक दलालहरु बाट पीडित आत्माहरु स्वयम पनि यो बिचमा जर्मनी भरी थपिने क्रम जरी नै रह्यो । जर्मनी पुगिसकेका तिनै पीडित आत्माहरुको प्रेरणाबाट हामीले विश्वकै सर्बाधिक चर्चित सामाजिक सन्जाल फेसबूकमा ईजी पाथ टु जर्मनी (EASY PATH TO GERMANY) नामक समुह खडा गरी त्यस समुह मार्फत अबदेखी जर्मनी आउने विद्यार्थीहरु लगायत अउ-पेयरमा आउन चाहनेहरु लाई आबस्यक जानकारी दिने निर्णय गरेका छौं। यो समुह खडागर्दा क्षैक्षिक दलालहरुलाई रकम बुझाएर अउ-पेयरको रुपमा जर्मनी आउनु भएकी एक प्रतिनिधी पात्र म्युजिका खड्काले नेपालबाट अउ-पेयरको रुपमा जर्मनी आउन इच्छुक एक सय एक जना नेपाली युबा युबतीलाई समाबेश गरेर यो समुहको उद्घाटन गर्नु भएको थियो भने युनिभर्सिटी पढ्नको लागि आउने विद्यार्थीहरुका प्रतिनिधि पात्र युनिभर्सिटी अफ लाइप्जिगमा भौतिक शास्त्रको अध्ययन गरीरहेका उत्सव कंडेलले अहिले सम्म गोप्य रहेको उक्त समुह लाई सार्वजनिक बनाएर जर्मनी आउने विद्यार्थीहरुका लागि शैक्षिक परामर्शको शुरुवात गर्नु भएको थियो। शुरुवातमा त नेपालबाट जर्मनी आउन खोज्ने विद्यार्थीहरु र अउ-पेयरहरुलाई फकेबूकको यो समुह मार्फत निशुल्क परमर्श दिदै र उनिहरुले दलालहरु कहां धाउनु पर्ने वाध्यात्मक स्थितीको अन्त्य गर्नका लागि पहिला देखिनै जर्मनीमा अद्ययनरत हामी विद्यार्थीहरु र अउ-पेयरहरु आँफै पूर्ण रुपमा सकृय भएर नै लागिपर्नेछौ। त्यस्का लागि जर्मनीको विश्व बिद्यलयहरुमा निबेदन दिन आबस्यक पर्ने प्रमाणपत्रहरुको बारेमा, यहाँका युनिभर्सिटीहरुले अफर गर्ने बिषयगत प्रोग्रामहरुको बारेमा र भिसाको लागि चाहिने काग्जातहरुको बारेमा जानकारी दिन बिभिन्न आलेखहरु तयार पारी समुहमा सार्वजनिक हिसाबले प्रकाशित गरिनै रहने छौ। त्यस्तै अउ-पेयरहरुका लागि आबस्यक जर्मन होस्ट-फ्यमिली हरुको बारेमा पनि जानकारी पनि हामीले गरीनै रहने छौ। तर समय सँगै यो समुहमा समाबेश हुने सबै सदस्यहरुलाई नेपालका शैक्षिक दलालहरुले चलाईरेहेको लुट्तन्त्रको अन्त्यको लागि एकजुट भएर आ-आफ्नो ठाउं बाट सकेसम्म अरु नयाँ जर्मनी आउनका लागि इच्छुक ब्यक्तीहरुलाई सहयोग गर्न प्रेरित गर्नेछौ। समग्रमा भन्नु पर्दा यो समुहले जर्मनी उच्च शिक्षाका लागि आउनेहरुको बिचमा एक अर्का सँग सरसल्लाह र सहयोग गर्न मद्घत गर्ने छ । अनी यो समुहको मुख्य नारा “हरेकले हरेकलाई सहयोग गरौ, प्रतेकले प्रतेकबाट सहयोग लिउँ ।” रहनेछ।
अन्तमा अउ-पेयर सेवका लागि अथवा पढ्नका लागि जर्मनी आउन खोज्ने सबै नेपाली विद्यार्थीहरुलाई दलालकहाँ नगइकन, आँफै आबेदन हुन र केही परामर्शको जरुरी पर्न गएमा यो समुहमा समाबेश भएर हाम्रो निशुल्क परामर्श-सेवालाई उपयोग गर्न हुनका साथै आफुले जानेको कुराहरु अरुलाई पनि सिकाएर सहयोग गर्न हुन हार्दिक अह्वान गर्दछौ। त्यस्तै बिश्वका अन्य मुलुकहरुमा पढिरहेका विद्यार्थीसाथिहरु र नेपाल बाट बिदेश जान खोजी रहेका विद्यार्थीहरु तथा अउ-पेयरहरुलाई यस्तै खाले फेसबुक समुह खडा गरेर नेपालमा रहएको शैक्षिक माफियातन्त्र र लुट तन्त्रको अन्त्य गर्न हार्दिक अह्वान गर्दछौ।

नब राज रोस्यारा,
युनिभर्सिटी अफ लाइप्जिग, जर्मनी,
बायो-स्ट्याटिसस्टिक बिषयमा बिद्यावरिधी गर्दै |
अध्यक्ष, नेपाली लोकतान्त्रिक मन्च जर्मनी ।
email: roshyara@yahoo.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s