के तपाइँको पासवर्ड सुरक्षित छ?

पार्सवर्ड, नेपालीमा भन्नुपर्दा कूटशब्द। यो यस्तो शब्द हो जो गोप्य राख्नुपर्छ, राखिन्छ। जसले डिजिटल अनि भर्चुअल विश्वमा गोपनियता र विषयलाई व्यक्तिगत राख्छ। यो वास्तवमा डिजिटल साँचो हो। जसले कम्प्युटका कागजात देखी इमेल अनि सामाजिक सञ्जालका खाता (एकाउन्ट)लाई गोप्य र सुरक्षित राख्न सकिन्छ। विभिन्न इमेल तथा सामाजिक सञ्जालका खाता सञ्चालनका लागि तपाइँहामी सबैले पासवर्डको प्रयोग गरिरहेका हुन्छौं। पछिल्लो समयमा इन्टरनेट, मोबाइल र कम्प्युटरको डिजिटल दुनियाँमा हृयाकिङ समस्या बनेर देखिएको छ। फेसबुक तथा ट्वीटर जस्ता अर्न्तराष्टि्रय सामाजिक सञ्जालका सर्भरमा साइबर हमला गरेर प्रयोगकर्ताको पासवर्ड चोरी गर्ने क्रम बढिरहेको छ। तपाइँ आफैले पनि कार्यालय तथा घरका कम्प्युटर एवं इमेलको पासवर्ड हृयाक भएको अनुभव गर्नुभएको होला। अहिलेको समयमा कम्प्युटर, सामाजिक सञ्जाल, इमेलमा राखिएका पार्सवर्ड नै गायत्री मन्त्र भइसके। किनकी यतिखेरको दैनिकी पासवर्ड बिना चल्दैन। त्यसैले पासवर्डको सुरक्षा अत्यन्त महत्वपूर्ण छ। विज्ञहरु पासवर्डको सुरक्षित प्रयोगका लागि फरक फरक चिजमा फरक फरक पासवर्ड राख्न सुझाव दिन्छन्। त्यसमा पनि पासवर्डको छनौट अनौठा शब्द, अंक र संकेतको मिश्रणबाट गर्नु भनिन्छ। जुन अरु कुनैले भेउ पाउनै नसकोस्। आजकल त सामाजिक सञ्जाल तथा अन्य इन्टरनेटका पासवर्ड प्रयोग हुने सेवाहरुले आफै स्वचालित रुपमा नै कति सुरक्षित छ त्यसको जानकारी दिन्छन्। साथै कमजोर पासवर्ड चयन भएको खण्डमा त्यसलाई परिवर्तन गर्न सुझाव पनि दिन्छन्।

यती हुँदा हुँदै पनि हामी कमजोर पासवर्ड चुनिरहेका र प्रयोग गरिरहेका हुन्छौं। जसले हृयाकिङ वा अन्य गलत व्यवहार सहनु पर्ने हुन्छ। त्यसैले आफ्नो पासवर्डलाई सुरक्षित पार्नु वा राख्नु सबै भन्दा उत्तम हो। नेपालीमा भनिन्छ नि आफ्नो थैलीको मुख बलियो राख्नु अरुलाई दोश नलगाउनु। त्यस्तै पासवर्डको सन्दर्भमा पनि बलियो पासवर्ड चयन गर्नुपर्छ ता कि अरुको पत्ता लगाउन नसकोस्। त्यसका लागि तपाइँलाई सहयोग गर्ने एउटा राम्रो अनलाइन टुल छ। जसले तपाइँले छनौट गरेको पासवर्ड कतिको बलियो र सुरक्षित छ भन्ने पत्ता लगाइदिन्छ। साथै तपाइँले छानेको पासवर्ड कसैले तोड्न (क्र्याक गर्न)का लागि कति समय लाग्छ भन्ने पनि यसले देखाउँछ। तपाइँको पासवर्डको प्रकृति पनि यसले छुट्याइ दिन्छ। यसलाई प्रयोग गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

20130529-101748 PM.jpg

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s