सेतोपाटी जस्तै बनाउनुस ब्लग:

वेबसाइट र ब्लग तयार पार्ने र तीनमा अनेकन सामग्री राख्नेहरुको संख्या निरन्तर बढिरहेको छ। नेपालमा पनि अनेकन नाममा ब्लग खोल्ने र तीनमा कतै न कतैका सामग्री सारेर राख्नेहरु पनि बढिरहेका छन्। हुन त नेपालको पत्रकारितामा हुवहु अरुको सार्नु खासै ठूलो र गम्भिर कुरा होइन। किनभने नेपाल प्रेस काउन्सिलले हरेक वर्षो पत्रपत्रिकाको वितरण सम्परिक्षण नतिजामा हुबहुको सूचि निकाल्न थालेको धेरै भइसक्यो र जारी छ। छापा माध्यमको त्यो चलन वेबसाइटको डिजिटल रुपमा पनि उस्तै छ। कुनै एक वेबसाइटले आफुले तयार पारेर एउटा सामग्री राख्न भ्याएको हुँदैन अनेकन खबर झुण्डिएका डटकम र ब्लगस्पटका पेजहरुमा ती पोष्ट भइसकेका हुन्छन्। गुगल एडसेन्सबाट हुने सानो तहको विज्ञापनको आमदानीको लोभमा इन्टरनेटमा कपि पेष्टको खेल खेल्नेको संख्या धेरै नै भइसकेको छ। जसले गर्दा ब्लग र वेबसाइटहरुको सञ्जालले नै सामाजिक जञ्जाल निम्त्याउने खतरा पनि देखिएको छ।

सेतोपाटीडटकम

सेतापाटी जस्तै हफि टनङपोष्ट टेम्प्लेट ब्लगरका लागि
सामग्रीमा मात्र होइन वेबसाइटका डिजाइनमा पनि त्यसखालको समस्या देखिन थालेको छ। सित्तैमा पाइने वर्डप्रेस तथा ब्लगरका डिजाइनको प्रयोग बढिरहँदा यसले सबै वेबसाइटहरु उस्तै देखिने समस्या पनि देखिएको छ। विभिन्न ठूला वेबसाइटको डिजाइनबाट प्रभावित भएर उस्तै वेबसाइट बनाउनेहरु पनि बढिरहेका छन्। निक्कै चर्चा र चासो पाएको वेबसाइट सेतोपाटीले प्रख्यात वेबसाइट हफिङटन पोष्ट जस्तो डिजाइन बनाएकोमा त्यसको निक्कै आलोचना पनि भएको थियो। नयाँ सृजनात्मक डिजाइनमा वेबसाइट बनाउने भन्दा चलेको र सजिलो खालका डिजाइमा नै वेबसाइट तथा ब्लग बनाउनेको नै बोलवाला छ। त्यसो त यो गर्नु सस्तो पनि छ। सेतोपाटीले जस्तै तपाइँ पनि आफ्नो ब्लग वा वेबसाइटलाई हफिङटन पोष्टको शैलीमा बनाउन सक्नुहुन्छ। त्यसका लागि वर्डप्रेस तथा ब्लगरका लागि थिम तथा टेम्प्लेट पाउन सक्नुहुन्छ। वर्डप्रेसको थिमका लागि यहाँ क्लिक गर्नुहोस्। ब्लगरमा टेम्प्लेट राख्ने हो भने सेतोपाटी जस्तै देखिने टेम्प्लेट यहाँबाट सिधै डाउनलोड गर्न सक्नुहुन्छ। यो टेम्प्लेटलाई नेपाली टच दिएका हुन् ज्ञानु बस्नेतले। उनले बस्नेतजीडटकममा यस्तै टेम्प्लेटहरु डाउनलोड गर्ने सुविधा दिन्छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s